अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…13

#अपुरो प्रेम भाग : १३

अनि उसले मेरो बारेमा केही जान्न चाहायो ।

मैले पनि उसलाई आफ्नो सब वृतान्त सुनाए म आफू बिवाहित हो ।

मेरो श्रीमान पनि अफिसमै काम गर्नु हुन्छ तर हाम्रो अफिसमा हैन उहाको बेग्लै अफिस छ।

(उसले मेरो कुरा उत्सुक हुँदै सुनिरहेको थियो) मेरि एउटा् छोरी छ (उ अचम्म मान्दै ) हामी एउटानै अफिसमा भएतापनि आ आफ्नो बारेमा थाहा थिएन ।

हामिलाई अफिसको कामले कहिले छाडदैन थियो ।

अनि त्यस्तो बोल्ने मौका कहिले मिलेन पनि भनिन्छ जब आफ्नो खास ब्यक्ती हुन्छ तब मात्र कुरा गर्न चाहान्छौ बोल्न चाहान्छौ हरेक कुरा केएर गर्न चाहान्छौ तर मेरो नजरमा त सरोज एक अफिसको स्टार्फको रुप त थियो ।

त्यसमा म झन नारी थिए । म कसैसँग खुलेर कसरी कुरा गर्न सक्थिए र कसैले नबोलाई आफै बोल्ने मेरो बानी थिएन ।

खै यो बानी कुनै बेला गलत पनि हुन्छ कुनै बेला सहि पनि हुन्छ ।

तर हर बखत कुनै समय काम लाग्दो हो ।

उसले पनि कहिले मलाई सोध्ने गरेन जब केही काम हुदा कुरा हुन्थियो ।

काम नहुदा बोल्दैन थियो । सायद उ नया नौलो भएर हो या उसको बानी नभएर हो थाहा छैन ।

हामिलाई एक अर्काको बारेमा राम्रोसँग जान्न्ने अनि बुझ्ने समय अनि मौका मिल्यो ।

हाम्रो गाडी यात्रा चलिनैरहेको थियो। गाडीमा बोर लागेर कस्तो हुन्थियो अरु बेला पनि तर आज साथी मिलेको छ बोल्ने आखिर केही समय बिताउनु थियो ।

म पनि झ्यालको दृश्यलाई थाती राखे केही बोल्न खोजे म आफू मौन बस्न चाहैन एउटाले कसैले सम्मान गरेर बोल्न खोज्छ ।

म कसरी अपमान गरु मेरो पनि खासै बोल्ने बानी थिएन तर पनि आफू म बोल्न जो कोहिसंग तेति रुचाउदैन थिए ।

फेरि एकै पटक नया मान्छे बिल्कुल सरोज नया त थिएन ।

तर पनि मेरो लागि भने नयानै थियो ।

किनकी उ त्यति बोलचाल नभएपछि नयानै मान्नु पर्यो ।

लौ अब पर्यो फसाद है उ केही बोल्न खोज्दैथियो ।

मैले उसलाई सोधे के हो महासय (अब यो एक्कासी महासय शब्द कहाँबाट आयो)मलाई त लाज लागेर आयो ।

खै क भन्नूझै भयो । फेरि सोधे के मेरो बारेमा मात्र जान्न खोज्नु हुन्छ ।

आफ्नो बारेमा बताउनु हुन्छ कि बताउन नचाहनु भएको होकि किन यस्तो अर्काको बारेमा जान्ने मात्र क्रमशः

%d bloggers like this: