आशिक साह को ‘धड्कन’ Part -14

कार त पल्टियो तर धन्य भाग्य म बाचे । तर पछि यस्तो लाग्यो । म त्यै बेला मरेको भए हुन्थ्यो ।

हो म मरेकै भए हुन्थ्यो किनकी जुन समस्या मा म परे । त्यो बेला न म मर्नु सक्थे न त बाच्नु । सब गल्ति त मेरै थियो ।
मैले गल्त दिशा तर्फ कार कुदाएका थिए । र अर्को कुरा म सँग लाइसेन्स पनि थिएन । त्यसैले पुलिस को गाडी आएर मलाइ सिदा जेल लगियो ।
जेल लगेर मलाइ त्यस दुर्घटना मा भएका सब क्षतिपूर्ति बेहोर्नु पर्ने सर्त मा त्यहा बाट रिहा गर्यो । त्यो क्षतिपूर्ति थोरै होइन । बीस हजार दिनार थियो ।
करिब 80 लाख नेपाली रुपैया । हे भगवान म कुन जन्म मा त्यति पैसा कमाउला र तिरौलाँ । त्यसमा नी म त्यो पैसा नतिरिन्जेल नेपाल फर्किनु सक्दिन्थे ।

त्यो दुबइ सरकार को कानुन थियो ।

यता बहिनी को बिहा को पनि थोरै दिन बाकी थियो । धन्य भाग्य मैले दुर्घटना को एकदिन अघि नै घरमा तीन लाख रुपैया जति पठाइ सकेका थिए ।

अब बाकी थियो दुई लाख । त्यो कहाँ बाट कसरी ल्याउने । केही फुरेन । र घरमा ती दुर्घटना का बारेमा कसैलाइ खवर पनि थिएन । म साच्चै केही गर्नु सकिन ।

मेरो हिम्मत , आत्मबल टुट्दै गयो । न त कुनै उपाय , न त कुनै स्रोत । आफ्नो जिन्दगी को बारेमा सुरु देखि अन्त सम्म सोच्दा थाहा पाए ।

म कति धेरै असफल मान्छे रहेछु । जन्मिए पछि बाबा गुमाए , पाच क्लास पछि स्कुल गुमाए , जवान भए सी प्रेमिका गुमाए र अहिले पुरै सँसार गुमाउने समय आइ पुगेका थिए ।
काम गर्नु जादा मन लाग्दैन्थ्यो । म समस्या को यस्तो खाल्डो मा झरेका थिए कि जे गरे पनि निस्किनु सक्दिन्थे ।

एकदिन अन्तिम उपाय फुरियो । इन्स्योरेन्स बारे । त्यसको बारेमा मैले केही साथीहरू लाई घुमाइ फिराइ सोधे ।

तर त्यहा बाट थाहा पाए अात्महत्या गरे पछि इन्स्योरेन्स मिल्दैन रे । त्यसैले म आत्महत्या पनि गर्नु नसक्ने भए ।

( डायरी का पाना हरू सकियो )


लेखक ;- धडकन् को कथाले मलाई एकदमै छोयो ।
त्यसपछि के भयो । जान्नु एकदमै इच्छुक भए । डायरी का अघिल्लो पाना पल्टाउदा । केही मान्छेहरू नम्बर भेटाए ।
र सबै मा फोन गर्नु थाले । ती मध्ये एउटा बाट मैले धडकन को बारेमा बिस्तृत खवर पाए ।


एक दिन धडकन 20 तल्ला माथी काम गर्दै थिए । अचानक उसको खुट्टा चिप्लेर मृत्यु भएका थिए रे । त्यसर्थ म बुझ्न सक्थे ।

त्यो दुर्घटना होइन आत्महत्या थियो । उसलाइ थाहा थियो आत्महत्या बाट उसका परीबारले इन्स्योरेन्स का पैसा पाउन सक्दैनन् ।
त्यसैले उ जानीजानी 20 तल्ला माथी गइ हाम फालेका हुन सक्छ । म अनुमान लगाउन सक्छु ।

मलाइ लाग्छ । धडकन का परीवारले इन्स्योरेन्स का पैसा भेटाए होला र अब उसकी बहिनी को पनि बिहे होलान् ।

उसको आमाले छोरा गुमाएर छोरी को बिहे गर्ने भइ । कति अनौठौ । छोरी कि बिहे हुदा सब खुसी हुन्छन् ।
तर उ पहिलो आमा होला । जो खुसी हुने छैनन् । त्यसैले मैले सुरु मै भनेथे । केही खुसी हुन्छन । जो हास्नु लायक हुदैन ।

The End

Moral ;- धडकन को कथा पढ्नु अघि । मलाइ पनि लाग्थ्यो । म पनि पढाइ छोडेर बिदेश जाउ ।

तर अहँ अब कहिले नी जादिन । जुन पीडा मा उ बाचेका थिए । म त सक्दिन होला ।
र तपाईं हरू पनि नसोच्नु बिदेश मा कमाउनु सजिलो हुन्छ । यदि तपाईं का आफ्नतहरु बिदेश प्लायन भएका छन् ।
प्लिज त्यसलाइ टोचर नगर्नु होला । मेरो मत्लब उसँग आइफोन , ल्यापटप , मोबाइल इत्यादी को अपेक्षा नगर्नु होला ।
किनकी उसलाइ थाहा छ । एक रुपैया कमाउन को लागि कति धेरै रगत , पसिना बगाउनु पर्छ । यदि उसलाइ मन भए आफै पठाउने छन् । केहि नभनि ।

धन्यबाद
लेखन ;- आशिक साह

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM