#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…10

adhuro prem

#अपुरो प्रेम भाग :१०

अनि हामी छुट्टीने बिचार गर्यौ र छुट्टीयौ अनि आ आफ्नो बाटो लाग्यौ।

सरोजपनि आफ्नो बाटो लाग्यो मैले उसलाई पर पुगुन्जेलसम्म हेरिरहे।

जब एक रफ्तारमा मेरो गाडी घरतर्फ बढीरहेको थियो।मेरो मनमा धेरैनै कुराहरु खेल्दै गयो।

मनमा अनेक थरीका प्रस्नहरु उब्जन्दै गयो। यसरी सोच्दा सोच्दै कति छिटो घर आइसकेछ।

थाहानै भएन गाडी पार्क गरेर घरको ढोका खोल्न लागे अरु दिनहरु भन्दा आज अलि नरमाईलो लागिरहेको थियो।

खै किन हो। के भयो त्यस सपनाले साच्चैनै मलाई के भयो। के भयो आफैलाई थाहा भएन।

अनि यस्तै यस्तै कुराहरु मनमा खेलाउदै थिए। त्यतिकैमा रात पर्न लागि सकेछ ।

घडी हेरेको त ५ बजिसकेछ ।

अनि सोचे खाना बनाउन लागे अनि खाना बनाउदै गर्दा दिपापनी आईपुगी उसलाई खाना दिएर खाना बनाईसकेर म पनि एक छिन आराम गर्न लागे।

त्यसपछी राहुलपनी आईपुग्नु भयो। त्यसपछी सबैजना मिलेर खाना खाईसकेर कोठातर्फ लाग्यौ सबै जना सुतिसक्यौ।

मलाई भने अरु बेलाझै त्यो दिन पनि निन्द्रानै लागेन त्यसपछी मनमा कुराहरु खेलाउन लागे सोच्दै गए के मेरो जिबनमा अब चैत बैशाखको हुरिबतासझै आउने होकि यस्तै सोच्दै थिए। राहुल अघि निदाईसक्नु भएछ ।

सधाझै रातको ११बजिसकेको थियो। मैले बिस्तारै सिरक हटाए त्यसपछी कम्प्युटर अन गरे सरोजको मेल रहेछ ।

त्यो मेलमा यस्तो लेखिएको थियो कि my dear तिम्रो सपना एक ठाउमा अनि हाम्रो जीवन अर्को ठाउमा हाम्रो जीवन त्यो सपना जस्तो हुने छैन ।

मलाई माया गर्छौ अनि म तिमिलाई हाम्रो माया दुई दिनको लागि हैन।हाम्रो माया त जुनि जुनिलाई हो ।

तिमी यस्तो सपनाको कुरामा अल्झेर नवस म तिमिमा भुल्न चाहान्छु।

तिमी संगै हुन चाहान्छु। तिमिनै मेरो पहिलो प्रेम हौ। तिमिनै मेरो जीवन हौ यस्तो लेखिएको थियो ।

अनि मनमा धेरै कुरा खेलिरहेको थियो । तर पनि जवाफ दिन त्यति मन लागेन ।

अनि म हुन्छु हवस् भनी जवाफ दिए ।धेरै जवाफ दिन मन लागेन। अनि निन्द्रा लाग्यो।

बाई भनेर कम्प्युटर अफ गरिदिएर अनि ओछ्यानमा पल्टिँन लागे ।

तर निन्द्रा भने लागिरहेको थिएन ।

त्यतिकै सोच्दै बस्न बाध्य भए निन्द्रा भने नभएकोले निदाउने धेरैनै कोसिस गरे तर लाखौ कोसिसको बावजुत

क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM