"आदर्शको पुनरावलोकनको प्रश्न वारे सानो चर्चा !"

धन सम्पत्ती र राज्यसम्म जुवा खेलेर अन्तमा स्वास्नी पनि जुवामा राखेर खेल्ने र हार्ने अनि आफ्नैreceived_697092480452677 "आदर्शको पुनरावलोकनको प्रश्न वारे सानो चर्चा !"
अगाडि स्वास्नीलाई नांगेझार वनाएर अरु जुवाडे दाजुभाइले वेइज्जत गर्दा -” ए त्यसो नगर !” सम्म भन्न नसक्ने हुतिहारा युधिष्ठिरलाई सत्यवादिताको अनुलंघनीय आदर्श वनाएर चलेको हाम्रो हिन्दू समाजको हालत के होला ?

झगडा गरेका राज खान्दानका केटाहरूलाई संझाएर पठाउनुको सट्टा-” म एकातिर मेरा छोरा नाती अर्कातिर भएर सहयोग गर्छौं जाऊ युध्दको तयारी गर !’ भनेर उक्साएर पठाउँने र युध्दको सुरुको दिनमा आफ्ना दाजु भाइ मारेर मलाई राज्य चाहिएन भनेर मैदान छाडेर भागेका अर्जुनलाई समातेर जवर्जस्ती रथमा राखेर वाण हान्न आदेश दिने र हजारौंको रगतको खोलो बगाएर रमाउँने कृष्णको युध्दको निम्ति गरिएको आदेशको ग्रन्थ #गीता कति पवित्र र शान्ति प्रेमी होला ? र त्यसलाई पवित्रता र पुण्यको देव वाणी संझनेहरूले चलाएको समाजले काटमारलाई बढावा देला कि शान्तिलाई बढावा देला ?

युध्दको निम्ति उक्साउँन अर्को देशको सीमा नजिक संकास्पद गतिविधी गर्ने ,अर्काको पारिवारिक मामलामा पसेर वालीको हत्या गर्ने र दक्षिण भारतीय आदिवासीहरूलाई सेना र सुराकीको रुपमा प्रयोग गरी लंका छिर्ने  र सीताको अपहरणको निहु वनाएर  लंका माथि हमला गर्ने र अन्तमा श्रीमतीलाई पनि अग्निपरीक्षाको निहुँ गरेर जलाएर मार्ने रामको रामराज कति कहाली लाग्दो थियो होला ?

received_698861120275813 "आदर्शको पुनरावलोकनको प्रश्न वारे सानो चर्चा !"
धर्मको नाममा जे पनि स्वीकार गर्ने चिन्तनले हामीले कसरी प्रगति गरौंला ? के देवी देवता भनिनेहरूका कृयाकलापहरू पुनरावलोकन गर्नै नमिल्ने हुन ? हुन भने ती संसारका सवैभन्दा निरंकुश कुरा हुन .हैन भने आजको चेतनाबाट पुनरावलोकन गर्ने वा  खारेजी गर्ने आँट गर्नै पर्छ .यस्ता कुरालाई धर्मप्रति अनास्था फैलाउँन खोजेको भन्ने रुपमा हैन वरु ती धर्मभित्रको धर्म वा अधर्म वारे सही समझदारी विकास गर्न सुरु गरिएको छलफलको रुपमा बुझ्ने हो भने धार्मिकहरूलाई नै फाइदा पुग्थ्यो .

भनिन्छ पूजीवादले आफ्ना कमिकमजोरी देखाइगिएर सहयोग गरे वापत कैयन लेखक र वुध्दिजीवीहरूलाई विभिन्न तरीकाले सहयोग गर्छ .के हाम्रा धर्माधीशहरू त्यसो गर्न सक्छन ?

%d bloggers like this: