‘अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…74

 

         के भेट्नु भयो त उहाले प्रश्नै गर्नु भयो सबै बृतान्त सुनाए उहाँ पनि सहयोगी मनको हुनुहुन्थियो यसमा

जे सहयोग चाहिन्छ मलाई माग्न सक्नु हुनेछ । उहाको कुरले त म आफू मात्र त्यो केटिका लागि पागल हैन रहेछु उहाहरु पनि उत्सुकता हुनुहुदो रहेछ थाहा पाए ।दिन कत्ती बेला बित्छझै भयो तर समय कहाँ भने जस्तो सजिलै छिट्टै बित्नेवाला थियो ए घडिले त आफ्नो निरन्तरता दिईरहेको हुन्छ त्यो एकनास ले चल्छ न त ढिला न त छिट्टै चल्छ बल्ल बल्ल अपराह्नको ४ बज्यो ।म तयार भएर उसकै अफिसमा लागे ।बिहान कहाँ बाहिर जाने र भन्दा उ मेरो अफिसमा आउनु अफिस समय सकिने बेलामा भनेको कारणले म ट्याक्सी चढेर उसको अफिस तर्फ लागे उ पनि बाहिर तयारी भएर बसिरहेकी रहेछ ।उसको त आफ्नै गाडी पनि रहेछ निकै हुनेखाने रहेछ मैले सोचे भन्दा पनि उ निकै उच्च स्थानकी रहेछे ।गाडिमा बस्न आग्रह गरि म केही नबोली चुपचाप बसिदिए ।गाडी अगाडि बढाएर खै कुन पार्क थियो त्यहा लगेर गाडिलाई साईट लगाइ

       कस्तो आफैला ई कस्तो कस्तो लाग्यो कहिले नचिनेको न उ सङ कुनै नाता थियो न केही म निर्धक

उसको पछि लागिरहेको थिए कत्ती बेला कत्ती बेला आफैलाई सम्झेर लाज लागेर आउदै थियो तर पनि आफैलाई सम्हालेर राख्ने कोशिस गरिरहेको थिए ।
म त नया थिए मेला लागि नौलो थियो मेरा लागि त्यो पार्क तर पनि उसको त्यो साथ थियो ।कत्ता कत्ता खल्लो लागिरहेको थियो म किन उ प्रती यति चासो देखाईरहेको छु जस्तो लाग्यो । तर के गर्ने मन त आफ्नो हो शरीर आफ्नो हो तर मन आफ्नो साथ भएर पनि हाम्रो यो मन आफ्नो साथमा अनि आफ्नो कहिले नहुदो रहेछ ।शरीर त उ प्रती चासो देखाएको थिएन तर यो मन मस्तिष्कमा उसैमा उत्सुकता देखाईरहेको थियो । पुगेर त्यही एक छेउमा बस्यौ केही कुरा गर्नका लागि खोजे तर के भनेर कुरा निकालौझै लाग्यो एक्कासी निकाल्दा झन उ बताउन चाहादिन होला मैले उसको बारेमा बुझ्न खोजे आज त उसलाई जसरी भएता पनि पक्का मुख खोलाउनु थियो ।

         सुरुवात त मैले त्यही मोबाईल देखि सुरु गरे कस्को फोटोहरु हो त्यो वालमा भएको फ़ोटो ??तर उ

निकै आफ्नो ओठहरु कमाउदै बोल्न थाली सोचेकी मैले सोचेको भन्दा अझै उ भावनामा डुबेकि छे उ निकै बेदनामा छे अझ मैले सोचेको भन्दा पनि कैयौं गुणा धेरैनै पिडामा छे तर उ आज त उसलाई फकाईफुल्याई मनाउनु थियो ।
के गरेर आज उसलाई मुख खोल्न बाध्य पारौ म सोच मग्न भए त्यही फोटोको वालदेखेर त्यही एक बहाना थियो उ सङ कुरा बढाउनलाई मैले सोधे को हो त्यो तपाईको मोबाईलमा भएको फोटो ?? उ आफ्नो अनुहार कुच्याउदै बोल्दै थि राहुल उहाँ मेरो श्रीमान राहुल अनि मेरो छोरी दिपा ।दिपा ह??? बल्ल याद आयो मैले पहिलो पटक उसलाई भेट्दा मैले मनिसको छोरा दिपको नाम लिएको थिए त्यो नामले उ निकै झस्किएको थि अहिले आएर बल्ल थाहा भयो कि दिप नामले उ किन झस्किएको थि किनकी उसको छोरिको नाम दिपा रहेछ त्यसैले उ तेस्तो भाव देखाईरहेकी रहेछे ।सोधे अनि कहाँ हुनुहुन्छ त ?

        उसलाई केही थाहा नभएको जानकारी गराई ।जति सोचेको थिए कि कहानी लामो होला तर कहाँ

कहानी कहाँ गएर टुंगिनु लाग्यो न उ केही आफ्नो मनको कुरा खोलेर कुरा गर्नेवाला थि म आफैले यस्तो भार उठाएर मलाई कतै नरमाइलो लाग्यो ।तर पनि पहिलो पाईला जब चालिन्छ आफ्नो पाईला पछि सार्न हुन्न जे हुन्छ त्यो भार अब उठाउने बेला आएझै लाग्यो ।मैले सोधे आखिर किन केही बताउन चाहानु हुन्न आखिर किन ????उ आफ्नो आखाबाट अमुल्य मोतिझै आफ्नो आखाबाट आँसु खसाउन थाली बिस्तारै बिस्तारै उ आफुलाई समाल्दै बोल्दै गैइ म उसको कुरा आफ्नो मन तन लगाएर सुनिरहे उसलाई पनि कसैको सहारा चाहिएको हुदो हो उ पनि एक्लि हुदि हो त्यसैले उ पनि ठुलो आसाका साथझै लाग्यो उ बोलिरही साझ परिरहेको थियो ।त्यो घामको किरण छितिज सङै लर्बराउदै आफ्नो गन्तव्य तर्फ अघि बढिरहेको थियो त्यो पहेलो घाम मेरो अनुहारमै पर्यो ।

उसको घर काब्रे जिल्लाको धुलिखेल रहेछ सानो हुदानै उसको उसलाई जन्म दिने आमाले उसलाई

छाडेर जानू भएको रहेछ । सानो परिवार बाबा अनि मामु मामु को अनुपस्थितिमा उ निकै आफुलाई एक्लि सम्झिन्थी कि उ हरेक पल ममिको बियोगमा एक्लो बसेर रुने गर्दथी उसले आफुलाई माया गर्ने मान्छे सानो उमेरमै गुमाउन पुगि उ आफू कसैको माया पाउने उमेरमा मायानै गुमाउन पुगि ।दिनहरु बित्दै गयो बाबा अनि छोरी दिन चल्दै थियो फेरि अर्को कालो दिन आयो अन्धकारको दिन आयो । सोचेको पनि थिएन यस्तो दिन फेरि बारम्बार आखिर खुसीहरु किन लुटिन्छन । जे जस्तो भएता पनि उस्ले आफ्नो पढाइलाई अगाडी बढाईरहेकी थि उ सधै स्कुल टप हुने गर्दथिइ । पढाईमा निकै लगाव थियो तर सोचेको अनि रोजे जस्तो कहाँ हुन्छ र यहाँ सबै उल्टो भैदियो । जे नहुनु थियो त्यो भएरनै छाड्यो । उसको………………………….

क्रमशः

यो भाग यसका आगामि भाग महत्त्वपूर्ण भाग हो ध्यान दिएर पढ्नुहोला अनि नबुझ्नु भएको खण्डमा मलाई सोध्न सक्नुहुनेछ ।

%d bloggers like this: