#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…7

#अपुरो प्रेम भाग :७

भोलि पल्ट मात्र डिस्चार्ज दियो जब म घरमा आए कोहि थिएन। मलाई राहुलले घरसम्म छाडिदिएर अफिस जानू भयो।अनि आराम गर्न भन्नू भयो । मैले पनि।हवस् भनी प्रतिक्रिया दिए उहाँ जानू भयो अनि घरको ढोका खोली हेर्दा कोहि थिएन। छोरी पनि स्कुल गएसकेकी रहेछ।

म २३ बर्षको दिपालाई जन्म दिएकी थिए अहिले दिपा पनि ७ बर्षको भैइसकिछे दिपा पनि स्कुल गएको कारणले म घरमा एक्लै भए। त्यो सिङ्गो घरमा सुनसान अनि म यादमा डुबिरहे कल्पनामा अनि सरोजको याद आयो यता उता हेरे मोबाइल देखिन देखे मोबाईल त टेबलमा रहेछ ।

अनि उसको नम्बर दबाए अनि हरियो बटम मोबाईल अफ रहेछ।

सोचे अफिसमा होला त्यतिकैमा साझ पर्न लागिसकेछ।

अनि भान्सा कोठातिर गएर खाना बनाउन लागे खाना बनाउदै गर्दा म मौन थिए।

एक्कासी झस्काईदियो ढोकाको बेलले अनि को आएछ भनेर ढोका खोल्न लागे ढोका खोलेर हेर्दा त दिपापो रहिछ।

अनि छोरिलाई खाजा अनि खाजा खाएर पढ्न तिर लागि अनि म खाना बनाईसकेर बसेको मात्र क थिए।

राहुल आइपुग्नु भयो अनि उहाले मलाई आउने बितिकै प्रश्न गर्नु भयो।

तिमिलाई अहिले कस्तो छ अहिले अनि मैले पनि।जवाफ दिए ठिकै छ।

अनि हामी सबै जना मिलेर खाना खायौं। त्यसपछी कोठा तर्फ लागियो अनि मैले आफ्नो मोबाइल निकालेर सरोजलाई कल गरे अझै अफ थियो।अनि सुत्न लागे ।

आखाम निन्द्रानै परेन आखिर किन होला यस्तै सोच्दा सोच्दै क्रमशः

%d bloggers like this: