अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…68

 

अब कथा सुरु हुन्छ यसरी राहुल को? सतिता को?दिपा को? सरोज को ?

 

मलाई केही थाहा थिएन चिन्न त के सुनेको पनि थिइन । मेरो घर पूर्वीय पहाडको एउटा भेगमा पर्छ

 

म गरिब परिवारमा नै जेनतेनमै दु:खद दुखद गर्दै यसरीनै बित्दै जादैथियो एक दिन यस्तो काम पर्यो

 

कामको कारण काठमाडौ जान पर्ने भयो । यात्रा गर्न मलाई निकै दिक्क लाग्छ झन लामो यात्रा उफ्फ सुन्दानै

 

हैरान लाग्छ नगएको पनि हैन ३/४ पटक गैससकेको त्यो हो हल्ला त्यो धुवा धुलो त्यो सब मानिसको चाप देखेर

 

दिक्क लाग्छ । तर त्यो सम्झेर के गर्नु जानू नै थियो आफ्नो आफ्नो सामानहरु प्याक गरेर झोलामा हालेर म

 

काठमाडौका लागि घरबाट निस्किए । काठमाडौ पुगे त्यहा मलाई होटल खोज्नुको जरुरी थिएन मैले सिधा

 

मेरो साथी मनिस बास्तोलालाई फोन लगाए उ लिन आउने भयो म केही छिन पर्खिनु पर्ने भयो अ…..

 

मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जस्तो मित्रता त थिएन हाम्रो तर हामी बच्चा बेला देखिको साथी

मिल्ने साथी सङै खाने बस्ने साथी तर केही बर्स पहिला उ बसाई सरेर काठमाडौ गएको थियो । उ लिन आईपुग्यो

 

अनि हामी लाग्यो उसको घर तर्फ बालुवाटार पुग्यौ बिहानको ८ बजिसकेको थियो खाना खाएर आराम गर्न लाग्यौ

 

उ त्यही अफिसमा काम गर्दो रहेछ उ निस्कियो अनि भन्यो बेलुका छोरा दिपको birthday छ बाहिर जानू पर्छ त्यति

 

भनेर उ निस्कियो । उसले बिवाह गरेर छोरा पनि ठुलो भएको थियो । ६/७ बर्सको भएको रहेछ म उसको श्रीमती

 

अनि उसको ममि छोरा स्कुलका लागि गैसकेको थियो उ मलाईब्देख्ने बितिकै हुरुक्कै हुन्थियो जान मानिरहेको थिएन

 

तर मैले फकाई फुल्याई स्कुल पठाईदिए दिन भर दुःख सुखका गफ गर्दै दिन बितायौ ।मनिस आईपुग्यो अफिसबाट अब

जानू पर्छ बाहिर तयारी हुनु सबै जना भन्न थाल्यो म नजाने भनेर भनेको त उसले त मलाई खाउलाझै गरेर हेर्न थाल्यो बल्ल

 

बल्ल आएको छस किन जादैनस के हो? साथिलाई माया मारिछस पहिला त सधै हरेक कुरामा साथ दिन्थिस अहिले बद्लिएरएछस

 

भन्न थाल्यो म कसरी भनु बद्लिएको छैन। मेरो पनि पनि म छ जाने तर ………… के तर उ बोल्यो उसलाई तानेर अर्को कोठमा लगे

 

अनि भने म कसरी जान्नु तेरो छोराको birthday छ भनेर मैले कुनै पार्टी ड्रेस लीएर आएको छैन सबैजना सुट्बुट्मा जाने अनि म मेरो बिजोक हुन्न र ????

 

तेरो के ??? गालामा प्याटहानेर भन्यो साची यार तैले कहिले मलाई साथी सम्झेको रहेनरहेछस ।किन? मैले सोधे ।।।।

 

किन म मरेको छु र उ बोल्यो अनि दराजबाट एक जोर सुट निकाल्यो अनि भन्यो यो नया मैले लगाएको छैन बरु छिट्टै तयार हुनु ।

 

उ आफ्नो कोठामा गयो साथिको आभाष भयो मलाई अझै उतिनै सम्झिन्दो रहेछ पहिला पैसा नहुदा हामी सानामा एउटा स्याउ किनेर

 

एउटै स्याउलाई नकाटी दुबैतर्फ देखि टोकेर खाने गर्थियो पुरानो झल्को आयो तयार भएर हामी निस्कियौ । जुजुबा लज म कहिले त्यहा

गएको थिईन दरवारमार्गमा रहेको जुजुबा लज अघि पुगेर मनिसले गाडी रोक्यो अनि बोल्यो यहि हो जाउ । यसो हेरे सानदार महल

 

नेपाल पनि कत्ति बिकसित भैसकेछ अब त पहिला बिदेसमा देखेको थिए नेपालमा पनि त्यस्तै माहोल बाहिरी झिलिमिली लाईटहरुले

 

सजिएको थियो ।दिपको birthday का कारण केही देख्ने मौका पाए तेस्रो तल्लामा रहेको रहेछ । तेस्रो तल्लामा पुग्ने बितिकै एउता

 

अधबैंसे देखिने एक पुरुसले सलाम ठोक्यो मनिसको छोरा अलि चकचके थियो उसले पनि उसैलाई सलाम हान्यो हामी सबै देखेर

 

गलल्ल हास्यौ ।मनिसले पहिलानै अर्डर गरिसकेको रहेछ हाम्रो लागि विशेष तयारी भएको रहेछ । केकहरु रेडि भएको रहेछ

 

सब मिलेर राम्रो सङ मनायौ साईटमा गुन्जायमन आवाजमा राम्रो प्रस्तुती थियो राज लामाको आवाजमा .।

सबैले खाना अर्डर गरे सबैले खानका लागि वाईन अर्ड्रर गरे म भने यस्तो नसा भएको केही खादैन थिए कहिल्यै त्यसैले कोक

 

मगाए मनिस भन्दै थियो किन केही नखाने आज खानु नि केही हुन्न मैले नखाने भने .।

मान्छेहरु आउने क्रम जारी थियो रातको ८ बज्न लागिसकेको थियो हाम्रो टेबल सिधा ढोका

 

सामुन्ने थियौ त्यसैले म मान्छेहरु नियाल्दै बस्दै थिए कोहि जोडि जोडि आउन्थे कोहि आफ्नो परिवारको साथमा

 

आउथे कोहि एक्लै लरखरिन्दै आउथे मान्छेहरु आउने क्रममा मैले यस्तो मान्छे देखे उ ढोकाबाट प्रवेश गर्दै थि बिल्कुल एक्लै मलाई अनौठो लाग्यो यस्तो देखेको त थिइन म हेरेको हेरै भए उ……..

…..क्रमशः

%d bloggers like this: