#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…9

#अपुरो प्रेम भाग : ९

यसो घडी हेरेको त बिहानको ५:१० भैसकेछ ।

ब्युझन्दा पनि मेरो आँखा भरी आँसु रहेछ भनिन्छ नि सपनाको कुरा साच्चै साचो हुन्छ।

भनेर मेरो त्यस्तै सपनामा रोएको बिपनामा पनि आँसु आउदो रहेछ। उठ्ने बेला पनि भैसकेछ ।

राहुल भने निन्द्रामै हुनुहुन्थियो। अनि छोरी दिपा पनि निन्द्रामै थिई आँखा भरी आँसु थिए। भनिन्छ नि–!

जब आँसु झर्छ नि दिल हल्का हुन्छ भनेर ! सायद यति धेरै दिल मेरो पनि हल्का भयो। आँसु रुमालले पुछे

, अनि उठेर बाथरुम तिर गए। ब्रस गरे,मुख धोए त्यसपछी भान्सा कोठा तर्फ लागे ।

त्यसपछी कफि बनाउन थाले कफि बनाउदै गर्दा उहाँ पनि उठ्नु भयो।अनि साथमा मिलेर कफि खायौ !

त्यसपछी म खाना बनाउन थाले राहुल भने अफिस जाने तयारी गर्न थाल्नु भयो।

म पनि खाना बनाईसकेर अफिस जाने तयारी गर्न थाले ।हामी संगै मिलेर खाना खान लाग्यौ ।

खाना खायौ त्यसपछि स्कुल जान दिपालाई पनि तयारी गर्दिन लागे ,तयारी गरिदिए अनि राहुलपनी अफिस जानू भयो ।

म दिपालाई स्कुलसम्म छाडिदिएर म पनि अफिसतिर लागे ।

अफिस पुगे अफिस पुग्ने बितिकै सरोजसङ भेट भयो।

म अफिसको काममा ब्यस्त हुन लागे ।

म सरोजसंग केही कुरा गर्न चाहान्थे !

केही भन्न केही बोल्न मन लागेको थियो ।

अनि समय निकालेर भेट्ने सोच गरे ! अनि अफिस छुट्टी हुने समयपनि भयो ।

अफिस पनि छुट्टी भयो । हामी कफिसपमा भेट्ने भयौ।

हामी कफिसप पुग्यौ त्यसपछी आमुन्ने सामुन्ने भएर बस्यौ।

मैले सरोजलाई सुरु देखि अन्तिमसम्म सपनाको सब कुरा वृतान्त सुनाए।

त्यसपछी मेरो मन पनि हल्का भयो। तर पनि म आत्तिरहेको थिए।

किनकी सरोजले मलाई गाली पो गर्ने होकि यो सपना सब बनावट हो भन्ने पो होकि भनेर त्यतिकैमा सरोज केही बोल्न खोज्यौ।

कि अनि बोल्यो सपना सधै सपनानै हुन्छ ।बिपनामा कहिले सिमित हुदैन ।

उसको अनुहार पनि मौन थियो अनि फुस्रो अनुहार पार्दै भनिरहेको थियो।

सपना कहिले बिपनामा मेल खादैन । यस्तो कुरामा चिन्ता नलिन मलाई आग्रह गर्यो।

अलि हौसला दियो। अनि मलाई लागिरहेको थियो।

कि सपनाको कुरा साच्चिनै कतै बिपनामा त साचो हुने हैन? तर यो कुराहरु मैले सरोजलाई भन्न सकिन!

अनि कफि सकिएर मैले सरोजलाई नास्ता लिन को लागि आग्रह गरे तर सरोजले नलिने सहमती जनायो ।

मलाई पनि केही खान मन लागि रहेको थिएन । अनि हामी छुट्ने क्रमशः

%d bloggers like this: