आशिक साह को ‘धड्कन’ Part -13

काम गरेको केही दिन पश्चात् । कम्पनी को मेन मुदिर भागेर गयो रे भन्ने हल्ला कम्पनी भरी व्यापत सुनियो ।

 

यसको मत्लब कम्पनी का जति कामदारहरू , सब अलपत्र पर्नु गयो । धेरै जसोले चार पाच महिना देखि सेलेरी पाएको थिएन ।

 

घर मा पैसा पठाएका थिएनन । म पनि । कम्पनीले अर्को महिना दिन्छ भन्ने आश मा सब काम गरिरहेका थिए । तर अचानक यो सब के भयो ।

 

सब कामदारहरु चिन्तित थिए । टाउको मा हात राखी रोइ रहेका थिए ।

 

रिसले कोइ कोठा मा भएको सबै समानहरु यता उता फाल्दै थिए भने कोइ क्यामप बोसलाइ नै कुट्नु गई रहेका थिए ।

 

तर के कसैलाइ कुटेर , समान फालेर गएको पैसा मिल्छ र ? जाने हरु त गई सक्यो ।

 

त्यै सोचेर म ती लफडा मा पर्नु चाहेन । केही बेर पछि त्यहा धेरै नै झग्डा हुनु थाले । म भने पहिला नै सर्तक भएर बसेका थिए ।

 

अचानक पुलिस को गाडी को अवाज सुनियो । म सँग केही साथीहरु पनि आ-आफ्ना समान लिएर अन्त कतै भागे ।

भागे जति एकदिन त बाटो मै सुत्नु परियो । अर्को दिन साथिहरु सँग अर्को कम्पनी मा भागेर काम गर्नु थाले ।

 

काम गर्दै जादा एक दिन बाटो मा अचानक पुलिसले हामीलाइ खोजतलास गर्नु थाले तर हामी सँग न त आइ.डी थियो न त पासपोर्ट ।

 

त्यसर्थ पुलिसले हामीलाइ समातेर जेल लग्यो । त्यहाँ जम्मा पन्ध्र दिन सम्म राखी । सोह्र दिन कतार एयरपोर्टमा छोडिदिनु भयो र त्यहा बाट हामी साथीहरू घर फर्के ।

 

घर फर्किदा पनि गाउभरी का मान्छेहरू फालाना का छोरा बिदेश बाट तीनै महिना मा आयो रे , हया के भन्छन त्यो त काम लायक नै छैनन् भन्ने कुरा धेरै सुनियो ।

 

सुने पनि केही जवाफ दिन सक्दिन्थे । अझ जिन्दगी उराठ लाग्दो बन्दै गयो । यता बाहिनी को बिहे गर्ने समय भइसकेको थियो ।

 

बिदेश जादा लिएको एक लाख रुपैयाको ऋण दिन प्रति दिन बढ्दै थियो । म के गरू को दोधार मा फेरी बिदेश तिर जाने निधो गरे ।

 

तर यो पल्ट अर्को देश दुबइ ।

दुबइ को भिसा लाग्नु गाह्रो थिएन । एकै महिना मा लागिसक्यो । फेरी मैले एक लाख ऋण लिनु पर्यो ।

 

अनि लागे दुबइ । दुबइ जादा मैले सोचिसके थे ।

 

चाहे मेरो अवस्था जे जस्तो होस , वा म मरेर किन आउनु नपरोस् , तर ऋण नतिरी फर्केर आउने छैन । कतार भन्दा दुबइ अलि राम्रै थियो ।

तर काम त उस्तै । कतार मा बाहिरी काम गर्नु पर्थ्यो भने दुबइ मा 40/50 तल्ला बन्दै गरेको बिल्डिङ मा । कन्सट्रकसन कम्पनी भएको ले अोफर टाइम अनलिमिट थियो ।

 

मात्र गर्नु पर्ने । बिहान को तीन बजे देखि राती 10 सम्म म ड्युटी गर्थे । काम गर्दा गर्दै शरीरको हरेक अङग् , नसा , कोसिका इत्यादि सब ठाउमा दुखेको कै हुन्थ्यो ।

 

राती 10 बजे आएर खाना पकाउनु र एक बजे तिर सुत्ने । यस्तो डेली रुटिङ बनेको थियो मेरो । शरीरमा जति चोट पटक लागे पनि , जति घाउ भए पनि मैले कहिले पनि ड्युटी छोडेन ।

करिब पन्ध्र महिना पछि मैले ऋण सकाउन सफल भए । घरका सब जना खुसी थिए । बल्ल केटो ले प्रगति गरेछ । मामा माइजू ले भन्नु हुन्थ्यो । उहाहरू का यस्तो कुरा सुनेर म हास्नु खोज्थे ।

 

तर मेरो शरीर भित्र यति पीडा हरू थियो कि हास्नु साटो मेरो आखा बाट आशु झर्थ्यो । दुबइ गएको मेरो 22औ महिना भएको हुदो हो । एकदिन घर बाट फोन आयो ।

 

धडकन , बहिनी को लागि हामीले एउटा राम्रो केटा भेटायौँ तर केटा का बा आमा लाइ पाच लाख दाइजो चाहियो अरे । त्यो कुरो सुनेर सुरु मा अलि खुसी नै लाग्यो ।

 

तर पाच लाख को नाम सुन्दा मेरो मन आकुल ब्याकुल भयो । 22 महिना दिनरात एक गरि , आफु भोकै बसेर जम्मा गरे पछि बल्ला चार लाख जति कमाएका थिए ।

 

अब पाच लाख कसरी कमाउने । तर पनि बहिनी को खुसी को लागि हो । आफ्नो खुसी त मार्नु नै पर्छ । मैले घर परीवार मा पनि हुन्छ भनिदिए । तपाईं हरू बिहेको त्यारी गर्नु म सक्दो चाडो पैसा पठाइ देउला ।

त्यसदिन देखि न त म राम्ररी सुत्नु सके । न त बाच्नु नै । हरपल पैसाको चिन्ता ले मलाइ पिरोली रहियो । कहाँ बाट यत्रो पैसा ल्याउने ,

भित्र भित्रै छटपटि भइ रहे । कम्पनी को एउटा फोरमेन थियो । उहाँ सँग मेरो राम्रो मेलमिलाप भएको थियो । त्यसैले म उहाको कार लिएर ड्राइभिङ सिकेको थिए ।

 

उहाको जहिले नी पाच बजे तिर छुटि हुन्थ्यो । त्यसैले मैले एकदिन उहाँ बाट अनुरोध गरेर । कार मागे ।

 

राती राती म त्यो कार चलाएर भाडा निस्केको पैसा को आधा भाग उसलाइ दिने सर्तमा उहाले कार दिनु भयो ।

 

त्यसपछि म राती 6 बजे देखि 1 बजे सम्म उहाको कार बाट भाडा कमाउनु सुरु गरे । आम्दनी राम्रै भइरहेको थियो ।

 

एकदिन राती 10 बजेको हुदो हो , म अबुदाबी भन्ने ठाउमा यात्री खोजिरहेका थिए । यता एक हप्ता देखि नसुतेको ले मेरो आखा यसै पोल्दै थियो ।

 

कार चलाउदा चलाउदै मेरो आखा बन्द भएछ । कार Wrong Way मा कुदनु थाल्यो । र कुददा कुददै अचानक एउटा अरबी को गाडी मा डयाम्मै ठोकियो ।

क्रमशः ……..
#Written_By_Aashik

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM