आशिक साह को ‘धड्कन’ Part-12

बिहान त काम गर्नु अप्ठयारो भएन तर जब जब दिन खुल्दै गयो । गर्मी पनि उति नै बढ्दै गयो ।

गर्मी ले शरीर बाट सल्लल्ल पसिना बग्न थाले , निधार देखी पाइतला सम्म । कुनै खोला को मुहान नै फुटे झै ।
खैर पसिना पनि ठुलो समस्या थिएन त्यहा । मेन समस्या त पानी थियो , मैले पानी ल्याएका थिएन । राजिब सँग थियो एक बोतल त्यो पनि हामीले अघि नै सिदाइ सके ।
पानी खोजु भने त्यो मरुभुमी मा कहाँ भेटला र ? । प्यासले हामी दुबै जना पेट थिचेर भुइमा लडेका थियौँ । अचानक कसैको कार आयो । त्यै इजिप्सियन फोरमेन को रहेछ ।
हामी लाई बसेको हेर्दा । एकदमै गाली गर्न थाल्नु भयो । म डरले उठेर फेरी बेल्चा हान्न सुरु गरे । तर राजिब उठेन । उसलाइ त्यो फोरमेनले जबर्जस्ती कार मा बसाएर लग्यो ।
म अब एक्लै भए । गरु त गरु के । बसु भने फेरी त्यो खाते फोरमेन आएर मलाइ नी लग्छ होला । त्यसैले म जसोतसो काम गरि रहे । एकछिन बेल्चा हानिसक्दा खाल्डो सफाइ भयो ।
म उठेर केवल तिर गए । 25 MM को केवल जस्को एउटा ब्यान्डेल करिब 200 किलो जति का थिए । पहिला सोचे के यो म बाट उठ्नु सक्छ होला । ट्राइ गर्छु है । जब मैले त्यो केवल लाई छोए ।
केवल पोलेको फलाम झै थियो । छुदा मेरो हात नै डढेर आयो । म आमा आमा भनेर जोरले कराउनु थाले । फु फु गर्दै म हातलाइ सुम्सुमाउनु खोजिरहे तर मलाइ अझ पीडा भइरहेको थियो ।

हात मा हेर्दा फोका निस्किनु थालेको रहेछ ।

म त्यै बालुवा मा लडेर छटपटाए । तर त्यहा कोइ थिएन , मेरो कुरा सुन्ने ।

प्यास , भोक , पसिना र पिडाले गर्दा म बेहोस हुनु पुगे । जब म आखा खोले ।
आफु हस्पिटल मा छु भन्ने कुरा थाहा पाए । मेरा हातमा बेन्डेज गरीएका थिए ।
बेड बाट अोर्लेर बाहिर जादा उहीँ बङगाली साथी राजिब रहेछ । कुर्सीमा बसेको ।
दुबै जना कोठा मा फर्के । कोठामा फर्किदा कम्पनी ले सब नया मान्छेलाइ दुई दुई सय रियाल दियो ।
मनै गदगद भयो । दुई सय अर्थात 3600 ने.रू. । र दिने बेला यो पनि भनेका थिए कि यो पैसा आउदो सेलेरी मा काट्छन अरे ।
खैर त्यो त पछि थाहा हुन्छ । पहिला गए सुपरमार्केट त्यहा तरकारी , तेल नुन इत्यादी सब कुरा किने ।हस्पिटल बाट मलाइ तीन दिन को बिदा अपरुभ गराएको थिए ।
त्यसैले तिनै दिन म कोठा मा बसे । एक्लै । एक्लै हुदा म सितल लाई धेरै मिस गर्थे । र सम्झिदा सम्झिदै डाको छोडेर रुने गर्थे ।

त्यसपछि का दिनहरू त्यति नै कष्टकर थियो तर बानी परेकोले गाह्रो फिल कहिले भएन । दुई महिना भएको थियो सेलेरी नआएको ।

गोजी खाली थियो भने खाना कुरा नी रितिसकेको थियो । अरु का त दुइ सय ले एक महिना नी चलेका थिएनन् । तर मैले दुइ महिना चलाएको थिए ।

पैसा थिएन केही थिएन । कम्पनी का मुदिर लाई पैसा को बारेमा भन्दा केही दिन पछि आफै दिन्छ अरे । यता मलाइ एक गाँस खानु नी गाह्रो भयो ।

प्रत्येक दिन साथीहरू बाट म एउटा एउटा रोटी मागेर । नुन तेल हाली खान्थे । प्रदेश न हो । जसरी बाच्नै परो ।

कतार आएका दिन देखि घरमा कहिले पनि फोन गरेको थिएन । एकदिन साथी को मोबाइल मा नेपाल फोन गर्नु सक्ने केही मिनेट फ्रि कल रैछ भन्ने कुरा उसैले भन्यो ।

त्यसैले मैले उसको मोबाइल लिएर घर मा फोन लगाए । आमाले उठाउनु भयो । हेलो , आमा मैले भने ।

बाबू , सन्चै छस् निकै गलेको अवाज थियो आमा

अह आमा , हजुर लाई ? मैले सोधे

म नी ठिकै छु , खाना खाइस् आमाले सोध्नु भयो

खाएको थिएन , त्यै पनि आमाको मन राख्न को लागि भन्नै परो । भने अह , आमा ।

के खाइस् आमाले फेरी सोध्नु भयो ।

मलाइ त भकानो छोडेर रुनु मन लाग्यो । जुन अवस्था बाट म गुजि्ररहेको थिए त्यसतो हालत नेपालको भिखारि को पनि नहोला ।
एक छाक खानु को लागि बढो मुस्किल भइरहेको छ यहा भन्नु त मन थियो तर भनिन । भने । दाल भात।

मोटाको छस् आमाको अर्को प्रश्न

म थाम्नै सकिन । फोन काटेर बाथरुम मा गई । हवा हवा रुनु थाले ।
नेपाल बाट आउने बेला मा मेरो तौल 60 केजी थियो । तर अहिले 40 हुनु पुगेका थिए ।
त्यसमा आमाले सोध्दै थिइ मोटाको छस् भनेर । कसरी भनु प्रदेशी को पीडा , कसलाइ सुनाउ ।
यहा हरेक प्रदेशीका आ-आफ्ना व्यथा छन् । यहाँ पैसा को रुख फल्दैन । जुन चढेर टिप्नु मिलोस् ।
क रुपैया कमाउनु को लागि हजारौं थोपा आशु , पसिना र रगत को बलिदान दिनु पर्छ ।
खैर इ सब कुरा नेपाल मा बस्ने लाई के थाहा । भोग्ने ले पो बुझ्छन ।
बिदेश मा पैसा कमाउनु भनेको भरभराउदै गरेको आगो बाट फलाम निकाल्नु जति हो ।

क्रमशः ……..
#Written_By_Aashik

%d bloggers like this: