आशिक साह को ‘धड्कन’ Part 10

गाउमा बस्नु मलाइ अप्ठयारो लाग्नु थाल्यो । यता गाउँ घर का महिला हरु पनि मेरा आमालाइ जहिले भनेकै हुन्थी ।

 

तेरो छोरा त कति ठुलो , बिदेश पठाइ दे ,हेर त फलाना का छोराले बिदेश गएर कति घडेरी किनेर , घरहरू बनाइ सके ।

 

आमाले त्यो कुरा सुन्नु मात्र हुन्थ्यो तर कहिले पनि उहाले म समक्ष भन्ने हिम्मत गर्नु भएन । एकदिन मैले आफै आमालाइ भने ।

 

आमा म बिदेश जान्छु । प्रतिक्रिया मा न त उहाले जा भन्नु भयो , न त नजा । त्यसपछि म पासपोर्ट बनाए । र एउटा एजेन्ट लाई दिए ।

 

र केही दिन पछि मेरो फलाइट भयो कतार को ।


( यो सब कुरा म नेपाल बाट कतार जाने बेला मा प्लेन मै एक्लो फिल गरेर लेखे का थिए । अब यता बाट कतार मा पुगेसी लेख्न सुरू गर्दैछु । )

भरखरै कतार आइ पुगे । अनौठौ लागिराछ । यहाको ठाउ , परीवेश , बाताबरण ।

जब हम्मद इन्टरनेसनल एयरपोर्ट बाट बाहिर निस्के । गर्मीले मलाइ पोल्न थाल्यो ।

उफ्फस् कस्तो उराठ लाग्दो मौषम यहाँ । एक त 40 डिग्री सेल्सुयस् र त्यसमा नी स्वी स्वी बगेको तातो हावा !

 

मेरो शरीरमा छ्यास् छ्यास् काडा झै बिझ्दै छ । ती गर्मी बाट जोगिनु घरी म एयरपोर्ट भित्र छिर्छु त घरी बाहिर निस्किन छु ।

 

म सँगै जम्मा चार वाट साथी आएका छन , नेपाल बाटै । एउटाको नाम रेन्जि , अर्को को चन्द्र , तेस्रो को रामकुमार र चौथो को जितबहादुर ।

 

नेपाल एयरपोर्ट मा हामी एकअर्कालाई भेटदा परिचय साटासाट गरेका थियौ । रेन्जिले भन्यो । त्यसरी न घुम नत्र अलपत्र पर्लौ ।

 

उसको कुरा जाहिज हो । एक त नया ठाउ त्यसमा नी यहाँ हरायो भने के दुर्दशा होला त्यो त परे पछि थाहा होला ।

 

ती कुरा सोचेर म अलि डराए र बाहिर कै कुर्सी मा बसे । मलाइ अप्ठयारो लाग्दैछ । यो गर्मी देखेर । लाग्दैन कि म धेरै दिन सम्म बस्न सक्छु होला ।

 

गर्मीले पटकपटक पानी खाइ रहेछु । हामी किन यहाँ बसेको मैले रेन्जिलाइ सोधे । कम्पनी को गाडी आउछ अरे ! अनि त्यसले हामीलाइ क्याम्प सम्म लान्छ ।

 

उसले भन्यो । उ पहिला पनि कतार आएको थिए । त्यै भएर उसलाइ यो सब कुरा थाहा हुनु स्वभाविक नै रैछ । एक छिन कुर्सी मा बस्दा बस्दै भुसुक्कै निदाएर भुइ मा ढल्न पुगेछु ।

 

सब साथीहरू ले मलाइ उठाएर पानी ख्वाइ दिए । अनि बल्ल मलाइ होस् आएछ ।

 

होस मा आउदा मलाइ आफै थाहा भएन म ढलेको थिए भनेर ।

 

गर्मीले मलाइ खप्न नसक्नु बनायो । मेरो सर्ट , गन्जि , पेन्ट सब पसिनाले भिज्न थालेछ ।

 

र मेरो निधार को पसिना सल्लल् बग्दै मेरो पाइतला सम्म पुग्दैछ ।

एकछिन पछि एउटा थोत्रो गाडी आयो । नेपाल को सेम लोकल बस् झै ।

 

त्यस भित्र बाट एउटा मान्छे निस्केर हामी सबैको फाइल चेक गर्नु थाल्यो ।

 

उ हाम्रै कम्पनी को मान्छे रैछ । उहाले हामीलाइ गाडी भित्र बस्ने अादेश दिनु भयो ।

 

हल्का मात्रा मा नी हामी खुसी भयौँ र आ-आफ्ना झोला बोकी बस भित्र छिर्यौँ ।

कस्तो थोत्रो गाडी न पँखा छ न त ए.सी. ! बाहिर कुर्सीमा बसे भन्दा नी अप्ठयारो भयो मलाइ ।

 

गाडी स्वी स्वी कुदन थाल्यो । बस को झ्याल खोल्दा , बाहिरको तातो हावा , शरीरमा ढुङगा हाने झै भान भयो ।

 

अनुहार मा एउटा रुमाल बाधि म बाहिर का चिज हरु अवलोकन गर्न थाले । जहाँ हेरे पनि मात्र खजुर को बोट देख्दै छु ।

 

हरेक ठाउमा खडेरी , हावाले गर्दा जताततै बालुवा उडिरहेछ । बाटो हरू पुरै चिल्ला , ठुला ठुला ब्रिड्ज हरू पार गर्दै बस् आफ्नै गति मा कुदिरहेछ ।

 

धेरै बेर पछि घरहरू देख्न थालेछ । घर नभनौ ती सब 20/40 तल्लाका इमारत हरु हुन । थुप्रै ठाउमा नया नया इमारतहरू बनिरहेका छन् ।

त्यसमा झुन्डिएर थुप्रै कामदार हरु काम गरिरहे छन । सायद भोली देखि म पनि यस्तैमा पर्छु होला , म आफ्नै कल्पना का आकाश मा उडिरहे ।

 

एकछिन मलाइ बाहिर बस्न गाह्रो हुदैछ भने भोली दिनभरी उभिएर काम गर्नु पर्दा कस्तो कष्टकर होला । म सोच्न नि सक्दिन । सोच्दा सोच्दै म भुसुक्कै निदाएछु ।

जब आखा खोल्छु । बस रोकिएको छ । साथीहरु सब आ-आफ्ना समानहरु लिएर अोर्लिरहेका छन ।

 

म पनि उठे र आखा मिच्दै आफ्नो समान लिएर बाहिर निस्के । आखा अगाडी एउटा दुई तल्ले बिल्डिङ छ ।

 

त्यस भित्र हामी सब जना गयौँ । त्यहा एउटा मान्छे भेटाए । उहाले हाम्रो पासपोर्ट लिनु भयो र सब लाई एउटा कोठामा लगेर ।

 

गद्दा , बल्याङकेट , सिरानी र थाल दिनु भयो । अनि त्यो सब लिएर हामी एउटा कोठा भित्र पस्यौँ । कोठा ठुलै रैछ , जहाँ थुप्रै मान्छेहरु भुइ मा अोछ्यान लगाएर पल्टि रहेका छन ।

 

त्यै बिचमा म पनि अोछ्यान लगाएर आफ्ना ब्याग हरू सब उतै राखे । अनि एकजना लाई सोधेर बाथरुम पता लगाए ।

 

र बाथरुम मा नुहाउन गए । नुहाउन जादा बाबा रे , पानी पनि एकदमै तातो ।

 

मेरो शरीर नै पोले झै भयो ।

गर्मीले हतपत बाहिर निस्के अनि फुफु गर्दै शरीर लाई चिस्काउन खोजे ।।

क्रमशः ……..

#Written_By_Aashik

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM