अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…66

 

अनि माफी मागौ अनि उहाको पाउमा परेर गल्तिको सजाए लिउ म उहाको

 

नजरमा गिरिसकेको मान्छे उहाको सामु जान चाहान्न थिए । दिनहरु बित्दै गए

 

सारा दिन आसुमा डुबेर बित्न थाल्यो ।केही दिन पश्चात् राती निदाईरहेको थिए

 

मोबाईलको नोटिफिकेसन बज्यो ।ला डाटा बन्द नगरी निदाएछु कस्तो मेरो दिमाग हर

 

कुराहरु आजकल भुल्न थालिसकेछु केही गुमाए जस्तो केही अधुरा जस्ता लाग्यो आँखा बन्द

 

थियो मोबाईल आफुतिर ताने आँखा त खुल्दै खुलेनन सायद यी आखालाई पनि मन्जुरी थिएनन

होला मोबाईल तर्फ आँखा लैजान मोबाईलको हेरे बल्ल तल्ल आँखा खुले हेरे कुनै फोटोमा कमेन्ट

 

गरेको रहेछ त्यसैको नोटिफिकेसन बजेको रहेछ फेरि बन्द गर्न लागेको थिए त्यतिकैमा एउटा पोस्ट

 

देखा पर्यो हेरे कालो कोट पाइन्ट्मा सजिएर रातो साडी अनि रातै पहिरनमा सजिएकी एउटि परिझै

 

नारिको अङालोमा बाधिएको तस्बिर थियो त्यो अरु कोहि नभएर सरोज थियो पक्का उसको साथमा

 

भएको उसको श्रीमती हुनु पर्छ भर्खर बिवाह भएझै देखिन्थियो ।बिल्कुल नया अनुहारमा म त एका एक

 

प्रोफाईलमा भएका तस्बिरहरु हेर्न लागे त्यहा निकै तस्बिर अपलोड भएका रहेछन निधारमा पसिना चिट

 

चिट बग्न लाग्यो गाला रातो रातो भयो त्यहा भएका सबै फोटोहरु हेर्न थाले रिंगटा लागे झै भयो म त्यही बेडमा

ढलेछु केही छिन पछि होस आउदा थाहा भयो । समय पनि कस्तो अचम्मको भैदिन्छ बद्लियो समय बद्लियो

 

सरोज बद्लियो रितु बद्लियो मन तर यो शरीर कहिले बद्लिएन कस्तो उसैको याद अनि सम्झनाले अबिरल सताईरहन्थियो

 

आज उसको बिवाहको फोटो देख्दा कस्तो भैदिन्छ सायद यो मन पथ्थरले बनिएको भए यस्तो हुदैन थियो होला तर यी मन

 

यी मुटुहरु कोमल हृदयबाट बनिएका रहेछन केही छिनमै टुटिहाल्छ्न सपना हरु पानीको फोकाझै फुटिहाल्छन ।केही दिन

 

पछि केही समय पछि थाहा भयो उसले पहिलादेखिनै कसैलाई प्रेम गर्दो रहेछ त्यो केटिको घर जापानमानै रहेछ सम्पुर्ण

 

परिवारका साथमा जापानमै रहन सहन रहेछ । फेसबुक देखि पहिलानै चिनजान भएर नजिकिएका रहेछ्न अनि जापान

 

गएर उनिहरुको माया बिवाहको बन्धनमा जोडिएको रहेछ जब मैले कसैले धोका दिए उसले पनि कसैलाई धोका दियो यदि

 

तेस्तो नै थियो भने म सङ हरेक बाचा कसमहरु किन खायो संगै साथमै जिउने मर्ने कसम किन खायो उ पनि बचनको पक्का

 

रहेन अब मान्छे सोझो भएता पनि उ ब्यवहारमा सोझो रहेन अब उसका लागि मैले आफ्नो परिवार त्यागे तर उसले मलाई नै

 

त्यागिदियो त्यो झिलिमिली घरलाई मैले उसका निम्ति उजाड गरिदिए । एउटा सानो गल्ती भयो उसलाई बिश्वास गरेर उसलाई माया गरेर

 

अब जे नहुनु भैसक्यो केही नबोली केही नभनी अब के भन्नू बाकीनै थियो र खै सबै पूरा जवाफ मिलिसकेको थियो अब बाकी केही रहेन

त्यो सब फोटोहरु बारम्बार देख्दा देख्दा आफैलाई बोझ लाग्न थाल्यो । आफैलाई धिक्कार्न मन लाग्यो पछुतो लाग्यो तर अब पछुताएर हुनेवाला केही थिएन ।

 

आफ्नो परिवारको एक एक खुसी लुटिसकेको थिए । अब बिकल्प केही थिएन राहुल पनि कहाँ गायब हुन थाल्नु भयो पहिला त उहालाई टाढा देखि नियाल्ने

 

गर्दथिए तर उहाँको अफिस नीर जादा बिहान देखि बेलुकासम्म प्रतीक्षा गरिरहे तर उहाँ आउनु भएन दिनहरु बित्दै गए तर उहालाई प्रतीक्षा गर्दा गर्दै दिनहरु

 

दर्दनाक बित्दथिए उहाँ आउनु भएन सोध्न जान मन थियो उहाको अफिसमा गएर तर कसरी सोध्ने कसरि सोधु म कसैको सामु जान पनि अन आफुलाइ लायकको

 

सम्झिन तर के हुन्थियो र अब कुन चिज बाकी थियो र । फेसबुकलाई बन्द गरिदिए आईडी कहिले नखुल्ने गरि बन्द गरिदिए सबै सरोज अनि मलाई नजिक बनाउने

 

यहि फेसबुक अनि पीडा दिने पनि यहि फेसबुक थियो त्यो पनि आफुबाट अलग्याए आफुलाई हरेक चिज देखि टाढा बनाउदै गए एका एक दिनानु दिन त्यसपछी………..

क्रमशः ……..

सारिरिक गडबडीका कारण समयमा पोस्ट गर्न सकिरहेको छैन मलाई माफ गर्दिनुहोला जानू नै थियो एक दिन लानु नै थियो एक दिन झर्नुनै थियो एक दिन मर्नु नै थियो एक दिन नदि तर्नुनै थियो एक दिन त्यो नदि पार गर्न नसकेर आज खोला वारि भयो जीवन शरीरले साथ दिएसम्म तपाईहरुलाई साथ दिनेछु ।

%d bloggers like this: