आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 1

 17457795_1960110154209216_8776915737774341648_n-300x262 आशिक साह को  रोमान्टिक कथा 'परि'  Part 1

 परी ” A RomantiC love Story ”
Part ;- 1
एता बिहानै 7 बजे पढिरहेका थिए टेबुलमा बसेर । किताब कै छेउमा थियो मेरो मोबाइल ।
किताब तिर जति ध्यान दिदा पनि मस्तिष्क किताब भन्दा बढी मोबाइल तिर केन्द्रित थियो ।
त्यसर्थ आफु लाई जबर्जस्ती पढिरहेको बनाउदै थिए । आजकाल का भर्चुयल युग न हो । साला पढ्नु को लागि पनि मोबाइल को साहयता लिनु पर्दो रहेछ ।
सायद मोबाइल नहुदो हो भने आजकल का भुराभुरीहरु पढ्नु पनि रुचाउदैन्थे होला । खैर अरूको कुरा के भनु , म आफै त्यसतै थिए । डाटा खोले ।
दस सिकेन्ड मै घुइइ गरि मोबाइल करायो । खोले मेसैज आएको रहेछ राजनको ।
के गर्दैछस् ?
आफु त पढिरहेको थिए । तर सोचे पढ्दै छु भन्दा उसले कति पढ्नदास् भएको भनेर पक्कै व्यङ्ग्य गर्छन् होला । त्यसैले अर्थाथ कुरो भन्नु मन लागेन । उल्टै सोधि दिए ।
त के गर्दैछस् ?
सुतिराको ! सेकेन्डमै रिप्लाइ गर्यो उसले
थाहा थियो मलाइ । उ नाटक गर्दै छ । किनकी भोली देखि हाम्रो परीक्षा थियो ! बि.एस.सी. को । र आज उ नपढुन् त्यो त हुनै सक्दैन् । आजकल का हामी बिधार्थीहरू पनि कति अल्छी भएका छौ हउ । परीक्षा को एक महिना देखि पढ्ने कुरा सोचिरा हुन्छौँ ।
तर हया आज मुड छैन भोली पक्कै पढ्छु भनेर सधै टारि दिन्छौँ । र भोली गर्दा गर्दै परीक्षा हुनु भन्दा अघिलो दिन । बजार मा तरकारी बेचे झै गरेर एक थान नोटवुक , किताब आफ्नो अगाडी राखेर पढ्ने दुर्प्रयास गर्छौं ।
त्यसतो बेला न त मुड ले साथले दिन्छ , न त मोबाइल ले । मोबाइल ले चेक मी , चेक मी भनिरा हुन्छ ।
र मुड मोबाइल तर्फ बढी एट्राक्टिभ भएर चेक गरि हालौ जस्तो लाग्छ । तर जब हामी मोबाइल चलाउनु सुरू गर्छौं ।
हाइ त्यो बेला परीक्षा सरिक्षा सब बिर्सिन्छौँ र फेसबुक मा केटीहरू को प्रोपाइल पिक्चर हेर्नू थाल्छौं ।
त्यसतै म पनि गर्दै थिए । साला पढ्ने मुड महिनौ लगाएर बनाएर थिए तर जब गयो नजर कुनै केटीको सेक्सी फिगर मा । हरायो पढ्ने मुड पनि यो मन कै लखर लखर मा ।
एकछिन को फेसबुक हेराइ पछि । किताब सिताब सबै बन्द गरेर निन्द्रा देबी को प्यारो भए ।
त्यसतै राती 8 बजे कहाँ कहाँ बाट बटुलेर पढ्ने मुड आयो । पहिला त मोबाइल नै स्वीच अफ गरेर अलि पर राखि दिए ।
अनि किताब र नोटबुक पढ्नु थाले । पहिलो चेप्टर पल्टाए । हया सजिलो छ भनेर अर्को चेप्टर पल्टाए ।
हया यो पनि त अस्ति रिभाइन गरेकै थिए भनेर । तेस्रो चेप्टर पल्टाए । यस्तै गर्दा गर्दै अाधा घण्टा मै पुरै किताब सिध्याइ दिए ।।
अर्को दिन
परीक्षा सुरु भयो । अोर्चिड कलेज अफ बिराटनगर मा । पहिलो दिन को परीक्षा ।
रेगुलर इङलिस को । जब प्रश्न पेपर आयो मेरो हातमा ।
म ट्वा परेर हेरिरहे । हिजो जुन जुन सजिलो छ , आउदै छ भनेर छोडेको थिए ।
साला सब त्यै प्रश्नहरू आएको रहेछ । एकछिन त टाउको मा हात राखेर अल्लमल्ल मा परे ।
पहिला त टिक लगाए आफु ले आएको प्रश्नहरू मा । टिक लगाउदा सबै प्रश्नको उतर आएको रहेछ ।
तर जब लेख्न सुरु गरे । तब थाहा पाए । आफु लाई त सब प्रश्न को उतर को एक दुई लाइन मात्र थाहा रैछ ।
खेर बनाउदै गए । पछि केही नपाएर जे.पी.टी. कुराहरू पनि थपि दिए ।
र कक्षा मा यता उता बाट कसैले अरूलाइ चिट फालेको हेरे कि फुत्त कुदेर चिट लिन्थे र भाइ एकछिन म लेख्छु अनि दिन्छु भनेर फर्काउथे ।
परीक्षा को अन्तिम घण्टी हुदा जब सोचे । अब आफुलाइ केही आउदैन त्यो बेला मार्क गिन्ति गर्नु थाले । गिन्ति गर्दै जादा 4० % पक्कै आउछन् भने बिश्वास भयो ।
र म पास भइ हाल्छु भन्ने कुरै ले म एकदमै खुसी थिए ।
त्यसतै एक एक गरि सबै बिषय को परीक्षा सकिदै गयो ।
एकदिन त अती नै भयो । प्रश्न पेपर हेरेर म यसै चिन्तित थिए ।
किनकी ती प्रश्नहरू बाट मलाइ एउटा को नी उतर आउदैन्थ्यो । त्यसैले डेक्स मा यसै पेपर लाई खुल्ला गरि छोडि दिएको थिए ।
अचानक गार्ड आयो । र एउटी केटी पछाडी बाट मेरो पेपर तिर चियाउदै गरेको हेरेर खुसुक्क भन्नु भयो ।
भाइ पेपर लुकाएर राख् , पछाडी बाट हेर्दै छन् । मलाइ त जम्मै दात देखाएर हास्नु मन लाग्यो । तर जबर्जस्ती हासो थामेर बसे ।
परीक्षा सकेको उपलक्ष्य मा जम्मै साथी हरू मिलेर पार्टी गर्ने योजना बनाए ।
राती आठ बजे तिर हन्ग्री बाइट रेस्टुरेन्ट तिर जम्मा चार जना साथी गए ।
राजन , रमेश , रोहित र म आशिक । सुरु मा रमेश ले जान्न, म सँग पैसा छैन भनेका थिए ।
तर पैसा को चिन्ता के गर्छस् भनेर हामी तिनै जना साथीले बल गरेर उसलाइ ल्याए ।
क्रमश……
#Written_By_Aashik

 

Comments are closed.
%d bloggers like this: