आकासमा उड्ने सपना

यो झण्डै हराएको पुरानो रचना फेरि राख्न मन लाग्यो / कवितामा प्रयोग भएको शव्द ” प्रकृतिको चित्र कोर्ने साथी” प्राज्ञ नारदमुनी हार्तुम्छाली हुनुहुन्छ / चितवनबाट काठमाण्डौ चिलगाडीमा आउँदाको पहिलो रचना हो यो .त्यही उडानको दोस्रो रचना फेला परेपछि राख्ने छु /
आकासमा उड्ने सपनाreceived_698861126942479 आकासमा उड्ने सपना
आकासमा माथि माथि उड्न मन लागेको छ

कादम्विनीसँग आज खेल्न मन लागेको छ

वाधा वन्धन भत्काएर चिल जस्तै वनी

सवै खाले सीमा नाघ्दै डुल्न मन लागेको छ
एकैचोटी हिमाल मधेस देख्न मन लागेको छ

प्रकृतिको प्रेम गीत लेख्न मन लागेको छ

मेची काली एकै साथ छुन मन लागेको छ

मलाई पनि मालचरी झैं हुन मन लागेको छ
आज हल्का चढेको छु वादल भन्दा माथि

साथमा छन प्रकृतिको चित्र कोर्ने साथी

साथीसँगै धर्तीभरि घुम्न मन लागेको छ

आज मलाई निलो आकास छुन मन लागेको छ
कुखुरा झैं खोस्री हिड्ने जीवन भन्दा माथि

जून तारा छुने मिठो सपना मनमा साँची

एकैछिन भुलेको छु जिन्दगिको व्यथा

रचिदै छ हल्का नया“ उडानको कथा
भर्खरै थ्यो मधेसको दिल जल्ने तातो

एकैछिनमा सिरेटोले लिन खोज्ने सातो

प्रकृतिका थरी थरी लोभलाग्ने लोक

विर्सिएँछु यस्तो वेला सवै तिर्खा भोक
२०६७ भाद्र ३ गते

चितवन–काठमाण्डौ, हवाइ यात्रामा

%d bloggers like this: