अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…65

 

राहुल अनि म अब त झन……… राहुल र म मात्र भयौ ।

 

नारिको नाममा कलङ्कित भएको थिए म पिता पुर्खाको इज्जत माटोका मिलाएको थिए

 

दिन बित्दै गयो झन झन सम्बन्धमा फाटो आउन थाल्यो उहाँ झन धेरै रक्सि पिएर मातेर आउनुहुन्थियो

 

म झन झन पिडामा पर्न थाले यता राहुल यस्तो हुनुहुन्छ होला भन्ने सोचेको त के कल्पना पनि गरेको थिइन

 

कि यस्तो बद्लाब आउँछ भनेर त्यो आकासको चम्किलो तारा पनि खसिसकेको थियो ज्योती दिने केही थिएन ।

 

झन सरोज यतिका दिन हुदासम्म एक पटक फोन गरेको थिएन मलाई झन असह्य हुन्थियो १ महिना भएको थियो

 

सम्पर्कबिहिन भएको पनि ।त्यो घडी आफ्नो निरन्तर आफ्नो काटामा चलिरहयो समय चलिरहयो फेरियो दिनहरु

समयहरु हरियालि फेरिएर उझाड भुमिमा परिणत भयो तर फेरिएन ती अतितहरु फेरिएन ती सम्झना अनि यादहरु

 

सताइरहयो पोलिरहयो मनहरु ।अब उसले मलाई धोका दिएको भन्ने पक्का थाहा भयो यदि चाहेको भए एक पटक फोन गरेर म यस्तो छु

 

भन्न सक्थियो तर त्यो भएन आखिर अफिसमा केही समय आएको मान्छेलाई बिश्वास गरे के भनौ सरोज जस्तो मान्छे पाएर गुमाउने को हुन्छ

 

र उ तेस्तै थियो त उ आफ्नो नसालु आखामा आफ्नो बसमा पारिहाल्ने तर म पनि तेस्तै भए आफ्नो परिवार आज मेरो कारणले यस्तो बिचलित

 

भयो अब पनि राहुललाई अझ दु:ख दिन मन लागेन जब म साथमा हुन्छु मलाई थाहा थियो झन उहाँलाई गाह्रो हुन्छ झन पिउनु हुन्छ यदि म

 

साथमा भैइन भने एक दिन दुई दिन हुँदै मलाई भुल्नु हुन्छ अनि उहाको जिबनमा सुधार आउँछ म उहालाई टाढा देखिनै नियाल्न चाहन्थिए

 

उहाको सामु जाने अब म संग कुनै भरोसा कुनै केही बाकी थिएन । अब त के गर्ने कसो गर्ने सबै स्थगित भएको थियो । धेरै सोच बिचार गरे

 

जसरी आफ्नो गुडमा आफ्नो बचेराहरुलाई चारो खुवाउन उसको माउले आफ्नो चुच्चामा चारो च्यापेर ल्याउछ त्यसै गरि म आफ्नो परिवारलाई

 

आफ्नो खुसी फेरि ल्याउन चाहान्थिए तर सबै यो गुमिसकेको थियो सबै त्यो सपनाको चित्र मेटिसकेको थियो ।म सङ केही बोल्नुहुन्न थियो सबेरै

उठेर अफिस जानू हुन्थियो एकै पटक राती घर जानू आईपुग्ने यो समस्याले म पनि हैरान भैसके तर मैले यस्तोसम्म गर्दा उहाँ हैरान हुनु भएको थिएन

 

तर म थकित भएको थिए । त्यो सजाए आफैलाई दिन चाहे उहा नै मेरो सल्लाहमा हामी छुट्टाछुट्टै बस्ने भयौ तर डिभोर्स गरेको थिएन नगर्ने पनि तर हामी

 

सङै बस्न सक्दैनौ झै लाग्यो उहालाई पनि मलाईपनी त्यो अफिस छाडेर सबै त्यागेर म भक्तपुरमा कोठा लिएर बस्न लागे उहाँ घरमै बस्न थाल्नु भयो उहाँ

 

अनि मेरो भेट नभएको पनि १ महिना भैसकेछ के गरौ उहालाई खुसि बनाउनका लागि उहालाईनै छाड्नु पर्ने यस्तै म उहाकै खुसिमा रमाउन थालेको थिए उहालाई

 

पर देखि टाढा देखिनै नियाल्न थालेको थिए उहासामु जान म हिम्मत थिएन उहाँ पहिला जस्तो पिउन अलि छाड्नु भएको रहेछ तर उहाँ मेरो बारेमा कुनै कुरा सुन्न मान्नु

हुदैन थियो उसका साथिहरुले मलाई भेटेको बेला सुनाउथे तर यो कुरा बाहिरिएको थिएन अनि उहाले यो सबै कुरा कसैलाई बताउनु भएन रैछ ।उहाँ महान हुनुउन्थियो

 

आफ्नो कुरा आफ्नो इज्जतनै सबै कुरा ठान्न्नु हुन्थियो तर त्यो इज्जत पल भरमै लिलामी भएको थियो । त्यो बाहिरिएन झन म एक्लो भए अब अफिस जाने

 

आउने क्रम चलिरहयो दिक्क लाग्न थालेको थियो ।राहुल मेरो बिना उपस्थितिमा पनि उहाँमा थोरै भएता पनि सुधार हुन थाल्नु भएको थियो ।उहाँ अलि

 

अलि हुँदै परिवर्तन हुँदै जानू भएको रहेछ पर देखि उहाका बाताबरण हेरिरहन्थे ।उता सरोज उ हराएको महिना नै भैसकेको थियो फेसबुक अकाउन्ट

 

पनि अन भएको थिएन मेरो ज्यादै कठिन कर बितिरहेको थियो केही खान मन लाग्न छाडेको थियो न कसैसङ बोल्न मन लाग्थियो अविरल आँसु बगिरहेको थियो ।

धेरैनै यादले सताउन थाल्यो उसको हरेक पलले झस्काईरहन थाल्यो हरेक पल पल रुन मात्र मन लाग्न थाल्यो सबै चिज त्यागेर यति प्रेम गरे तर उसैले मेरो जीवन

 

उजागर बनाईदियो धेरै रोए जति रोए लुकेर रोए आँसु लुकाएर रोए दिनहरु बित्दै गए राहुल अनि दिपाको यादले मलाई सहिनसक्नु आईरहन्थियो ।

 

दिपालाई कहिले कहि फोन गर्थे कहिले राहुललाई कल गरौ अनि सबै मनका कुरा खोलेर अनि माफी मागौ अनि उहाको पाउमा परेर गल्तिको सजाए लिउ

क्रमशः ……….

%d bloggers like this: