#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…14

#अपुरो प्रेम भाग : १४

अर्काको बारेमा जान्ने मात्र के आफ्नो बारेमा भन्न मिल्दैन कि ( मलाई खै के भयो अलि नरमाईलो लागेर पनि आयो ) अनि अलि नम्र हुँदै सोधे सरोज के म तपाईको वारेमा केही कुरा जान्न सक्छु ।

थाहा छैन मनबाट अनायसै बोल्ने भावहरु जागेर आयो ।

बोल्न खोजिरहेको थिए । उसले आफ्नो बारेमा पनि सुरुदेखि सबैनै वृतान्त सुनायो ।

दु:ख सुख गर्दै दिनहरु अनि ती पानीका छालहरुसंगै छलिन्दै घामपानी गर्दै कहिले जुनसङ लुकामारी गर्दै गर्दै आजको दिनसम्म यसरी आईपुगेको सबैनै उसले बतायो ।

मलाई बोल्न भन्दा पनि कसैको कुरा सुन्न सानै देखिनै मलाई मन पर्थियो ।

हेर्दा खासै नबोल्ने जस्तो सरोज बोल्दै जादा निकैनै मिठासका साथ बोल्दो रहेछ ।

 

मलाईपनी उसको बोल्ने शैली धेरैनै मन पर्यो भनिन्छ ।

बोलिरहने मानिसहरु भन्दा नबोल्ने मान्छेहरु बोल्दैनन तर बोले पछि मिठो बोल्छन सुन्न मन्पर्ने बोल्छन भन्छन आजा आज सरोजको बोली सुनेर मलाई साच्चैनै हो झै लाग्यो ।

बोल्दै जादा रमाईलो अनि अलि ठटयौली तरिकाको पनि रहेछ । मलाई पनि खै उ प्रती अलि आकर्षितता जनाए मान्छे सुन्दर्नै थियो उसका आखाहरु हेर्न लायकका देखिन्थिए ।

उसको आखामा निकै बियोगका भावहरु प्रष्टसंग देखिन्थिए । उसको कुरागर्ने तरिका पनि मन पर्यो । म उसको कुरामा डुब्न पुगेछु । खै थाहानै भएन ।

(पोखरा पोखरा खलासीको आवाजले म झल्यास ब्युझिए ) झ्यालबाट यसो हेरेको त पोखरा आईपुगेछ ।

सधै आफुलाई दिक्क लाग्ने यात्रा तर आज कति छिट्टै आईपुगेछ । थाहानै भएन । गफैगफमा भुल्न पुगेछु । बस रोकियो ।

त्यतिकैमा बसबाट सबैजना ओर्लन लागे सरोज अनि म पनि।ओर्लन लाग्यौ ।

 

हामिलाई पोखरामा जाने बितिकै कसलाई त्यहाको दृश्य अवलोकन गर्न मन नलाग्ला र हामिलाई पनि।ज्यादैनै मन लागेको थियो ।

तर हामी १६ औ बार्सिक उत्सव पनि गर्नु थियो । सर्वप्रथम त हामिलाई बस्ने ठाउको जरुरी थियो ।

त्यसपछी हामीले त्यही खलासिलाई सोध्यौ उसले त्यही नजिकै राम्रो होटेल भएको बतायो त्यही नजिकैको होटेल तर्फ अघि बढ्यौ ।

अनि हामिले आफ्नो झोलाहरु साथ साथमा लिएर जानुपर्ने थियो तर मेरो झोला दुईवटा थियो एउटा सानो आफुले लिए अर्को अलि ठुलो भएकाले खै कसरी होटेलसम्म लग्ने थाहा थिएन ।

अनि त्यो झोला लग्नमा सरोजले सहयोग गर्यो ।

त्यसपछी हामिले होटेलतर्फ अघि बढयौ ।

होटेलमा पुगेर कोठा लियौ । अनि आ-आफ्नो कोठातर्फ

क्रमशः

%d bloggers like this: