‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…१

सिरकबाट अलिकति मुख झिकेर हेरे उहाँ अझै मस्त निन्द्रामा परिसक्नुभएको छैन मलाई अती छट्पटी हुन्छ ।

 

17198941_1100867803390468_1722426639_n-300x255 'अपुरो प्रेम' लेखन:..मिलन अविरल आँसु भाग:...१

adhuro prem

सिरकबाट अलिकति मुख झिकेर हेरे उहाँ अझै मस्त निन्द्रामा परिसक्नुभएको छैन मलाई अती छट्पटी हुन्छ ।कतिखेर उहाँ मस्त निदाउनु होला र कम्प्युटर अन गरेर मेल चयाट्मा बसुला झै भएरहेको छ ।

राती एक बजेतिर उहाँ मस्त निन्द्रामा पर्नु भयो आज अलि धेरै पिएर सुत्नु भएको हुद उहाँ ब्युझनुहुन्न भन्ने कुरामा म निश्चिन्त छु, सुटुक्क सिरक पन्छाएर म कम्प्युटरको टेबल तिर गए बत्ति नबालिकन कम्प्युटर अन गरे र चयाट् सुरु भयो चयाट्मा बस्ने उहीँ नियम प्रक्रिया । सरोज संग कम्प्युटर चयाट्मा बसेपछी भोक निन्द्रा सबै हराउछ । कहिले उ अनलाईनमा बस्दा तीन चार घन्टा बितेको थाहै हुदैन ।

अनलाइनमा हामी दुबैलाई समय मिलाउन कठिन छ ।

उ त क्वाटरमा एक्लै बस्छ केही थिएन ।मलाई भने हैरान ।कि श्रीमान मस्तसंग सुतेको बेला पर्खनु पर्ने कि उहाँ पार्टीहरुमा गएको बेला र कि लामो समएका लागि उहाँ बिदेस गएको बेला । म यस्तै यस्तै समयको पर्खाईमा हुन्थिए ।कहिले अनुकुल हुन्थियो कहिले हुदैन थियो ।उहाँ रक्सिपृय हुनु मेरो अनुकुलको अर्को कारण थियो रक्सि खाएर सुतेपछी उहाँ ब्युझनुहुन्न ।आज मेरो अफिसको बार्सिकोत्सव थियो र उत्कृष्ट काम गरेबापत म पुरस्कृत भएकी थिए ।

त्यस खुसियालीमा उहालाई एउटा रेडलेबल ल्याईदिए उहाले खुसी भएर मेरो गालामा चुम्बन बर्साउनु भयो ।मेरो योजना सफल हुने आसामा म भित्रभित्रै खुसी थिए त्यो खुसियालिमा मैले पनि आधा पेग लिए र उहालाई अलि बढीनै खुवाए आज कम्प्युटरमा मेल चेक गर्न नभ्याएको पनि ठ्याक्कै दुई दिन भएछ ।सरोजका एघारवटा मेल आइसकेका रहेछन ।कुनै मेल त निकै लामा थिए ।

उ मेलमा प्राय कुराहरु दोहोर्याउदैनथ्यो।

मलाई नया कुरा भन्न पाए उ निकै प्रफुल्ल हुन्थियो उ प्राय साहित्यिक भाषा प्रयोग गर्थ्यो ।पहिले उसका सबै मेल खोल्दै थिए एउटा मेलमा आँखा पर्यो ।चौध पृष्ठ लामो रहेछ ।उ।अत्यन्त भावुक थियो र भावुक र ब्यवाहारिक दुबै भएर लेखेको थियो उसका मेलका हरफहरुमा म हराउदै गए त्यहा यस्तो लेखिएको थियो क्रमशः ………..

%d bloggers like this: