अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…62

 सुते उज्यालो भयो ४ घण्टा पश्चात तर …….

 

बिहान हुदासम्म पनि लाईन आएको थिएन मन निकै पोल्न लाग्यो ।

 

सधा त लाईन कहिले टुट्दैन थियो तर के भयो सायद भदौ महिना भएर होला पानी

 

परेको कारण होला खराबी आएर होला ।तर बिहान भर खाना बनाउदै लाईनको

 

पर्खाई गरे तर लाईन आएन अब के गर्ने ? अफिस जानू पर्ने अनिवार्य थियो यदि गएन भने सब काम चौपट्टै हुन्थियो ।

खाना बनाईसकेर खाना खायौ सबैले दिपा पनि आफ्नो स्कुल जानलाई तयारी भैइ सजिलो त

 

यो थियो स्कुलको लागि जानलाई कुनै समस्या थिएन घरको आगनमा बस आउने गर्थियो सम्पुर्ण

 

बिद्यार्थीका लागि बसको ब्यवस्थापन गरिएको थियो उ पनि ९ बजेनै स्कुलका लागि निस्की अब राहुल

 

अफिसका लागि तयारी गर्नुहुदै थियो । तर मेरो मनमा खालि लाईनको मात्र पर्खाई थियो ।तर खै किन

 

त्यति बेलासम्म पनि आईसकेको थिएन ।सरोज अनि मेरो सबै फोटो एकाएक थिए हरेक च्याटहरु

 

त्यहा कैद भएर रहेका थिए । मेरो मुटु भन्नू नै त्यही कैद थियो ।अफिस जानुलाई तयारी हुदै गर्दा

 

राहुलको अफिस देखि फोन आयो आज अफिस बिदा गरिएको भनेर फोन रहेछ अफिसका

 

सम्पुर्ण कर्मचारिहरु बाहिर जाने भएकाले राहुललाई आराम गर्नका लागि फोन आएको रहेछ ।

 

उहाँ आज घरमै बस्ने हुनु भयो झन मलाई त असह्यनै भयो मलाई झन अफिस जानू नै थियो फेरि

मेरो ल्यापटपमा पासवर्ड लगाएको थिईन । मेरो मनमा ढयाङ्ररो बजिरहेको थियो ल्यापटप लिएर

 

जाउ भने अफिसमा त्यो अनुमती थिएन आफ्नो पर्सनल चिज लग्न मनाही थियो के गर्ने दोधारमा

 

परे तर अझै के गरौ आफ्नो मनमा गरुङगो भारी लिएर भए पनि जानू नै थियो नियतिको खेल यहि

 

नै थियो ।घरबाट अफिसका लागि निस्किए । अफिस पुगे भारी मन लिएर तर जे नहुनु थियो त्यो भैहाल्छ

 

दिन बिताउन निकै गार्ड भयो । त्यतिकैमा लाईन आयो १ बजे तिर राहुललाई फोन गरे कहाँ जानू भयो भनेर

 

तर उहाले फोन रिसिभ गर्नु भएन । झन मनमा अनेक कुरा खेल्न थाल्यो तर यो मन न हो हरेक कुरा खेल्छ

 

खाली दिमाग कहिले हुन्न मन सान्त हुदैन कहिले पनि बल्ल बल्ल अफिस सकिने बेला भयो समय भयो मन

 

निरास थियो बोल्न सकिरहेको थिएन कतै केही भैहाल्छ कि अनेक मनमा कुराहरु खेलिरहन्थियो त्यो दिन

 

मनमा धेरै नै कुराहरु खेलिरहयो अरु दिन भन्दा बेल्गै नया नौलो रुपमा मनबाट पस्पोट्न भैइरहेको थियो

 

तर के गर्ने अफिसमा बोलाई रहन्थिए तर बोल्न मन लागेको थिएन अघिल्लो दिन दिन राती देखि सरोजसंग

 

कुराहरु हुन सकेको थिएन उ सङ बोल्न मन थियो यो कुरा उसलाई सुनाउन मन थियो भन्न मन थियो तर

 

उसको फोन आएन काममा ब्यस्तता हुदो हो उसका पनि कारण थिए होलान आखिर उ पनि त आफ्नो

जन्मघर छाडेर कर्मथलो पुगेको थियो अनेक थरिका सपना आफ्नो थाप्लोमा बोकेर सम्झिए केही हुनेवाला

 

छैन मात्र मेरो सोच्ने तरिका गलत हो आफ्नो सजाए आफैलाई दिन त सक्ने थिएन तर के गर्ने म अलमलमा परेको थिए ।

 

अब आफुले आफैलाई गाली गर्न मन लाग्यो किनकी म चाहिने नचाहिने बेकारमा सोचिरहेको थिए ।बल्ल अफिस

 

छुट्टी भयो त्यहाबाट हत्तार हत्तार निस्किए तर गाडिले मलाई धोका दियो समयमा स्टार्टनै भएन झनक्क रिस उठ्यो

 

किनकी आफुलाई जानु थियो चाडो तर गाडिले धोका दियो ।बल्ल घर पुगे स्टार्ट भयो त्यसपछी निस्किएको थिए door

 

बेल बजाए । भित्री देखि लक भएको थियो कोठा पहिलो पटकको door बेलले खोलिएन ढोका क्रमशः बजाए ४ पटकमा

 

खोलियो त्यो पनि दिपाले खोली कतै नहेरी सिधा आफ्नो कोठातिर लम्किए जाँदै गर्दा सिडिमा रोकेर दिपालाई सोधे ड्याडी

 

कहाँ जानू भयो तर उ केही बोलिन सधा भन्दा बेग्लै तवरले हेरिरही सायद केही नलगी गएकी होला सोचेर हो या अरुनै कारण

थियो त्यो बुझ्न त सकिन तर पनि चक्लेट उसको हातमा थमाईदिए उ आफ्नो कोठातर्फ खुरुखुरु लागि अब हेरे राहुललाई देखिन

 

टिबि कोठामा हुनुहुन्छ कि भन्ने सोचेर हेरे तर उहाँ टिबि कोठामा पनि हुनुहुन्न थियो । लाईन दिउसै आएको रहेछ मनमा

 

अनेक कुविचारहरु मनना सिर्जना गर्दै आफ्नो पाईलाहरु आफ्ना कोठातर्फ लम्किए ।कोठाको ढोका खुल्ला थियो ।

 

भित्र छिरे त्यहा देख्ने बितिकै म त …………….

 

. क्रमशः नोट: केही दिन यता सारिरिक अस्वस्थताका कारणले गर्दा पोस्ट

 

गर्न सकिरहेको छैन माफ गर्दिनुहोला यसका लागि पर्न जाने असुबिधा प्रती क्षमाप्रार्थी छु अनि GoD संग प्राथना गर्दिनुहोला

कि चाडै निको होस अनि यसका अन्य भागहरु चाडो प्रस्तुत गर्न सकु मेरो पनि यहि छ कामना ।

%d bloggers like this: