आशिक साह को ‘धड्कन’ Part 4

त्यसदिन देखि मेरो स्कुल जाने फिस थियो दुई रुपैया । जुन दिन मलाइ दुई रुपैया मिल्दैन्थ्यो त्यो दिन म स्कुल पनि जान्नथे । दुई रुपैयाको लागि ।

मैले एकचोटी आमा लाई भनेथे ।आमा मलाइ दुई रुपैया दिनु म सनिवार को पनि स्कुल जान्छु । धत्त लाटा सनिवार को स्कुल कहाँ खुल्छ र ? भन्दै उहाले नाइ भन्नु भयो । त्यसरी नै मेरो बाल्यकाल बित्दै गयो ।

क्लास पाचमा हुदा । एकदिन म स्कुलको धारामा पानी खानु गए । त्यहा धेरै बिधार्थीहरु पनि पानी खाइ रहेका थिए । म पनि धारा को नल खोलेर बोतलमा पानी के भर्नु लागेथे ।

अचानक कसैले मेरो अनुहारमा वाल्ल पानी छादयो । त्यहा भएका सब जना हास्नु थाले भने । मलाइ चाही झनक्क रिस उठ्यो । यसो टाउको उठाएर हेर्दा एउटी केटी पो रहेछ ।

सोरी , अनायसै सर्केर तपाईं को अनुहार मा पर्न गयो , सोरी प्लिज उ अलि डराउदै भनी । वाउ कस्तो क्युट फेस उसकी । म भित्रको रिस लाई एकै सेकेन्ड मै पघालिन ।

म पानी लिएर मुख धोए । उ अचेल मलाइ सोरी भनिरही । गल्ति सब बाट हुन्छ त्यसैले सोरी को अावश्यक छैन मलाइ भन्नु मन त थियो तर सकिन । म पानी खाएर । क्लास मै फर्के ।

बेलुका स्कुल बिदा हुदा उ फेरी भेटी । भेट्नु साथ मलाइ देखेर उ हल्का मुस्कुराइ । बदला मा म पनि मुस्कुराइ दिए । यस्तै चलिरहियो केही दिन ।

जब हाम्रो नजर एकअर्का सँग ठोकिन्थ्यो । आफै हाम्रो अनुहार मा भिन्न मुस्कान आउथ्यो । एटोमेटिक्ली । एकदिन उसकी बारेमा मैले सब पता लगाए । उसकै क्लासकी साथी लाई सोधेर ।

नाम सितल । क्लास चार । घर चाही हाम्रो छिमेक को गाउँ मा ।।

एकदिन म अलि चाडै आएको थिए स्कुल । त्यहा अरू कुनै बिधार्थीहरू देखिन ।

 

यसै क्लास को परिक्रम गर्दा । मैले सितल लाई देखे । आफ्नो क्लासमा थिइ । होमवर्क बनाउदै । देखेर नी नदेखे झै गरि म उसकी क्लास तिर भौतारिए ।

सायद उसले मलाइ देखेकी हुदो हो । आफै भनि । गुड मर्निङ । भरखरै देखे झै गरेर म पछाडी फर्के अनि भने गुड मर्निङ सितल । उ हल्का मुस्कुराइ ।

मैले नी मुस्कुराउदै सोधे । के गर्दै छौं ? । यधपी मलाइ थाहा थियो उ केही गरीरहेछे । त्यै पनि कुराकानी अगाडी बढाउनुको लागि त्यो सोध्नु जरुरी थियो ।

होमवर्क बनाउदै उसले भनि । यो होम त हैन नी ? मैले अनोठौ मानी सोधे । उ मुसुक्क हासि र भनि । होमवर्क क्लासमा बनाउ वा होम मा कुरो त सेम हो नी ।

ला सेम भको भए दुइटै को नाम सेम हुनु पर्थ्यो , हेर त क्लासवर्क र होमवर्क मा के मिल्छ र ? मैले सोधे । वर्क त मिल्छ नी उ हास्दै भनि । मलाइ पनि हास्नु कर लाग्यो ।

उसकी तर्क सुनेर ।

त्यसपछि हामी सधै कुराकानी गर्न थाल्यौ । उसकै लागि म अलि चाडै नै स्कुल आउथे । उ पनि कहिले ढिला गरिनन् ।

 

टिफिन बेला , स्कुल बिदा भएको बेला वा भनौँ फुर्सत भएको बेला हामी सधै भेट्थे र कुराकानी गर्थे ।

 

 

कुराकानी गर्नु भन्दा नी हामी बढी तर्क वितर्क गर्थे । एकअर्काका कुरालाई सक्दो काट्ने प्रयास गर्थे ।

 

 

पढेर केही फायदा छैन । हाम्रो सम्बन्ध को घनिष्टा पछि एकदिन मैले उसलाइ भनेको थिए । केही कुरा हुन्छन् ।

 

 

जो सुरू मा फायदा देखिदैन तर पछि गएर आफै थाहा पाइन्छन् । उसले भनि । के कुरा ? मैले सोधे । पढाइ भन्या के , पिपल बोट जस्तै हुन ।

 

 

सबलाइ लाग्छ फायदा केही पनि छैन । त्यै पनि हामी रोप्छौ । पछि गएर हामी त्यसलाइ मात्र पुजा गर्छौं र सब भन्दा उच्च स्थान दिन्छौं ।

 

वाह , कस्तो सान्दार जवाफ मलाइ भन्नु मन लागे थियो तर सकिन । भने पछि गएर मलाइ केही फायदा होस् नहोस् तर अहिले चाही निकै फायदा भएछ ।

 

कस्तो फायदा उसैले सोधिन् । पढेर तिमी जस्तो साथी भेटाए नी , यहि त हो मेरो लागि सब भन्दा ठुलो फायदा । मेरो कुरा सुनेर उ जोरले हासी ।

 

यता म पनि नहासिरहनु सकिन ।

 

स्कुल मा हुदा । सितल सँगको केही पल हुन्थ्यो । जो म

लाइ असाध्यै रमाइलो लाग्थ्यो ।

 

एउटा साथी जो थिइ । मलाइ सल्लाह उपदेश हरू दिई रहन्थी । कहिलेकाहीँ लाग्थ्यो म उसकी सिनियर होइन उ मेरो सिनियर छे ।

 

एकदमै टेलेन्ड थिइ । क्लासकी टोपर भनेको नै उहीँ थिइ । उसकी व्याकग्राउड पता लगाउदा उ नर्सरी देखी नै टप गर्दै आएकी छे सुनेथे ।

 

तर हामी एउटै स्कुल मा भए पनि म उसलाई पहिला चिन्दिन्थे । वास्ता गरेको मान्छे लाइ भिड मा नी खोज्न गाह्रो हुदैन । बे-वास्ता गरेको लाई , अगाडी भए पनि हाम्रा आखाले देख्दैन ।

 

हो रैछ , जब सम्म म उसलाइ वास्ता गरेन उ मेरो अगाडी भए पनि कहिले देखिन । तर जब वास्ता गर्नु थाले उ भिडमा हुदा नी म उसलाइ चिन्थे । स्कुल मा पि.टी. हुदा नी मेरो विशेष ध्यान उ तिर नै हुन्थ्यो । उ कसरी पि.टी. गर्दै छे हेर्न ।

क्रमश …..

#Written_By_Aashik

%d bloggers like this: