‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…76

 

19510142_1729726297054920_4616483553708139427_n-297x300 ‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…76( यसरिनै फेरि २० भाग देखि पूरा भाग यानिकी ६७ भागसम्म पूरा सुनाई )म पागलझै भए यो सब सुनेर

अनि म …..सोचेको पनि थिइन कि उ भित्री पनि यस्तो ठूलो कहानी बेदना लुकेको छ भनेर हरेक पिडालाई उ आत्मसाथ गरेर अघि बढेको रहेछे । किन आफ्नो ख्याल गर्दिन उ किन यस्तो नसामा डुब्छे हरेक समय किन आफुलाई आफ्नो नजरबाट आफ्नै नजरमा गिरिरहेको हुन्छे कारण यो रहेछ ।

१ भाग देखि ६७ भागसम्म सुनाई रहदा मलाई लाग्यो कि म कुनै कहानी या अर्कै दुनियामा पुगेको छु जब अन्तिम अन्तिम हुँदै गयो उ आफुलाई समाल्नै नसक्ने भैसकेकी थि उसका आखाहरु बाट अनायसै आसुको भेल बग्न थालेका थिए ।मेरो पनि धेरै नै दिल दुख्यो मन निरास भयो जति रोए म आफू लुकेर रोए किनकी म कहिले अरुको सामुन्ने आँसु देखाएर रुन आउदैन जति रोए आफै भित्री लुकेर रोए ।

हरेक समय उ सुक्क्सुक्क गरिरहेकी हुन्थी बल्ल सबै कारण जान्न पाए । मलाई कुनै साहित्य पढेझै वा भनौ

कुनै उपन्यास सुनेझै भयो तर मेरो अगाडि एउटा अतभुत कहानी त्यही लुकेको थियो ।मान्छे आफ्नो मान्छेको तब साथ हुदैन उ एक्लो हुन्छ पागलझै हुन्छ । अन्तिममा मैले सोधे सोध्न मन लाग्यो ।अनि अहिलेसम्म थाहा छ राहुल कहाँ हुनुहुन्छ या दिपा कहाँ छे भनेर ???

मैले प्रस्न गरे तर उसले मुन्टो निहुराए छैनको भावमा हल्लाई सोची होला मलाई पनि अहिले आफ्नै सम्झेर सबै कुरा मलाई बिस्वास गरेर सबै कुरा सुनाई कसैले नसुनेको उसको पीडा आज सुन्न पाए उसले पनि सुनाउने वा सुन्ने कोहि थिएन हुदो हो मलाई पीडा आधा आधा गरेर होला उसको मन पनि निकै ब्यवहारमा थोरै भएता पनि अब मात्र उसको अनुहारमा पीडा केही कम भएझै देखिन्थियो ।

एउटा सानी सानी मान्छे त्यो मान्छे भित्री यति धेरै कहानी लुकेको होला के था किन मान्छे आधा अधुरा

अपुरा हुन्छ्न किन मान्छे पिडाम डुब्छन ।अन्यमा अर्को प्रस्न गर्न मन पर्यो अनि सोधे अनि सरोजको त बिवाह गरेछ अनि अहिले तपाईंसंग कन्ट्याक बिहिन हो त?????त्यो दिन बाट आजसम्म न मैले कन्टयाक गर्न चाहे न उसले गर्न चाहायो आजसम्म छैन त्यो दिनबाट ।।
मान्छे पनि कति स्वार्थी हुन्छ्न है जब आफ्नो स्वार्थ पूरा हुन्छन सबै कुरा भुलिदिन्छ्न पुराना कुरा यो प्रेम भन्नू नै स्वार्थी हो ।दोस त कसैको थिएन सबै समयको दोस हो राहुलको पनि केही गल्ती देखे मान्छे मायाका लागि प्रेम पाउनका लागि कसैलाई जीवन सुम्पिदिएको हुन्छ तर प्रेमनै पाएन

भने जीवन सुम्पिदिएको के अर्थ हुन्छ र अर्थबिहिन हुन्छ मनुष्यको जिन्दगी मनमनै सोचे गल्ती पैल्याए यदि त्यो मायाको कमि हुन नदिएको भए एउटा सुन्दर परिवार नमुना परिवार भएको मैले देख्न पाउने रहेछु तर त्यो सबै भत्ताभुङ भएर सबै चकनाचुर भएको थियो राहुलले केही श्रीमतिलाई दिने समय केही प्रेम केही कुरा उसलाई दिएको भए ।मान्छेलाई धनले हैन मनले बाधेर राख्नु पर्छ ।

राहुलको पनि केही गल्ती त देखे तर सरिताको पनि निकै गल्ती देखे पूरा कहानी सुनिसकेपछी सरोजको

पनि गल्ती देखे सबै जना उतिकै गल्तिको भागेदार थिए सबै नै गल्ती गरेका थिए तर एकअर्कालाई बुझन अनि बुझाउन नचाहेर हो सम्बन्ध बिगि्रएको सबै जनाको ।
सबै कहानी सुने पछी हामी आ आफ्नो घर तिर लाग्यौं उ आफु बिचित्र भएर निरास भएर घरतिर लागि म आफुनै थिए त्यो पिडालाई फेरि कोट्याईदिने सम्झाईदिने खै के सम्झी उसले मलाई गलत सम्झि या सहि तर अन्तिममा म केही नबोली आफ्नो बाटो लागे त्यसैले उ मलाई गलत सम्झी हुदि हो सम्झेर पनि ठिकै हि म गलतनै थिए कसैको पुरानो खाटा बसेको घाउलाई फेरि कोट्याउन खोज्ने मान्छे हामी आ आफ्नो घर लाग्यौं ।

उसको नम्बर लिए अनि लागे उ बाट मेरि केही औचित्यपूर्ण व्यवहार के थियो र त्यो भन्दा अरु बुझ्नु थिएन

उसको बारेमा त्यति त म सुन्न नसक्ने मान्छे मलाई पनि थाहा छ कि कसैको बियोगमा बस्नु कति गाह्रो हुन्छ भनेर झन उसको त गुडियाझै छोरी थि उ देखि टाढा थि ।उ आफ्नो बाटो लागि म मनिसको घरतर्फ बालुवाटार लम्किए खाना खाएर म सुत्न लागे तर आज मेरो आखामा पनि निद्रा पर्नेवाला थिएन ।उसैको त्यो बियोगवाला कहानी मेरो आखामा झल्किरहयो ।सुत्न खोज्छु तर सरोज दिपा सरिता अनि राहुल मैले त राहुललाई फोटोमा देखे सरोजलाई देखेको थिईन दिपालाई पनि फोटोमै देखेको थिए त्यही पात्रहरु भएर एउटा कहानी त्यो सबै पात्रहरु मेरै वरिपरि मस्तिष्कमा घुमिरहे ।

निदाउने कैयौं प्रयास गरे तर निदाउन लाई त निन्द्राको जरुरी पर्छ तर त्यो निन्द्रानै मेरो बेपत्ता भएको थियो 

टेबलमा हेरे एउटा डायरी देखे नजिकै एउटा ग्लासमा विभिन्न आकार प्रकारका कलमहरु देखे त्यो खाली पानालाई भर्न चाहे अनि लेख्न मन लाग्यो सुरु गरे मलाई सरिताको कहानिले निकै प्रभावित पार्यो सोचेकी कुनै दिन पढ्न सक्छ ।नि यहि कहानिझै लाग्यो आफ्नो ती खाली पानाहरुमा त्यो कहानी कैद गरेर राख्न मन लाग्यो त्यसरिनै…..

क्रमशः

कहानि बुझ्दै हुनुहुन्छ या हुनुहुन्न ।यदि नबुझ्नु भएको खण्डमा भाग ६६ देखि पढ्नुहोला पुनः अहिलेसम्मको भागसम्म धन्यवाद

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM