#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…3

adhuro prem

 

मेरो आँखा रगतझै रातो भएसकेको थियो आखाहरुबाट थाहानै नपाएकन

अनाएसै रुपमा आसुहरु झरिसकेको थियो मलाई पनि सरोजको चेहेराहरु यादहरु आँखा वरिपरि छल्किरहेको थियो ,थाहा छैन म पनि उसको लागि सारा सन्सार त्यागेर उसलाई माया गरिरहेको थिए त्यो sms 2 घन्टा अघिको थियो सरोज र मेरो मायाहरु दिन प्रतीदिन रुपमा झागिन्दै गएरहेको थियो अनि मैले पनि आफ्नो कम्प्युटरको किबोर्डमा आफ्ना औलाहरु नचाउन थाले my dear सरोज म पनि धेरै पटक अग्नि परिक्षामा छु तिम्रो मायाको हैन मलाई के गरेउ कुन तुना मुना जादु गरेउ

म तिमिमा लिब्ध भए म तिमिमा हराए तिमिमै सारा सन्सार भुल्न

थाले म दिन प्रतिदिन तिमिबिना असहाय झै भएरहेको छु जस्तो तिमिलाई हुन्छ मलाई पनि तिम्रा याद अनि सम्झनाले धेरैनै सताउने गर्दछन तिमी बिनाका दिनहरु साच्चैनै सुन्यता लाग्छ तीमि बिना यी जुनेली रातपनि औसि झै लाग्छ यति लेख्दैमा मलाई पनि शब्दहरुको लाईन लेख्न मन लाग्यो खुला गगनमा तिमी संग सन्सार भुलु झै भो तिमी बिना यो

उज्यालो दिन पनि औसिको रात झै भो तिमिलाई सम्झि

अन्धकारमा बाहिरी हेर्दा जुनेली रात झै भो मलाई लेख्न आउदैन थियो सरोज भने ठुलोनै साहित्यकार थियो जानी नजानी सानो लाईन लेखे अनि फेरि लेखे तिमी संग धेरैनै बोल्न मन छ मेरो समय पनि अपर्याप्त छ म तिमिसङ यसरीनै सदा मेलको दुनियामा हराउन चाहान्छु साच्चैनै सरोज म पनि हरपल तिम्रै याद अनि सम्झनामा हुन्छु यति लेखेर send गरिदिए उसको कुराले म धेरैनै भावुक भएसकेको थिए अनि मौन पनि मलाई पनि लेख्न मन थियो तिमिलाई धेरै माया गर्छु तिमी अनि तिम्रो साथ बिना एक पल पनि।रहन सक्दिन जुनि जुनि

म तिम्रो मात्र हु मात्र तिम्रो हु भन्न उसका लागि साचेका भावहरु उ सामु पोख्न मन थियो खुला हृदय खोलेर खुला आकाशमुनि हजारौको भिडको अगाडी भन्न मन थियो कि सरोज म हरेक जुनि जुनिसम्मको लागि म तिम्रै हु भन्न तर म नारी हु नारी थिए मलाई यी सब भन्न अनुमति थिएन म मिठो मुस्कुराउदै उसैको यादमा कल्पिन्दै थिए म अनि सरोजसङ्को नौलो सपना बुन्दैमा ब्यस्त थिए म उसका हरेक वाक्यहरुमा अनि उस्ले लेखेका मेलहरुमा बारम्बार चेक गर्दै कति बेला म उसका वाक्याहरुमा रुमलिन्थिए हराउँथे यसरी आफ्नो अनलाईन प्रेम इमेल प्रेम अथवा मानौ साइबर प्रेम र एसएमएस प्रेम संगका लामा लामा सम्वादहरु निकै चल्थिए उसले एक दिन मात्र पनि बासी राख्यो भने क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM