आमाको थोत्रो मैलो कपडापनि बच्चालाई । स्वर्ग भुलाउने प्यारो आँचल भइदिन्छ।।

 

16107458_666591350180549_3855039852992134586_o आमाको थोत्रो मैलो कपडापनि बच्चालाई । स्वर्ग भुलाउने प्यारो आँचल भइदिन्छ।।बोल्न खोज्दा पनि जिब्रो अचल भइदिन्छ।

नचाहेको बेला भने चञ्चल भइदिन्छ।।

साहस थियो ,हेर्दा बाटो फराकिलो थियो तर,

पाइलापिच्छे डरलाग्दो दलदल भइदिन्छ।

। आमाको थोत्रो मैलो कपडापनि बच्चालाई ।

स्वर्ग भुलाउने प्यारो आँचल भइदिन्छ।।

अघिल्लो दिन बाकसमा सुनहरू राखेपनि।

बिहान उठेर हेर्दा सधैं पित्तल भइदिन्छ।

। मन नपर्दानपर्दै पनि कोही दिलमै बस्दारैछन्।

छुट्टिदाँ उसँग किन नयन सजल भइदिन्छ?

अनिश सापकोटा

चितवन

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM