आउला चोर भनी छेकी रह्यौ ढोका हामीले रहेछौ चोर खोकिलामा लुकाएको थाहा भएन।

गजल

भाँच्चि सकेको रहेछ देशको टेको थाहा भएन।

हुट्टिट्याउले यो आकाश बोकेको थाहा भएन।

हामी नेपाली हौं भनेर कसरी भन्न सकौला खै?

नेताले पैसामा हामीलाई बेचेको थाहा भएन।

आउला चोर भनी छेकी रह्यौ ढोका हामीले रहेछौ

चोर खोकिलामा लुकाएको थाहा भएन।

भाई फुटे गवार लुटे बनेको छ आज यो देशमा

हेरी हाम्रो हाल छिमेकी हाँसेको थाहा भएन।

लुटाएर आफ्ना खुसी सन्तान हेर्ने बा-आमालाई

बुढेसकालको बृद्ध आश्रम बनेको थाहा भएन।

रमेश रसिक निजगढ

%d bloggers like this: