अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…80(देखेर मन पर्यो त्यसैले लिएको थिए ।

19905408_1746248885402661_5453222403945902275_n-150x150 अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…80(देखेर मन पर्यो त्यसैले लिएको थिए ।

…अनि केही समय पश्चात… आफ्नो ती ओठ माथी भएका कालो दारी मुसार्दै बोल्यो ।

चितवनमा ३ दिनको ट्रेनिङ छ त्यहा हाम्रो अफिसबाट सहभागिता अनिवार्य जनाउनु

पर्ने भयो त्यसैले मैले तपाईंलाईनै त्यसका लागि चुनेको छु ।

म केही बोलिन भर्खर त आएको तर फेरि यात्रामै निस्कनु पर्ने थियो मेरो जीवन एक यात्रा

थियो त्यही जिबनको म आफै यात्री भैसकेको थिए अनि सोधे कहिले जानू पर्ने हो???

पर्सि दारिवाला हाकिम बोल्यो अनि बोल्यो फेरि तयारी गर्नुहोला ।

आज घर जान सक्नुहुन्छ तपाईको अनुहार थकित देखिन्छ गएर आराम गर्नुहोला ।

म त्यहाबाट निस्किए म यात्राले भन्दा धेरै म सोच अनि दिमागी थकित भएको थिए ।

घर पुगेर हेर्छु हरेक आफुले लेखेको सरिताको कहानी बारम्बार पल्टाएर हेर्छु मनले

मान्दै मान्दैन आखिर किन यो मेरो मन आजसम्म पनि बसमा छैन मेरो मन किन उ

अनि म मा के सम्बन्ध छ किन आखिर हरेक सोचमा उ मात्रै छे मलाई मात्रै किन सताईरहन्छ ।

सबै तयारी गरे सबै सामान झोलामा राखे अनि त्यही कसैको अपुरो पानाहरु अधुरो कहानीले

भरिएको डायरी पनि ब्यागमा राखे ।

पर्सिपल्ट म चितवनका लागि निस्किए न निन्द्रा लाग्यो न केही दिक्क्दार लाग्दो यात्रा थियो ।

आफैले मैले लेखिसकेर पूरा कहानी पल्टाएर हेरेको थिइन सबा कहानी पहिलो पाना

देखि लेखेको अन्तिम पानासम्म पढे । हरेक पाना पल्टाएर हेर्दा हेर्दै कत्ती कत्ती बेला

 

आँसु चुहिन थाल्यो कत्ती बेला म आफैमा भक्कानो छुटेर आउथियो कत्ती बेला आफै म

भावुक हुन्थिए अनि जत्ती बाहिर झ्यालबाट बाहिरको दृश्यहरुलाई नियाल्थिए हरेक

आक्रुतिमा दिपा अनि राहुलको आक्रुती झल्कुन्थियो । चितवन पुगे त्यहा पहिलानै होटलको

ब्यवस्था गरिएको रहेछ । रातिको यात्रा भएका कारण म त्यहा बिहाननै पुगेको थिए

अनि दिनभए के गरेर बस्ने होटलमा मलाई दिक्क लाग्यो त्यसैले सम्झाना आईहाल्यो

कि दिपालाई पहिले त चितवनकै एक होस्टेलमा राखिएको थियो ।

त्यसैले मलाई त्यो होस्टेलको नाम त थाहा भएन अनि सरितालाई फोन लगाए उ बोली हेल्लो ।

मैले केही नबोली दिपालाई पहिले हालेको होस्टेलको नाम सोधे उसले नाम बताई ।

केही प्रस्न गरिहाल्छे कि भन्ने डरले मैले हतार हतार बोलिसक्न नपाउदै फोन काटिदिहाले ।

अनि खाना खाएर बाहिर निस्किए सबै नदेखिएका अनुहार नया शहर ।

म कहिल्यै चितवन जाने तेस्तो मौका पाएको थिईन त्यसपछी मैले मौका पाएको थिए ।

जिप पक्डिएर म दिपालाई पहिला राखिएको होस्टेल पुगे ।

दिपाको बारेमा जानकारी लिन खोजे तर उहाले केही जानकारी नगराई निकालेर

लग्नु भएको त्यहाको प्रीन्सिपलद्वारा जानकारी पाए । त्यहा एक कपि रहेछ दिपाको

सर्टिपिकेट्को त्यही लिएर म फर्किए ।तीन दिन पनि समाप्त भयो ट्रेनिङको त्यो

तिनदिन भित्री राहुललाई खोज्ने धेरैनै प्रयास गरे तर असफलनै भए त्यो पटक पनि

हरेक मान्छेलाई देख्थे राहुलनै होकिझै लाग्थियो कतै सानो नानिहरु देख्दा दिपानै

हो झै लाग्न थालेको थियो मलाई पागलझै गराईसकेको थियो । जो मान्छेलाई देख्थिए

राहुलझै जब लाग्थियो तब म आफ्नो गैलरिमा भएको फोटोसंग तुलना गर्थे तर

सबै मेरा आखाका लागि भ्रम मात्रै थियो ।

तीन दिन पश्चात् फर्कनु पर्ने थियो फेरि सबै आसा निरासमा बद्लिएर फर्किए ।

दिदिको घर बिराटनगर थियो त्यसैले सानो भान्जाको जन्म भएको पनि २/३ महिना

भैसकेको थियो तर देख्न पाएको थिइन । त्यस्तो समय मलाई कहानै मिल्थियो र

त्यसैले त्यहिबाट निस्कनु पर्यो भन्ने सोचले म चितवन देखि बिराटनगरसम्मको टिकट

लिए । म आफ्नै धुनमा बसको सिटमा बसिरहेको थिए बस बेलुकिको भएको थियो ।

बस छुट्नका लागि केही मिनेट्बाकी रहेको थियो । मैले चितवनमा एउटा बिनिता

बरालको जुईनो उपन्यास किनेको थियो ल अस्ति आउदा फेरि बोर लागेको थियो

यात्रा त्यसैले म बसका लागि निस्किएको थिए बाटोमा आउदै गर्दा पुस्तक पसलमा

 

देखेर मन पर्यो त्यसैले लिएको थिए ।

त्यही पुस्तक ब्यागबाट निकालेर के अध्यन मात्रै गर्न लागेको थिए २/३ पेज

पढ्न के भ्याएको मात्रै थिए म आफ्नो धुनमा पढिरहेको थिए । “”एस्क्युज मि “”

कसैले मलाई बोलायो अनि सोध्यो यो सिट खाली हो ???????? म आफ्नै धुनमा

पढिरहेको थिए । अनि बोले खालिनै हो बस्न सक्नुहुनेछ ।
म झ्यालतिरको सिटमा बसेको थिए दुईजना बस्ने सिट थियो तर म एक्लै थिए

त्यसैले सोधेको हुन सक्छ । कतै परिचितझै बोली लाग्यो त्यो बेलासम्म उसलाई

मैले हेरेकोसम्म थिईन ।

अनि आफ्नो आँखा उ भए तिर लम्काए । उसको अनुहार हेर्दा मेरो अनुहारनै रातो पिरो भयो ।

हो कि हैन??? होकि हैन म आफै दोधारमा परे । बारम्बार हेरे तर उ …….

क्रमशः ….

के कस्तो लाग्दैछ सल्लाह अनि सुझावको अपेक्षित गरेको छु ।

नबुझ्नु भएको खण्डमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ । यस्तै यस्तै

आगामी दिनहरुमा म द्वारा लिखित स्टोरी पढ्न चाहानुहुन्छ भने मेरो ”

अपुरो प्रेम”पेज लाईक गरेर सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु ।

“अपुरो प्रेम” पेज लाईक गर्न नभुल्नुहोला है त धन्यवाद ।

%d bloggers like this: