अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…67

 

त्यसपछी हरेक दिन एक एक गरि आफुलाई अलग्याउदै गए हरेक समय आफुलाई सजाए

 

दिन थाले न कसैले साथ दियो न कसैले हात थियो । बस जता बाट पनि पीडा मात्र पीडा दियो न

 

आफ्नो भन्नु को रहयो न को के भनु खै कसरी कसैलाई न यो मनको ब्यथा सुनिदिने कोहि भयो गलत म

 

थिए पापिनी थिए ।आफ्नी नाबालिका छोरिलाई आमाको काख पाउने उमेरमा मैले उसलाई आफुदेखी टाढा बनाए ।

 

राहुललाई सधाझै लुकेर नियाल्नका लागि गए तर त्यो दिन दिन भर प्रतीक्षा गर्दा गर्दा पनि उहाँ आउनु भएन तर खै यो

 

मनले खोजिरहयो ।दिन भर निकै सारै गाह्रो भयो । उहालाई नदेखी नभेटी आफ्नो कोठामा फर्कन तर पनि भोलि देख्छु

 

कि भन्ने आसामा फर्किए भोलि त्यहि ठाउमा गएर प्रतीक्षा गरे तर उहाँ आउनु भएन नरमाईलो लाग्यो १/२ दिन हुँदै हप्तौं

 

दिनहरु बित्यो तर पनि उहाँ आउनु भएन । यसरिनै झन मनमा अझ पिडाहरु थपिन्दै गए अब के गर्ने कसो गर्ने सोच्न सकिरहेको थिईन

 

उहालाई औधी देख्न मन लागेको थियो । तर के गर्नु र जसलाई देख्नलाई पल पल तड्पपिनु बाहेक केही थिएन धेरै तड्पिए उहाको

बियोगमा जल्न थाले जलेर खरानी भए तर अझ पनि उहाको मुहार देखा परेन उहाँ एक दुई हुँदै बिलिन हुनु भयो यो पातालमा उहाँ

 

कहाँ हराउनु भयो अनि सडकको किनारमा बसिरहन्थिए अनि नियाल्थे ।अनि कोहि ब्यक्ती उहाको जस्तै कपड़ा लगाएर हिडिरहेको

 

देख्थे अनि त्यो मान्छेको छेउमा पुगेर हेर्थे तर उहाँ नभएर अरुनै कोहि हुने गर्दथियो हरेक मान्छे उहाका कपडा जस्तो लगाएर हिड्थिए

 

मलाई हरेक मान्छे उहाँ जस्तै लाग्न थालेको थियो ।जुन मान्छे आफ्नो आँखा सामुन्ने हुन्छ उसको खसै वास्ता हुन्न तर जो मान्छे आफ्नो

 

आँखा देखि टाढा हुन्छ नि उसको धेरै याद आउछ धेरैनै सम्झना आउछ उसको बियोगमा निकै तड्पिनु पर्दो रहेछ ।

 

जब जब म एकाएक सबै देखि टाढिन्दै गए जब आफ्नोपनको आभाष हुन थाल्यो उहाको प्रेम उहाका हर कुरा आखामा झलझली नाच्न थाले ।

 

अब त म टुटिसकेको थिए म फुटिसकेको थिए अनि लुटिसकेको थिए कसरी खै उहालाई सोध्न जान मन लाग्थियो तर म उहाको अघि आफ्नो

 

यस्तो घृणाका अनुहार लिएर कसरी जाउ एक मनले सोचे उहालाई अब खोज्न जान्छु अनि उहाका सामुन्ने माफी माग्दछु । उहाँले मलाई बुझ्नु हुन्छ

 

उहाले मलाई स्वीकार गर्नु हुन्छ फेरि अर्को मनले सोचे म बिना उहाँ अब अलि कति भएता पनि खुसी हुन थाल्नु भएको छ फेरि

अर्को पटक म उहाको खुसिमा कसरी आगो लगाउ जति जल्छु म जल्छु उहालाई अब जलाउन चाहान्न भन्ने भयो । उता सरोह बिवाहित

 

भएको थियो उ आफ्नो दुनियामा रमाउन थालिसकेको थियो मात्र म एक्लो थिए जताबाट पनि मात्र एक्लो न कुनै फोन न कुनै वास्ता

 

न कुनै फिक्री उसका लागि अब म अपरिचितझै भएको थिए । मेरो खुसिका लागि उहाले मलाई छाड्दिनु भएको थियो पहिला अब म

 

उहाको खुसिका लागि उहालाईनै छाड्नु पर्ने भयो मन त थियो उहाको पाउमा परेर माफी मागौ माफिको लायकको त थिईन म तर

 

जुन सजाए दिए पनि खुसिका साथ लिन चाहान्थिए तर एक दिन दिपाको याद धेरैनै आयो चितबन होस्टेल पुगे तर त्यहा त म अचम्मित

 

भए दिपालाई त राहुलले केही दिन पहिला लिएर अन्त कतै जानू भएको रहेछ मेरो सहारा भन्नू उहीँ त थि उसलाई पनि म बाट अलग गर्दिनु

 

भयो म जिउदो लास भएको थिए अब सहार केही थिएन दिपालाई अनि राहुललाई धेरै खोजे त्र भेटिन कहाँ बिलिन हुनु भयो कत्ती खोजे तर

 

भेट्न सकिन हरेक याद अनि सम्झनाहरु सहन सकिन अब कसरी ती यादहरुलाई यथावत् राखु कुनै उपाय थिएन । धेरैनै खोजे उहाले

पहिलाको अफिस छाडिसक्नु भएको रहेछ केही दिनपछी थाहा भयो ।अनि उहाले त्यो रहेको घर पनि पूरा फ्लाईट भाडामा दिएर

 

जानू भएछ मेरो कारणले उहालाई यस्तो सब भयो म सब यो कारण थिए तर मलाई केही भन्नू भएन । दिल धेरैनै दुखाएको थिए

 

उहाको दिलमा अब मलम लगाउने म सङ अब हिम्मत रहेन खै अब न कसैको सराहा लिनु म अब नसाको सहारा लिन लागे यहि एक भयो

 

अब सहारा नसाको सम्झना अनि यादले यती दिल जलाउदो रहेछ त्यति त आगोले पनि जलाउदैन होला ती यादलाई केही छिनका लागि

 

भएता पनि सान्त पार्नका निम्ति नसा सराहा लिन लागे कहिले कुनै भट्टी कहिले कुनै रक्सिको अड्डा कहिले बार कहिले कहाँ कहिले कहाँ

आखिर अब जिउदो लास बनेर रहन पर्ने भयो नखा नगर सुझाव दिने न कोहि थियो न कोहि सारा दिन आँसुमा अनि नसामा डुबेर रहन थाले ।

 

सरिता अनि राहुलालाई यहि यथावत् राखेर अब कथा सुरु हुन्छ म बाट तपाइहरुले कथा नबुझ्नु भएको छ कहि कतै यस्तो छ भने सोध्न सक्नु हुनेछ

 

यहा सम्म त हामी आईपुगेका छौ अब कथा सुरु हुन्छ म बाट अब कथा सुरु हुन्छ यसरी ………………….

क्रमशः

तपाईहरुलाई यो कथा के कस्तो लाग्दैछ सल्लाह सुझाव दिन नभुल्नु होला नबुझ्नु भएको खण्डमा मलाइ सोध्न सक्नु हुनेछ ।

%d bloggers like this: