आशिक साह को ‘धड्कन’ Part 2

– धडकन “Part 2 “

टा

उको मा हात राखेर म भुइ मा बसे ।

अनि खोज्नु थाले । जिन्दगी को परिभाषा । तर गाह्रो भयो भेटाउन । भेटिन मैले ठेट परिभाषा ।

सोच्दा सोच्दै केही कुरा थाहा पाए । जिन्दगी पनि एउटा गाडी झै हो । स्टार्ट भएसी कतै रोक्नै पर्छ । कुनै नकुनै स्टेशन मा ।

मात्र यति कोसिस गर्नु कि त्यो यात्रा छोटै भए पनि सुखद मय बितोस् । कसैले आफ्नो आयु लम्बयाउन सक्दैन । त्यो निश्चित हुन्छ ।

र निश्चित समय का लागि मात्र ।
करिब 15 मिनेट भएको हुदो हो मलाइ त्यहा बसेको । म उठेर दुई पाइला के चालेका थिए ।

त्यहा एउटा डायरी भेटाए । भुइ मा झरेको । उठाए । कभर हेर्दा डायरी धेरै पुरानो मोडेल का थिए ।

भनौन हाम्रो बा बाजे पाला का । सोचे कहाँ बाट यो झरे होला । सायद ती बाकस र समानहरू लाइ एम्बुलेन्स मा राख्ने बेला ।

झरेको हुनु पर्छ । डायरी पल्टाउदा त्यहा भएका पानाहरू निस्किनु लागेथे । गम खिएर होला । पढ्न त्यहा फुर्सद थिएन ।

त्यसैले लागे म आफ्नो घर तिर ।


कोठामा पुग्नु साथ पहिला गम टासेर ती डायरी का पानाहरूलाइ ठिक पारे । किनकि मनमा कुतवल थियो त्यहा का शब्दहरू पढ्न । अनि एक कप कफि बनाएर एउटा टेवुल मा बसी । कफी खादै पल्टाए ती डायरी का पानाहरू । र सुरू गरे ।

Starting ….
नेता भनेको के हो , आमा ? जब म चार बर्षको थिए आमालाइ यो प्रश्न गरेका थिए ।

त्यो बेला चुनाव को माहोल थियौँ । थुप्रै गाडीहरू मा ठुला ठुला मान्छेहरु रङ्ग अवीर लगाएर , ठुला ठुला मन्चमा भाषन दिई

। गाउभरी घुमिरहेका थिए । त्यही क्रम मा मेरा साथीहरू नेता आयो ! नेता आयो भन्दै कुदेर त्यो गाडी का पछाडी भागेका थिए ।

म पनि भागेथे तर म भागेर घर आएका थिए । आमालाइ त्यै प्रश्न गर्न । किनकी म त्यो नेता भन्ने शब्द बाट अन्जान थिए ।

वा भनौँ त्यो शब्द पहिलो पटक सुनेका थिए ।

कुदेर स्वा स्वा गर्दै थिए म । मुटु को चाल नी बढेको थियो । त्यसैले होला मेरो अवस्थाले ।

आमालाइ चिन्तित बनाएको रैछ । उहाले सोध्नु भयो । के भयो छोरा ? । मैले त्यै प्रश्न दोहोराए ।

पहिला भन्नु न् नेता भनेको के हुन्छ ? । उहाले मेरो मुहार को भाव पढेर भन्नु भयो ।

जो देश बनाउछ त्यसलाइ नेता भनिन्छ । आमाको उतर सुनेर म निकै खुसी भए ।

वाउ यिनीहरुले नै हाम्रो देश बनाउछ र ? , उहालाइ म मेरो घर पनि बनाइ दिनु भन्नु पर्छ ।

म मनमनै सोचे । म पनि ठुलो भएर नेता बन्छु आमा , मैले आमालाइ भने ।

उहाले मलाइ अँगाल्दै भन्नु भयो । होइन छोरा , शिक्षक बन्नु , डक्टर बन्नु तर नेता कहिले नबन्नु ।

किन ? मैले फेेरी प्रश्न गरे । आजकल का नेताहरू सबै भ्रष्टाचार छन् त्यसैले म चाहान्न मेेरो छोरा पनि त्यसतै बनोस् ।

तिमी त इमानदार हुनु पर्छ । आमाले मलाइ सम्झाउदै भन्नु भयो ।

त्यसको केही दिन पछि । मैले थाहा पाए की । मेरो बाबा पनि एउटा नेता हुनु हुन्थ्यो ।

तर अान्दोलन का झड्प मा उहाको मृत्यु भयो । त्यसैले होला आमालाइ ती शब्द बाट घृणा लाग्छन् ।

र मलाइ नी । मेरो घरको आर्थिक स्रोत एकदमै न्यून भएको थियो । आयस्रोत का कुनै साधन थिएन ।

यता आमा सदा झै बिरामी नै भइरहनु हुन्थ्यो । यसै गरीबी को बोझ मेरो काधमा थुप्रिनु थाल्यो ।

आफ्नतहरू मा मेरो काका , काकी थिए । तर उहाहरू पहिला नै मुन्टो मोडिसक्नु भएको थियो ।

अप्ठयारो चाही मलाइ भयो । म गरू , कसो गरु । त्यो पनि पाच बर्ष का उमेर मा ।

अन्त त ; घर जग्गा बेचेर आमा को उपचार गर्नु पर्यो । आमा त सन्चो भइ तर बस्ने घर थिएन ।

उहाले सर्नु भइ आफ्नो माइते । पाचथर । उतै हामी मामा , माइजू सँग बस्नु थाले ।

मामा , माइजू का छोराछोरीहरू प्राइभेट स्कुल मा पढ्थ्यो । त्यसैले एकदिन म पनि लागे उनीहरू सित ।

पहिलो दिन थियो स्कुलको । मनमा कुतवल थियो । सरले कसरी पढाउँछन् , बिधार्थीहरुले कसरी पढछन् भन्ने कुरा जान्न ।

किनकी म पहिलो पटक स्कुल जाँदै थिए । त्यति दिन सम्म स्कुल भन्ने शब्द मेरो सुनाइ मा मात्र सिमित थियो । गको थिएन ।

सरले धेरै कुट्नु हुन्छन् अरे थुप्रै बिधार्थीहरु को मुख बाट सुनेका थिए । त्यसैले पहिलो दिन सर आउदा मलाइ डर झै लाग्यो ।

सर क्लासमा आउनु साथ सब विधार्थीहरु आ-आफ्ना बेन्च बाट उठे ।

म पनि उठे । तर उनीहरूले के भनेका हुन । मैले थाहा पाउन सकिन ।

मात्र गु……..ड भनेको सुनेको थियो । त्यसैले मैले नी बिस्तारै ती गु……ड भन्ने शब्द दोहराए । मनमनै ।

सरले केही भने पछि । सब जना बस्नु थाले ।

सबलाइ हेरेर म पनि बसे । केही बेर पछि सरले एक एक गरि दुइ चार जना लाई उठाएर केही सोध्नु भयो ।

मलाइ भने डर लागि रहेको थियो । म सक्दो बेन्च मुनी लुक्नु कोसिस गरे । तर परी हाल्यो नजर सरको म माथी । “स्टेन्ड अप ” सरले म तिर इशारा गर्दै भन्नु भयो ।

क्रमश …..

#Written_By_Aashik

%d bloggers like this: