आशिक साह को ‘धड्कन’ Part 3

 धडकन “Part 3 “

म डरले अवाक । के सोधेका हुन ।

मैले केही बुझिन ।
अब मैले के उतर दिने । डर ले थरथर काप्दै म अझ बेन्च मुनि लुक्नु खोजे ।
वास्तवमा मलाइ डर थियो कुटाइको । पहिलो दिन मै कुटाइ खानु नपरुन् ।
यदि त्यसो भयो भने । म फर्केर कहिले पनि स्कुल आउदिन मनमनै सोचे ।
“उठ् भनेको सुनेनौँ ” सरले फेरी म तिर इसारा गर्दै भन्नु भयो । म उठे हल्का डराउदै ।
दुबै हात गोजीमा राखे मैले । तिमी क्लासमा नया हो ? उहाले प्रश्न गर्नु भयो । म मौन थिए ।
मेरो मुख बाट एक शब्द नी निस्केन । बरु मेरो साटो मेरो माइजू की छोरी ” रविता ” ले भनि

। हो सर , उ मेरो भाइ हो ।

अनि नाम के हो ? उहाले अर्को प्रश्न गर्नु भयो । फेरी रविता ले केही भन्नु खोज्दा  सरले उसलाइ झपार्दै भन्नु भयो ।

चुप , उसलाइ आफै भन्न देउ । रविता मौन भइ । भन् तिम्रो नाम के हो ? उहाले फेरी मलाइ प्रश्न गर्नु भयो  म अलि डराउदै भने ।

धड्कन । धडकन , यो कस्तो नाम हो ? सरले फेरी प्रश्न गर्नु भयो  म मौन भए । उहाले पुन: त्यै प्रश्न दोहोराउनु भयो । त्यही नाम छ सर !
मैले जवाफ दिए । त्यसपछि सरले केही भन्नु भएन । अनि म दैनिक स्कुल जानू थाले । रमाइलो लाग्थ्यो साथीहरु सँग पढ्दा,खेल्दा, गफ गर्न पाउदा ।
तेस्राे दिन स्कुल गएको थिए । पहिलो घण्टी मै सर आएर होमवर्क चेक गर्नु थाल्नु भयो । तर म हिजो साथीहरू सित खेल्दा खेल्दै बिर्सेको थिए ।
सबले होमवर्क देखाए पछि पालो मेरो आयो । धडकन , होमवर्क लिएर आइज छिटो , सरको आदेश दिनु भो । सर कुरा सुनेर एकछिन म तर्से ।
अनि उहाको कुरा नसुने झै गरी आफ्नो कापी पल्टाइ पढेको नाटक गर्नु थाले । फेरी दोहराउनु भयो सरले तर अलि चर्को अवाजमा ।
सुनेनौँ तिमीले ? । म थरथर काप्दै उहाको नजिक गए । खइ होमवर्क ? सरले सोध्नु भयो । म सिर निहुराएर भने । बनाको थिए , तर कपी घरमै बिर्से सर ।
खानु बिर्सिदैनौँ कहिले तर कपी चाही सधै बिर्सि राख्छौं ! उहाले मेरो कान तान्दै भन्नु भयो । मलाई अलि पीडा भयो । उहाँ अझै तानी रहनु भयो ।

एता आ आ गरी म चिच्याइ चिच्याइ रहे । तर पनि उहाले छोड्नु भएन । पीडा ले मेरो आखाबाट आसु बग्नु थाले । अनि उहाले मेरो कान छोडी भन्नु भयो ।

अब देखि बिर्सिस भने ! मैले तलाइ जानेको छु । म हवा हवा गरि रोइ रहे ।

चुप , नत्र अझ कुट्छु भनेर उहाले मलाइ झपार्नु भयो । भित्रभित्रै गाली गरि रहे ।

साला आफै कुटेर चुप भन्छस् । त्यसपछि म बेन्चमा गई बसेर अलि बिस्तारै बिस्तारै रोइ रहे ।

अब देखि म स्कुल जादिन । घर फर्के पछि म हवा हवा रुदै आमालाइ भने । किन के भयो ? आमाले सोध्नु भयो ।

रविता मेरो छेवैमा थिइ । उसैले भनि होमवर्क गर्नु बिर्सेको रैछ त्यसैले सरले कुट्नु भयो यसलाइ ।
अनि होसवर्क किन नगरेको आमाले पनि मलाइ झपार्नु भयो । म अझै जोरले रुनु थाले । हु हु गर्दै ।
आमालाइ माया लागेर होला । मलाइ सम्झाउनु भयो । नरोउ अब भोली देखि् होमवर्क बनाएर जानू , सरले केही गर्नु हुन्न ।

त्यै पनि म रोइ रहे । पछि आमाले मलाइ काख मा राखी । ल आइज तेरो लागि , सेवइ बनाएको छु भन्नु भयो । अनि म रुनु बन्द गरी । सेबइ खानु गए ।

त्यसको भोली पल्ट र पर्सि पल्ट गरेर म दुई दिन स्कुल गएन । पहिलो दिन म स्कुल को समय मै घर बाट भागेर साथी हरू सँग खेल्नु गएको थिए ।

सायद आमाले चाल पाउनु भएकी रहेनछ । अर्को दिन आमाले आफै मलाइ त्यार गरेर स्कुल सम्म छोडि दिनु भयो । र उहाँ फर्कि सके पछि ।

म पनि स्कुल बाट भागेर साथीहरू कै घर तिर गए । उतै खेले , उतै खाए र रमाइलो गरीरहे । बेलुका घर फर्किदा । म स्कुल बाट भागेको चाल पाउनु भएकी रैछ आमाले ।

बाम धुलाइ खाइयो । अर्को दिन एक घण्टा अघि म घर बाट भागेर साथी को मा गएको थिए ।
क-कसलाइ सोधेर थाहा पाउनु भएछे आमाले । उहाले साथीको घर भित्र बाट समातेर कुट्दै मलाइ घर फर्काउनु भयो ।
म हवा हवा रुदै स्कुल जान्न जान्न भनिरहे । तर पनि उहाले मलाइ कुटी कुटी त्यार गरेर स्कुल सम्म पुर्याइ दिनु भयो ।
बाटो भरी म उहाँको हात बाट आफ्नो हात छुटाउन खोजे तर उहाले मलाइ कुट्दै , घिसार्दै स्कुल सम्म पुर्याएर छाड्नु भयो ।
म बाहिर बसिरहेकी छु, आज स्कुलबाट भागिस् भने म तलाइ देखाउछु ! उहाले भन्नु भयो । म स्कुल कै गेट मै उभेर रोइ रहे एक्लै ।
धेरै बेर सम्म मलाई स्कुल भित्र नगएको देखेर होला । उहाँ मेरो नजिक आइ दुई रुपैया को सिक्का मेरो हातमा राखी ल अब जा भन्नु भयो ।

म खुसी ले फुरुङग् भए । त्यो बेला दुई रुपैया पनि धेरै महत्त्व हुन्थ्यो । दुई रुपैया गोजी भित्र राखी म क्लास तिर गए । आशु पुछेर खुसी हुँदै ।

क्रमश …..

#Written_By_Aashik

 

%d bloggers like this: