आशिक साह को ‘धड्कन’ Part 6

एकछिन मै एउटी केटी आइ पानी लिएर । मेरो पहिलो नजर उसकै छाती मै परेछ । उफ्फ मेरा इ बदमास आखाहरू । मैले नियन्त्रण गर्नु खोजे । त्यो केटी मेरो छेउ मै आएर पानी दिइन ।

मैले सिर उठाएको उसको अनुहार तिर हेर्दा । उ मेरी साथी सितल झै लागि । जो सँग म धेरै बर्ष पहिला नै बिछोडिएका थिए । उसले मलाइ चिने छे कि के । आफै भनि धडकन् तिमी यहाँ ।

यति बर्ष हुदा नी उसले मलाइ बिर्सेकी रहेनछे । खुसी लाग्यो हाम्रो मित्रता अचेल जिवित छ । अह , तिम्रो घरको मिटर ठिक गर्नु आएछु मैले भने । त्यसपछि उसले मेरा बारेमा सब कुरा सोध्नु थाली ।

के गर्छौ , किन पढाइ छोड्यौ , कता हरायौ , यति दिन सम्म कहिले नी भेटेनौँ इत्यादी । मैले सब कुरा बताए उनलाइ । भाग्य न हो जहाँ पुर्याउछ त्यही कुदिरहनु पर्छ । उसकी बारेमा नी मैले सोधे । उ कलास दस मा पढ्छे । आफ्नै गाउकी स्कुलमा ।

त्यतिकै मा त्यो मान्छे आयो । सकेट लिएर । त्यसपछि मैले उसकी मिटर ठिक गरिदिए । र जाने बेला मा त्यो मान्छेले भन्यो । सितल पैसा लिएर आइज त । उ कुदेर कोठामा गई अनि पैसा लिएर फर्कि ।

मलाइ भने पैसा लिनु मा लाज लाग्यो । भइगो अन्कल , पर्दैन त्यसतो अप्ठयारो काम थिएन भनेर मैले अस्वीकार गरे । होइन , बाबू राख्नै पर्छ भनेर मान्छेले मलाइ जबर्जस्ति पैसा राख्न लगाउनु भयो ।

म पैसा खल्तीमा राखे । अनि गेट बाट बाहिर निस्किनु थाले । सितल पनि मेरो पछि पछि आइ । कहाँ जान लागेको ? मैले उसलाइ सोधे । तिमीलाई गेट सम्म छोड्न उसले भनि ।

उ मलाइ छोड्न अन्तिम गेट सम्म आइ । र बाइ भनि । मैले नी बाइ भने । पैसा लिएकोले मलाइ अलि अनौठौ फिल भयो । बेकारमा पैसा लिएछु जस्तो लाग्यो । साथी नै त हो , के म फ्रि मा गर्नु सक्दिन र ?

मनमनै सोचिरहे । दुइ पाइला अगाडी चालिसके पछि मैले फेरी फर्केर उसलाइ बुलाए । सितल । अह भनेर अाम्सिक मोडी ।

म उसकी नजिक गएर भने । माथी हेर त । उ माथी हेरी । सुस्तरी म गोजी बाट पैसा निकालेर उसकी हातमा राखिदिए अनि फुत्त कुदेेर भागे ।

जब उसले थाहा पाई मैले उसलाइ पैसा फिर्ता गरेछु । उ पनि भाग्नु थाली । मेरो पछि पछि । त्यतिन्जेल म भागिसकेको थिए । धेरै टाढा ।

 

अर्को दिन
म उसैलाइ भेट्न उसकी स्कुल तिर गएको थिए । बिदा को समय थियो । हेरे उ स्कुल बाट निस्किदै थिइ । तर पनि म जानीजानी उसलाइ नदेखेको झै नाटक गर्नु थाले । अनि यसै स्कुल को वरिपरि भौतारि रहे । एकैछिन मा परी हाल्यो नजर उसकी म माथी । आफै बुलाइ । धडकन । म भरखरै देखे झै गरि उसलाइ हेरे । अनि नजिक गएर भने ।

अह भन । तिमी एकदमै बदमास रहेछौं है उसले मलाइ दोष लगाइन् । हह किन र ? मैले सोधे । हिजो किन मेरो हातमा पैसा राखेर भागेको उसले अलि चर्को अवाज मा भनि । तिमी त मेरो साथी , के तिम्रो घरको यति सानो काम गरिदिदा पनि मैले पैसा लिनु पर्छ मैले फकाउने पारामा भने । हो खुब , काम गरेको लिनु पर्दैन त उसले अझ च्याठिदै भनि ।

अोके , बाबा अब अर्को दिन गएसी पक्कै लिन्छु मैले भने । उ अलि नोरमल मुडमा आइ र सोधिन् । यता के गर्दै छौं ।

यसै एकजना को घरमा काम थियो त्यसैले आएको थिए मैले भने । अनि भयो त काम उसकी अर्को प्रश्न । अह भयो मैले भने बाटोमा हिड्दै मैले भने । केही बेर सम्म बाटो भरी कुरा गर्दै हिडि रहियौ हामी । त्यसयो खास केही होइन , नोरमल कुरा नै ।

त्यसदिन देखि म सधै उसकी स्कुल आउन लागे । उहीँ समयमा जब स्कुल बिदा हुन्थ्यो ।

 

उ सधै मलाइ सोध्ने गर्थी आज के गर्नु आको , के गर्दै छौं यता इत्यादी । तर म कामको बाहाना बनाएर उ बाट कुरा लुकाउथे ।

रमाइलो लाग्नु थालेको थियो मलाइ । यत्रो स्ट्रेस भएको जिवनमा पनि उ सँग कुरा गर्दा पीडा हरू मेटिन्थ्यो । थोरै भए पनि । त्यै भएर म काम मा जानू छोडिसकेथे ।

काम मा जादा नी मलाइ उहीँ याद आउथी । अनि मलाइ बोर लाग्थ्यो ।र फर्केर उसकी स्कुल तिर जानु विवश हुन्थे ।

एक महिना पछि । पल्लो गाउमा मेला लागेथ्यो । त्यो दिन सार्वजनिक बिदा थिएन । त्यै भएर उसकी स्कुल पनि खुल्लै थियो ।

त्यसको एकदिन अघि मैले उसलाइ सोधेको थिए । सितल मेला देख्न जान्छौँ ? । कहिले र ? उसले सोधिन् । भोली मैले भने ।

 

भोली त स्कुल खुल्लै छ कसरी जानू उसले भनि । म एकछिन सोचेर भने चिन्ता नगर , ब्रेक टाइम मा जाउला नी । उसले प्रतिक्रिया मा केही उतर दिइनन् ।

न त हो भनि , न त नाइ । मैले फेरी सोधे के भयो । भोली भन्छु उसले भनि । मैले हुन्छ भनि अर्को दिनको प्रतीक्षा मा बसे ।

क्रमश …..

#Written_By_Aashik

%d bloggers like this: