आशिक साह को ‘धड्कन’ Part 1

धडकन “Part 1 ”

17757330_1965489487004616_6841162813101939620_n-300x300 आशिक साह को  'धड्कन' Part 1

के

ही खुसी हुन्छन् ।

जो हास्नु लायक हुदैन । त्यो खुसी अनायसै हुन्छन ।

बिना अर्थ का । बिना कारन का । बिना कुनै प्रसङ्ग का ।

तर पनि त्यो खुसी हुन्छन् । खुसी कसलाइ चाहिदैन यो सँसार मा । मलाइ लाग्छ मान्छेलाइ सबभन्दा महत्त्वपूर्ण कुरा खुसी नै छन ।

हो खुसी कै लागि मान्छेले सबथोक गरेका छन् । तपाईं र म पनि ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । जहाँ बाट प्रत्येक दिन हजारौं मान्छेहरु अावत जावत गर्छन् ।

कोइ पढ्नको लागि , कोइ घुम्नको लागि त कोइ कमाउनको लागि । प्रायः कमाउन को लागि जाने मान्छेहरू , हामी धेरै भेटाउछौँ ।

नेपाल मा जन्मिनु पनि एउटा ठुलो अभिसाप झै लाग्छ । जति पढे पनि अन्तिम उपाय बिदेश नै रहेछ । कारन के हो ? त्यो त हामी सबैलाइ थाहा छदै छ ।

खैर म कुरा गर्दै थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल को । यो विमानस्थल को एउटा विषेश्ता छ ।

आफै हिडेर यहाँ सम्म आएर उडेका मान्छेहरु , फर्किदा आफ्नै खुट्टा मा नहुन पनि सक्छन् ।

वा भनौ अरूका काधमा पनि हुन्छ । त्यो भाग्यको लेखा हो । जसको यात्रा जहाँ सम्म हुन्छन् । एकदिन उ त्यही गएर टुँगिन्छन ।

बिहान 7 बजेको हुदो हो । मलाइ एयरपोर्ट जानू पर्ने भयो । दादा लाइ पुर्याउन ।

बानेश्वर बाट करिब आधा घण्टा अघि निस्के ।

 

अनि ट्याक्सी मा बसेर लागे । एयरपोर्ट तिर । ट्याक्सी एयरपोर्ट मा गएर रोकियो ।

म अोर्ले । मेरो आखा अगाडी एउटा ठुलो भवन थियो । जसमा लेखे थियो त्रिभुवन इन्टरनेशनल एयरपोर्ट ।

गेट नीर मान्छेहरू आ- आफ्ना सुटकेस बोकेर । बाहिरिदै थिए त कोइ भित्रिदै थिए ।

ज्यादातर मान्छेहरू फोटो खिच्नु मै तल्लिन देखिए । मेरो मन भने आकुलव्याकुल भएका थियो ।

जब दादा लाई म अन्तिम गेट सम्म छोडे । बिस्तारै बिस्तारै उहा मेरो अाखा बाट अोझेल हुदै गयो ।

बिहानी पख्खको चन्द्रमा झै ।

दादा गई सके पछि । एकछिन म त्यही भैतारिए । एउटा गेट थियो ।

एराइभल लेखेको । त्यहा बाट गोरा मान्छेहरु घाटीमा डि.एस.एल.आर क्यामेरा झुन्डाएर , हातमा सुटकैस कुदाउदै निस्किरहेका थिए ।

निकै खुसी देखिए तिनिहरू , पर्यटन न हो क्यारे । घुम्न आए होलान् ।

अर्का तिर केही नेपाली दाजुभाइ देखिए । आ-आफ्ना परिवार सँग अन्तिम भेट गर्दा रहेछन् ।

बिचारा सब का आखामा आसु थिए । तिनीहरुलाइ देखेर त्यहा भएकी केही महिला ।

उनिहरूका आमा , श्रीमति हुदो हो सबै भकानो छोडेर रुनु थाली ।

यता मलाइ पनि रोउ झै लाग्यो । बिनाकारण ।

एकछिन सोचे । किन रोएका होलान् तिनीहरू ? ।

के एकअर्का सँग बिछोडिदाको पिडा सम्झेर हो ? ।

सायद हुन पनि सक्छ तर के उनीहरुले आफै रोजेका होइनन् बिदेश जानू ।

यसमा त खुसी हुनु पर्ने । म मनमनै आफै सँग प्रश्न गर्दै थिए । अनि सम्झे ।

हाम्रा नेपाली दाजुभाइ हरू न हो । कहा रहर ले बिदेश जान्छन् र ? ।

त्यो त हाम्रो विवशता हो । हाम्रा देशमा रोजगार नपाएकाले , आफ्ना परीवारलाई उच्चस्तरिय खुसी दिन का लागि प्लायन हुदा रहेछन् ।

त्यो दुई वटा गेट बाट मैले थाहा पाए । कोइ आफ्ना खुसी का लागि बिदेश जान्छन ।

त कोइ अरु का लागि।

 

ती ठाउहरू भन्दा अलि पर । केही मान्छेहरूको हुल लागे झै देखियो । के भयो भन ठानेर ।

म बिस्तारै बिस्तारै त्यहा जानू थाले । जति जति म त्यसको नजिक गए । उति उति मान्छेहरूले रोएका अवाज मेरो कानमा ठुलो स्वरले सुनियो ।

त्यहा पुग्दा मैले देखे । हुलका बिचमा एउटा ठुलो बाकस जस्तो रहेछ ।

र त्यसमा सिर राखी केही महिलाहरू रुदै थिइन् । के भयो ? त्यहा उपस्थित एउटा मान्छेलाइ मैले सोधे ।

आशा बोकेर बिदेश गएका थिए बिचारा लास बनी फर्किएछन् । मान्छेको कुरा सुनेर । आङग् सिरिङग् भयो ।

कुनै काडा बिझे झै लाग्यो । सोचे के यही हो त जिन्दगी । खुसी का आशै आसमा सबै खुसी त्यागी जानू पर्यो ।

एकछिन म त्यै उभेर उनिहरूलाइ हेरिरहे । एक मनले त लाग्यो ।

त्यो महिलाहरूको आशु पुछिदेउ ।

 

सम्झाउ उहाहरूलाइ । नरोउ भनेर । यो भगवानको लिला हुन ।

तर न त कुनै साइनो , न त केही । कसरी भनु , मेरो कुनै अधिकार थिएन । र अर्को कुरा उनीहरू का छोरा , श्रीमति का मृत्यु भएका छन् ।

उनीहरूले रुन पनि नपाउने । खेर रोएको मात्र भए म सम्झाउन पनि सक्थे ।

तर यस्तो लाग्यो । उनीहरू का शरीरमा आकाशै खसे छन वा भनौ कुनै पहाड बाट झरेका छन ।

चिच्याइ चिच्याइ छटपटाइ रहेका थिइन ।

मानौँ उनीहरुको अन्तिम शबाँस चल्दै छन् र अब उनीहरू पनि केही छिन कै पाहुना मात्र हुन ।

एक छिन पछि एउटा गाडी आयो । एम्बुलेन्स रहेछ । ती बाकस र केही झोला उठाएर उनीहरूले एम्बुलेन्स मा राखे ।

र केही बेर मै त्यहा भएका मान्छेहरू सब गायब भयो । म बाहेक ।

क्रमश …..

#Written_By_Aashik

%d bloggers like this: