‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…77

 

17264222_1610398415654376_2324312382824284618_n-300x200 ‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…77नि यहि कहानिझै लाग्यो आफ्नो ती खाली पानाहरुमा त्यो कहानी कैद गरेर राख्न मन लाग्यो त्यसरिनै…..सुरु

गरे लेखन यात्रा सानो देखिनै म कथा कहानी सुन्न मन पराउने अनि लेख्न मन पराउने लेख्थे सानो तिनो कथाहरु लेखहरु तर आज मैले सबै भन्दा ठुलो मार्मिक कहानी भेटेको थिए लेख्न चाहे ।कहानिहरु लेखेर रेडियोहरुलाई दिन्थे मन पराएर रेडियोबाट प्रसारण गरिदिन्थे अनि भन्थे यस्तै अरु कहानी पनि लेख्नु अनि हामिलाइ भन्नू होला भनेर तर त्यो बेला लेख्ने सबै यस्ता गहकिला कहानी मिल्दैन थिए कि ।तर मेरो मन छोयो मैले १ देखि ७६सम्म कहानी लेखे त्यो समय लेखिरहदा कत्ती पटक त मेरो मननै सहिनसक्नु गरेर दुख्थियो ।७६सम्म लेखिसके रात त उज्यालोमा परिवर्तन हुन थालिसकेछ रातीको ३ बजिसकेछ म अरुको कहानिमा डुब्दा डुब्दै आफ्नो निदाउने कहानिलाई त भुलेछु ।

उज्लायो भयो त्यही ३ बजे देखि ७ बजेसम्म निन्द्रा पुर्याएर उठे अनि मनिससङ सल्लाह गरे मेरो सबै

कहानी पढ्यो अनि अनि भन्यो त यस्तो कहिले देखि भैइस यस्तो डुबेर लेखिछस म पनि सहयोग गर्छु जे पर्छ ।उसको त्यो हौसलाले मलाई अझ प्रेरणा मिल्यो । म आफ्नो काम विशेषले आएको थिए तर अर्को काम पनि थपियो आज त आफ्नो काम गर्नु थियो म आफ्नो कामहरु सुल्झाउन दिउँसो निस्किए ।तर मेरो मनमा अनि दिमागमा एउटै मात्र त्यही कहानी घुमिरहयो ।

उसको त्यो चिचावट मेरो मनमा गुन्जिरहयो जत्ता जान्छु उसको त्यो चोट अनि उसैको छोरिलाई सम्झिए झन अझ मेरो मननै खिन्न हुने गरि उसकी छोरी दिपाको अनुहार मेरो मानस्पटलमा झल्किरहयो ।अब सम्झिन्न्न भन्छु तर जुन कुरा बाट हामी टाढा हुन खोज्छौ तर त्यहि कुरा झन नजिक हुदो रहेछ ।

यी यादहरुबाट पन्छिन खोजिरहेको थिए तर मलाई पन्छिन दिएन सोचेकी आफ्नो त मिलन कहिले भएन ।कत्ती बियोग हुन्छ छुट्टिएर बस्नु पर्दा त्यो मलाई पनि थाहा छ सबै दुःख आईपरोस तर कहिले कसैको सम्झना अनि यादमा तड्पिएर बाच्नु नपरोस ।

बाकी केही थिएन कुनै अब के गरौ कसो गरौझै भयो आफ्नो आँखा बन्द गरे अनि मेरो भित्री दिलको कुरा

मनको कुरा सुने मेरो मनले भन्यो तैले त आफ्नो माया कहिले पाईनस पाईनस तैले कसैको मायालाई मिलाउन सक्छस एक गर्न सक्छस मौका तलाई पनि छ ।मेरो मनले त भन्यो तर मेरो मनले भने जत्ती सजिलो त थिएन तर अब झन के गर्ने भन्ने चिन्ताले सताईरयो । कोठामा पुगे साझ झमक्क परिसकेको थियो म आफ्नो कामका लागि आएको तर अर्कै कुनै विशेष काम थपियो ।।

त्यही कामका लागि मलाई चुनेर पठाएको हुन सक्छ सायद खाना खाएर आफ्नो बिछ्यौनामा पुगे तर त्यो

हराभरा कोठा पनि उजाड देख्न थाले खै किन हो त्यो त थाहा भएन किन आफ्नो मन उजाड भए पछि सबै बाहिरी चिज उजाड देखिन्दो रहेछ यदी मन हराभरा हुने भने बाहिर मरुभूमिनै भएता पनि हराभरा देखिन्दो रहेछ । हरेक पल त्यो पिडा आफ्नै सम्झन थाले ।मैले राहुलको बारेमा केही पत्ता लगाउन कोशिस गर्न खोजे तर राहुल त न कसैलाई थाहा थियो कि दिपालाई लिएर राहुल कुन दुनियाना गायब भैसकेका थिए । हुन सक्छ कि सरिताको छायाबाट पनि अलग गर्न चाहन्थिए तर सरिताले त्यो बाटो लिनुमा उसको पनि ठूलो हात थियो ।

यदि राहुलको माया नपाएको भए उसले सरिताको ख्याल राखेको भए यस्तो हुदैन थियो कि आफ्नो

गल्तिलाई ढाकछोप गरेर अरुको गल्ती पहिल्याउन माहिर हुन्छन मान्छे यहाँ राहुल पनि त्यही ब्यक्ति भित्री पर्न गएको थिए राहुल आफ्नो गल्तिलाई लुकाएर सरिताको गल्तिलाई उसको थाप्लोमा लगाएर उ आफ्नै दुनियामा रमाउन गएको थिए । नेपालमा थिए या नेपाल बाहिर गएको थिए त्यो जान्न सकेको थिइन उ कोहि ब्यक्तिसंग सम्पर्कमा थिएनन उनी सम्पर्क बिहिन भएको धेरै समय बितिसकेको थियो आखिर किन उनिले यो सब गरिरहेको छन म सोचेर दिक्क्क हुने गर्थिए ।

जब सरिताले मलाई हरेक आफ्नो बितेका पल हरेक भागहरु सुनाईरहन्थी म आफ्नै कहानी सम्झिएर

सरिताको कहानी आफ्नै कहानिझै लाग्थियो म अरु समय पनि सोच्थिए कि मेरो बेदना अनि उसको बेदना एउटै छ मात्र कहानी भिन्न छ उ पनि कसैको बियोगमा तड्पिएकी छे म पनि कसैको बियोगमा तड्पिएको छु ।म संग सरिताको नम्बर त थियो तर उसैलाई पनि थाहा थिएन कि राहुल अनि दिपा कहाँ छन भनेर के भनेर सोध्ने अनि मैले के भन्ने उसलाई के म तपाईको छोरी अनि श्रीमानलाई म खोज्ने तयारी गर्दैछु यदि यस्तो भन्दा उसको मुहानमा केही मुस्कुराटका छिटा त पर्छन होला अनि मैले भेटिन भने फेरि उसलाई अझ निको हुन लागेको झन कोट्याईदिएर अझ म उसलाई अझ पीडाको भारी अझ बोकाईदिउ ताकी उसको थाप्लोमा अझ बोझ होस अनि निराश बनाउ ????

यो चाहिन के गरौ धेरै नै सोचिरहे म सक्छु या सक्दिन त्यो त थाहा भएन । रात निकै ढल्किन लागेको थियो मेरो मन निकै छोयो त्यसैले यो कहानी मेरो जिबनको सबैभन्दा ठूलो कहानीझै लाग्यो सबै बियोगहरु कापिका पानाहरुमा उतार्न खोजे कत्ती कत्ती बेला लेख्दा लेख्दै ………………………………………………….

क्रमशः

सल्लाह सुझावको अपेक्षा गरेको छु ।

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM