आशिक साह को ‘धड्कन’ Part 5

 धडकन

स्कुलकि साथी थिइ उ । केही महिना सम्म राम्रै चलिरहियो हाम्रो सम्बन्ध । तर अचानक यसरी बिछोडिनु पर्ला मैले सोचेको थिएन ।

त्यो स्कुल पाच क्लास सम्म को मात्र थियो । त्यसमा नी म गरिब भएकोले फ्रि मा पढ्नु पाएका थिए ।
त्यसैले पाचको परिक्षा पछि हाम्रो सम्बन्ध पनि धमिलिदै गयो । र मैले पनि त्यो स्कुल छोड्नु परो । परीवारको स्थिति पनि एकदमै खराब थियो । न त आमाले पढ्न जा भन्नु भयो , न त काम गर्न ।
म आफै एउटा सरकारी स्कुल मा एडमिसन गराए । तर पढ्न भनेको कहिले काहीँ जान्थे ।

प्राय ; म काका , दादा हरू सँग काम गर्नु गइ राख्थे परीवार चलाउन । खेैर मेरो बाल्यकाल त्यसतो खास थिएन जो पढ्न लायक हुन । त्यसैले त्यसको बारेमा वर्णन नगर्नु नै राम्रो ठान्दछु ।

18 बर्षको भए पछि ।
म एउटा इलेक्टि्रीसियन भए । साथीहरू सँग काम गर्दै जादा ।

बिजुली सम्बन्धि धेरै जानकारी पाएका थिए । कामकै सिलसिला मा कहिले काही घर भन्दा टाढा टाढा का गाउहरूमा बिजुली ठिक गर्नु जानू पर्थ्यो ।

त्यै क्रम मा एकदिन एउटा दादा बाट आदेश आयो । पल्लो गाउको ( फलाना ) मान्छे को घर गएर मिटर ठिक गरि दिनु पर्यो अरे ।

हस् दादा भनि म त्यो मान्छेको घरको एडरेस् लिए ।अनि लागे । एक्लै । लुरु लुरू । एडरेस् सोध्दा सोध्दै एउटा घर नीर पुग्यो । घर अलि ठुलै थियो ।

भरखरै बने जस्तो । बाहिर फलामको गेट रैछ खुल्लै । भित्र छिरे । कोइ कतै नजर आएनन् । मेन गेट आयो । त्यो पनि खुल्लै रैछ । अझ भित्र छिरे ।
घरमा कोइ छ कि भनेर म हरेक ठाउमा नजर फ्याके । तर कसैलाइ हेरिन । कसैले गाना गाएको झै सुनियो । म त्यो अवाज लाई पन्छयाउदै जादा ।
बापरे बाथरुम मै पुगेछु । त्यहा एउटी केटी थिइ ब्रा र सुरुवाल लगाएर गाना गाउदै नुहाउदै गरेकी । अनुहार मा साबुन लगाएको ले होला उसले मलाइ देखिनन् ।
तर मेरो नजर उसको ब्रा मै परेछ । निथ्रुक्क भिजेकोले भित्रका अङग् हरू प्रष्ट रुपले देखियो । राम राम म कस्तो बेला आइ लुगे यहाँ । लाजै ले भुरुक्क भएर हतपत त्यहा बाट बाहिर निस्के ।

कसैले आफु लाई देख्छ कि भन्ने कुरा मा चनाखो नै भए । तर ठ्यान्कस् गड कसैले नि देखिन ।

त्यहा बाट फर्किने बेला मा बाटोभरी उसकी छाती सिनेमा का दृश्य झै मेरो आखा मै टासियो । जति आखा बाट डिलिट गर्दा पनि सकिरहेको थिएन ।

अब म जान्न त्यसको घर मनमनै अठोट गरे । तर दुइ घण्टा पछि फेरी दादा को फोन आयो । अोइ , मिटर ठिक गरेर किन आइनस् , हेर त उता बाट फोन आएको छ , जा छिट्टै दादाको फेरी आदेश आयो ।
म जान्न भन्नु अघाबै उहाले फोन काटिदिनु भयो । ल भएन त फसाद , यदि मिटर ठिक गर्न गएन भने , दादा रिसाउलान् , र गए भने मेरो मनले दुख् पाउलान् ।
हया , जे सुकै होस् भन ठानेर म फेरी लागे उसकै घर । यो पल्ट उसकी घर पुग्दा गेटमा एउटा मान्छे भेट्यो । मनै खुसी भयो । किनकी बाटो भरी डरले थरथर कापिरहेका थिए ।
फेरी त्यो केटी एक्लै भेटिन् भने । मेरो नियत खराब नहोस् । हो यार मेन कुरो मनै त हो । कुन बेला के हुन्छ , कसलाइ थाहा हुन्छ र ? । र मन कसैको बस् मा हुदैन ।

जुन बेला मनले जे आदेश दिन्छ त्यै गर्नु पर्दोरहेछ ।

बाबू , तपाईं ? मान्छेले मलाइ नचिने झै गरेर सोध्नु भयो । हजुर म , इलेक्ट्रिसियन , तपाईं ले नै मेरो दादालाइ मिटर ठिक गर्नु पर्यो , भन्नु भएको होइन र ? ।

ए , अह चिने म बाबूलाइ , भित्रै आउनुस् उहाले मलाइ घर भित्र लानु भयो । जहाँ म अघि बिना अनुमति कै आएको थिए ।
भित्र जादा एउटा बूढो , केटा र एउटी आइमाइ देखिइ । तर मेरो आखा चाही फेरी त्यै केटीलाइ खोज्नु थाल्यो । म आखा डुलाउएर यताउता खोज्नु थाले ।

मान्छेले मलाइ नोटिस् गरेको हुदो हो । आफै सोध्नु भयो । के खोजेको बाबूले । म हल्का डराए । डरले मेरो मुख बाट फुत्त निस्किएछ । मिटर ।

ए , उता राखेेछ भनेर त्यो मान्छेले मलाइ मिटर देखाइ दिनु भयो । मिटर भएको ठाउमा म गए । अनि मिटरलाइ खोलेर हेर्दा सकेट् खराब भएको रहेछ ।

अन्कल , यसको सकेट् खराब भएको रहेछ मैले भने । अनि यो कहाँ भेट्छ त बाबु , उहाले सोध्नु भयो । मैले एउटा पेपरमा लेखेर दिए अनि भने ।
बजार मा बिजुलीको दुकान मा जानू , दुकानदारले आफै दिन्छन् । ल बाबू , बस्दै गर्नु म एकछिन मै आइसके उहाले मेरो हातबाट पेपर लिदै भन्नु भयो ।
हस् भनेर म एउटा कुर्सीमा बसे । अरुको घर जादा अलि अनौठौ नै फिल हुन्छ । त्यसतै मलाइ हुदै थियो । त्यसमा नी अघि को दृश्य हेरेर मेरो होस नै उठे थियो ।

एकछिन पछि मलाइ प्यास लाग्यो । मैले त्यहा उपस्थित महिला लाई भने । एन्टी , एक ग्लास पानी मिल्छ । सितल , एक ग्लास पानी लिएर बाबू लाई दे त उहाले कोठा भि गएर कसैलाई भनेको सुनियो ।

क्रमश …..

#Written_By_Aashik

%d bloggers like this: