#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…15

#अपुरो प्रेम भाग : १५

 

आ -आफ्नो कोठातर्फ लाग्यौ ।

तेस्रो तलामा भयो हाम्रो कोठा कस्तो संयोग सरोज र मेरो आसपासमा पर्यो ।

जब बासस्थान सर्वनास भएर जब नया बासस्थानमा बचेराहरुलाई उसका माउहरुले नया बासस्थानतर्फ लैजान्छ्न ।

त्यसै त्यस्तै अनुभुति म मा पनि मनमा अकस्मात खेलिरहयो ।

म आफ्नो कोठातर्फ लागे कोठाको ढोका खोले सरोज पनि त्यही नजिकको कोठातर्फ लाग्यो ।

ढोका खोलेको साच्चैनै सुन्दर एउटा सफा सुन्दर पलङ नजिकै एउटा् टेबल थियो ।

एउटा कलाकृत तस्बिर थियो साच्चैनै आफैलाई आकर्सित पार्ने तस्बिर थियो ।

टेबलमा केही पुस्तकहरु पनि थियो एउटा सुन्दर फुलपनि थियो ।

 

साच्चैनै मनमोहक लाग्ने कोठा पोखरा भनेको एक सुन्दर थलो भएकाले देश बिदेश देखि पर्यटक आउने भएकाले व्यवसायको लागि पनि त्यहाका मान्छेहरु निकैनै चलाख हुन्छन ।

त्यसैले यति सफा मननै लोभ्याउने कोठा म आफू फ्रेस हुन लागे त्यसपछी आराम गर्न लागे अनि राहुललाई फोन गरे आफू सुरक्षितसंग आइपुगेको जानकारी दिए ।

दिनको २ बजिसकेको थियो । हाम्रो अफिसको कार्यक्रम पोखरामा गर्ने भएकाले त्यहा गएका थियौ ।

अब हामिलाई एउटा राम्रो सुलभ हल चाहिएको थियो ।

अब अरुलाई अर्‍हाउनु भन्दा आफू कार्यालय प्रमुख भएको नाताले सबै मैलेले ब्यवस्था गर्नु थियो ।

अफिसकै एउटा रामु भाईलाई फोन गरे उस्ले भन्यो । सरोजलाई पनि लिएर जानू पर्छ ।

सरोज धेरैनै कुरामा जानकार छ । उसलाई लग्ने हो भने हामिलाई धेरैनै सजिलो हुन्छ ।

भन्यो मैले फोन राखिदिए अनि सरोजलाई फोन गरे अनि हल ब्यवस्थाको लागि बाहिर निस्कन अनुरोध गरे उसले पनि सहजै स्विकार गर्यो ।

त्यसपछी म आफू बाहिर निस्कनको लागि reday हुन लागे यो खै कस्तो संयोग भन्ने अब फेरि साथमै जानू पर्ने म आफुलाई नकार्न सक्दैनथिए ।

मेरो मन अब आफैमा बिचित्र भैइसकेको थियो ।

 

मलाई घरको काम अनि अफिस छोरिको लागि अनि श्रीमानको लागि तयारी गर्दा गर्दै बर्सौ यसरिनै बितिरहेको थियो ।

म आफ्नो इच्छाले आफ्नो चाहानाले कतै निस्कन खासै समय मिल्दैन थियो । यदि निस्कनै परे पनि म अफिसको कामले निस्कन्थिए ।

तर यो समय निकैनै कठिनले समय मिलेको थियो ।

मलाई भने यो प्राकृतिक सोन्दर्यतामा रमाउन धेरै मन पर्छ ।

मलाई बाहिर कति बेला निस्किनु र पखेटा फिजाई खुल्ला गगनमा नाचुझै भैरहेको थियो ।

म reday हुँदै थिए । एक्कासी मेरो कोठाको घण्टी बज्यो ।

अनि ढोका खोलेर हेरे

क्रमशः

%d bloggers like this: