अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…63

 

भित्र छिरे त्यहा देख्ने बितिकै म त ….अचम्मित भए ल्यापटप टेबलमा राखेको थिए तर ल्यापटप टेबलबाट

 

हटाएर पलङमा राखिएको थियो लाईन गएकाले चार्ज सकिएर ल्यापटप अफ भएको थियो ।

 

तर अहिले त ओपेन थियो आफ्नो फाईलहरु खोलेर हेरे सरोज अनि मेरो फोटोहरु सबैनै थिए

 

लगआउट गरेको थिएन आईडी खोलेर हेरे तर सरोज अनि मेरो अनि अन्य एस एम एस हरु सबै

 

सिन भएका थिए ।म एका एक त्रसित भए कसले खोलेर हेर्यो होला भन्ने लाग्यो के गरौ कसो गरौ

भयो गल्ती त मेरै थियो आखिर मैले समयमै लगआउट गरेको भए त्यो सब नहुने थियो तर बर्खाको

 

समय भएकाले पानी परेर लाईनले धोका दिएको थियो ।ल्यापटप त्यही राखेर म किचन तिर गए

 

राहुललाई फोन गरे तर फोन त्यही बैठक कोठामै बज्यो । छतमा हुनुहुन्छ कि भनेर छतमा गए

 

उहाँ छतमै हुनुहुदो रहेछ । उहाँ आफ्नो सिर निहुराएर कुर्सीमा घोरिएर बस्नु भएको थियो त्यो देखेर

 

म पनि अचम्मित भए उहाँलाई कहिले यस्तो हाउ भाउमा देखेको थिईन तर आज उहाँ अरुबेला भन्दा

 

बेग्लै हुनुहुन्थियो बोलाए के भयो तपाईलाई भनेर तर उहाँ बोल्नु भएन डर लाग्यो बारम्बार बोलाईरहन

 

२/३ पटक बोलाए तर उहाँ बोल्नु भएन। म केही नबोली खाना बनाए खाना खानु बोलाए उहाँ खाना

 

खानलाई मान्नु भएन आफ्नो टाउको मात्र हल्लाएर उहाले मलाई संकेत जनाउनु भयो ।धेरै बेरको

कोसिस पछि बल्ल मान्नु भयो थोरै खाना खाने बितिकै उठ्नु भयो किन यस्तो भएको थियो कारण

 

जान्न खोजे तर उहाले बताउन चाहानु भएन तर धेरै सोधे उहाँ केही नबोली आफ्नो कोठामा जानू

 

भयो म खाना खाएर कोठा गए उहाको शरीर लडेको थियो अचेत अवस्थामा तर उहाका आखा भने

 

रातो रातो भएका थिए लमतन्न भएर उहाँ बेड्मा लड्नु भएको थियो ।आखिर मेरै कारणले यो सबै

 

भएको रहेछ भन्ने लाग्यो के गर्ने मेरो घर भत्किएको जस्तै भयो सपना सबै तोडिएझै भयो तर के गर्नु

 

उहाले बताउन चाहानु भएन उता सरोज भने सम्पर्कमा आएको थिएन अब के गर्ने?१२ बजिसकेको

 

थियो मलाई निन्द्रा थिएन सोचिरहेको थिए अनेक नानाथरी कुराहरु राहुल पनि निदाउनु भएको थिएन

 

हेरे तर बोल्नु भएन निन्द्रा लागेन सोधे उहाँ बल्ल बोल्नु भयो ।लागेको छैन तिमी सुत म ठिक छु भनेर

 

अर्को तर्फ फर्किनु भयो ।यसरिनै उज्यालो भयो हरेक दिन उज्यालो हुँदै गयो उहाँ पहिलेजस्तो हुनुहुन्न

थियो खाने जाने खाना पनि खानु हुन्न थियो समयमा घर पनि आउन छाड्नु भएको थियो उहाँ सधै नसाको

 

सहारा लिएर आउनुहुन्थियो जहिले दिनप्रती दिन मातेर आउने केही नबोली सुत्नु हुन्थियो अफिस पनि

 

समयमा जनाने नुन खाएको कुखुराझै हुनु भएको थियो म उहाको अनुहार व्यवहार देखेर चिन्तित भए

 

तर उहालाई सम्झाउन खोज्थे मेरो कुरा उहाले सुन्ने प्रयासनै गर्नु हुदैन थियो उहाँ झन झन त्यो ज्यान खिनौटे

 

हुँदै गएको थियो उहाको माया धेरैनै लाग्न थाल्यो उहाँ आफ्नो ख्याल गर्न छाड्नु भएको थियो अब के गरौ मन

 

पोलिरहन्थियो झन पीडा थपिएको थियो तर कारण जान्न सकिरहेको थिएन यस्तो भएको ७ दिन भएको थियो

 

उता सरोज अनलाईनमा पनि आउन छाडेको थियो उसको प्रोफाईल 7 day ago active भनेर देखाएको थियो

 

फोन पनि अफ थियो फोन गरेको थिएन उसले पनि यत्ता देखि फोन गर्दा सधै अफ भन्ने गर्थियो । उता सरोजको

 

पीडा थपिरहेको थियो उ एका एक गायब भएको थियो म के गर्ने उ टाढा थियो कसलाई सोधुम कसैलाई चिनेको

 

थिएन बुझ्न सक्ने कोहि थिएन उसलाई केही भयो कि किन होला अन नआएको होला बिजि हुदा पनि ७ दिनसम्म

 

त बिजि नहुनु पर्ने यस्ता कुरा मनमा खेलिरहयो तर उत्ता किन म संग सम्पर्कमा नआएको त्यो त जानिन तर पनि उप्रती

 

यति बिश्वास गरेको थिए माया गरेको थिए उ तेस्तो मान्छे त थिएन तर के भयो होला भन्ने लाग्यो ।यता राहुलको हालत

 

यस्तो भएको थियो ।उहालाई म सम्झाउन नसक्ने स्थितिमा थिएन तर पनि उहाँले आज अल्कोहल नखाईदिए हुन्थियो

 

जस्तो लाग्यो तर उहाँ नखाने भन्दा पनि झन धेरै खान थाल्नु भयो दिन यसरी बित्यो तर दिन बद्लियो रात बद्लियो

 

समय बद्लियो तर उहाँ बद्लिनु भएन उहाँ उस्तै हुनु भयो ।८ औ दिन बिहानै उहालाई

क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM