आर्यनको सन्तान कहिले ? सपना हाँस्दै भन्छिन्–सन्तानका बारेमा धेरै सोचेका छौं

काठमाडौं, मंसिर १८ – सेलिब्रेटीको प्रेम, विवाह र सन्तानको बारेमा सबैलाई जान्न मन लाग्छ । चक्लेटी अभिनेता आर्यन सिग्देल विवाह बन्धनमा बाँधिएको दुई वर्ष भइसकेको छ । cover-2 आर्यनको सन्तान कहिले ? सपना हाँस्दै भन्छिन्–सन्तानका बारेमा धेरै सोचेका छौंआर्यन अब पिता कहिले हुने भन्ने कुरा उनका शुभचिन्तकलाई चासोको विषय बनेको छ । यही विषयमा हामीले आर्यनकी श्रीमती सपना सिग्देलसँग सन्तानको बारेमा ‘के सोच्नु भएको छ’ भने प्रश्न गरेका थियौँ । यसको जवाफमा उनले हाँस्दै łसन्तानको बारेमा धेरै सोचेका छौँ नि’, भनिन् ।

विवाहपछि सपनाको अध्ययनमा बाधा नहोस् भन्ने हेतुले नै उनीहरुले सन्तान जन्माउने कुरामा ध्यान नदिएका हुन् । तर अब भने सपनाले अध्ययन पनि सकाएकी छन् । उनले स्तानातकोत्तर पूरा गरिसकेकी छन् । अब भने चाँडै नै सन्तानका बारेमा सोच्ने उनले बताएकी छन् । उनले भनिन्, łयहि समयमा सन्तान जन्माउँछौँ भन्ने त छैन तर अब भने हामीले विचार गरेका छौँ ।’

आर्यनकी बहिनीका छन् दुई सन्तान

आर्यन आफू पिता नबने पनि उनी दुई भान्जाभान्जीका मामा हुन् । त्यो पनि बहिनीका । उनकी बहिनीका एक छोरी र एक छोरा छन् । 14225610_10210243660997448_7393037584275932943_n आर्यनको सन्तान कहिले ? सपना हाँस्दै भन्छिन्–सन्तानका बारेमा धेरै सोचेका छौंउनकी बहिनीको विवाह भएको झण्डै १४ वर्ष भइसकेको छ । आर्यनकी बहिनी यशोदा सिग्देल न्यौपाने छोराछोरी र श्रीमानसँग अस्ट्रेलियामा बस्दै आएकी छन् ।

फेसबुक प्रेमपछि विवाह

आर्यन र सपनाको भेट फेसबुकमा भएको थियो । उनीहरुले फेसबुकबाटै एकअर्कालाई मन पराएर विवाह गरेका हुन् । सपनाको कुरा गर्ने शैली मनपराएका 14650687_709795165843040_64309305328832326_n आर्यनको सन्तान कहिले ? सपना हाँस्दै भन्छिन्–सन्तानका बारेमा धेरै सोचेका छौंआर्यनले उनलाई फेसबुकबाटै प्रपोज गरेका थिए । सपना पनि फेसबुकमा आर्यनसँग कुरा गर्दा उनमा कुनै सेलिब्रेटीको जस्तो नभएर आम मानिसको जस्तो स्वभाव भेटाएका कारण आर्यनको प्रेममा परेकी थिइन् ।

उज्यालाे र forseenetwork.com को सहकार्य

%d bloggers like this: