#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…4

 

बासी राख्यो भने मलाई असहय हुन्थियो

र मैले बासी राखे भने उसलाई असहय हुन्थियो म इमेलमा बस्दा बस्दै राती दुई बजे उ अनलाईनमा भेटियाे अनि सुरु भयो हाम्रा अनलाईनका संवादहरु । मैले किबोर्डका अक्षरहरुमा औला चलाए आज राती तिम्रो फोटो संग कुरा गरिरहेकी थिए ।धेरै भावुक भएछु रुन मन लागेर आयो तिम्रो फोटो छातिमा टासेर रोए अनि अनि मन हल्काभयो किन यस्तो भएको सायद आत्मियताको चरम रुप के हो कि म होइन हामी भएर बाच्यौ हामी अब यस्तो बिन्दुमा पुगिसक्यौ अब फर्कन सक्दैनौ म तिम्रो फोटो हेरेर चित बुझाइरहेको छु म बिम्ब र प्रतीक हेरेर मन बुझाई रहेको छु

बिम्ब भनेको तस्बिर अनि प्रतिक

भनेको सिरानी मैले पनि उस्को सिको गरेर साहित्यिक भासा प्रयोग गरिदिए यति मौनसम्वादले मन हलुँगो भयो भित्र भित्रै म प्रसन्न भएकि थिए उहाँ मस्त घुरेर निदाईरहनु भएको थियो मेलका सम्वादहरु डिलिट गर्न बिर्सेछु अफ गरेको कम्प्युटर फेरि अन गरे र सबै मेल डिलिट गरिदिए उहाले खोक्नु भयो र अलिकती चलमलाउनु भयो मेरो त सातो गयो ।हात खुट्टा काम्न लागे लौ बित्यास पर्यो !के निहु पार्ने ?दुई मिनेट भित्र धेरै कुरा सोछे म जोगिए तर उहाँ ब्युझनु भएन ।म लुसुक्क उहाँसंगै टासिएर सुते ।कति खेर झपक्क निदाएछु थाहानै पाईन

मैले निकै अनौठो सपना देखे मेरो

श्रीमानको जन्म दिन रहेछ अफिसका सम्पुर्ण स्टार्फहरुलाई निमन्त्रणा थियो त्यसमा सब जनाको उपस्थिती थियो जन्म दिनको पार्टी अलि ठुलैनै थियो त्यसमा सम्पुर्ण आफन्तजनहरुको पनि ठुलै मात्रामा उपस्थिति थियो अघिल्लो दिन सबैमा निमन्त्रणा दिन आग्रह गर्नु भएको थियो म सपनाको कुरा गरिरहेको छु त्यतिकैमा

म नजिक हुने आसाले सरोजलाई औधी देख्न मन लागेको कारणले गर्दा मन भित्रको डरलाई दबाएर उस्लाई पनि।मेरो अफिसको स्टार्फ भनेर बोलाउने मन गरे यो कुरा सरोजलाई पनि सम्पुर्ण योजना सुनाईदिए उ पनि मेरो कुरामा सहमती जनायो म पनि निकै नै।खुसी भए जब जन्म दिनको पार्टी सुरु भैइरहेको थियो त्यतिकैमा सरोज हामी भएतिरअघि बढीरहेको देखे त्यो बेला म मेरो श्रीमान साथमा सबै आगन्तुतहरुलाई स्वागत गर्दैमा ब्यस्त थियौ त्यतिकैमा सरोजपनि हामीतर्फ अघि बढीरहेको थियो देखे मेरो त होस हवासनै हवात्तै गयो तर उहाँ पनि साथमै हुनु भएकाले आफ्नो मनको त्रासलाई दबाएर स्वागत गरे उहा र सरोजले पनि एक आपसमा क्रमशः

%d bloggers like this: