आशिक साह को ‘धड्कन’ Part 7

अर्को दिन स्कुल आउदा । उ अलि फरमल ड्रेसमा थिइ ।

उसकी गेट अप बाट मैले थाहा पाए उ जान्छे भनेर । ब्रेक टाइम मा आउ है । उ स्कुल भित्र छिर्ने बेला मा सुस्तरी मेरो नजिक आएर भनि । मैले नी हुन्छ को भाव मा टाउको हल्लाए । ब्रेक टाइम मा म स्कुल बाहिर उसलाइ पर्खेर बसेको थिए । एकछिन मा उ अाइ स्वी स्वी । सबै बिधार्थीहरु बाट नजर बचाउदै ।

म साइकल ल्याएको थिए । उ मेरो साइकल को पछाडी सिटमा बसी । अनि हामी लागे मेला तिर । ब्याग कहाँ राख्यौँ बाटो मा जादा मैले उसलाइ सोधे । साथीलाइ राख्नु भनेको छु उसले भनि । उसकी हाउभाउ देखेर उ अलि डराए झै लागि । मैले सोधे डर लागिराछ हो ? । उसले मुस्कुराउदै भनि । अलि अलि ।

करिब 25 मिनेट पछि हामी मेला मा पुग्यौँ । मैले साइकल लाई पार्क गरेर । अनि सँगै मेला भित्र छिर्यौँ ।

मेला विशाल नै थियो । लामो दुरी सम्म फैलिएको । बाटोमा हिड्दा कति चोटी हाम्रा हात ठोकियो । ठोकिदा उ पुलुक्क म तिर हेरेर हल्का मुस्कान दिन्थी । बदला मा म नी मुस्कुराइ दिन्थे । मेला एकदमै रमाइलो थियो । उ हरेक कुरा लाई हेरी रोमाञ्चक मानीरहेकी थिइ भने म उसकी साथले रोमाञ्चित भएका थिए। धडकन उ हेरन् सुगा , मेला मा सुगा हेर्दा उसले भनेकी थिइ ।
म उ तिर हेर्दा उ एकदमै खुसी लागि । त्यति धेरै खुसी मैले उसलाइ कहिले पनि देखे थिएन । साच्चै नै उसकी मुस्कानले मेरो भित्री मनलाइ छोयो । लिन्छौं मैले उसलाइ सोधे । नाइ अतिकै हेर भन्या , कति क्युट रैछ उसले भनि । तिमी जति क्युट त छैन नी मैले भने । हाहा उ खिसिक्क हासी । केही पर जादा उसले अाइक्रिम देखि । अनि भनि आइक्रिम ।

म बुझिसके उसलाइ आइक्रिम खानु रहर लागेको रहेछ । त्यसैले मैले उसलाइ नसोधि दुई अोटा आइसक्रिम किने ।

एउटा उसलाइ दिए र अर्को मैले राखे । म सँग एक हजार जति रुपैया थियो । करिब बीस दिन जति काम गरेर कमाएको थिए ।

त्यसैले मलाइ मत्लब थिएन । उसले जति खर्च गराउन । म गर्नु त्यार थिइ । आइसक्रिम खाइसके पछि ।

हामी मौतका कुवा भन्ने सरकस् नीर पुग्यौं । उ त्यो देखेर कम्ति फुर्केकी होइन ? । धडकन् मलाइ यो हेर्नू छ उसैले भनि । मैले नी ल जाउ भित्र भनि । दुई अोटा टिकट कटाएर भित्र छिरे । बाइक कुदेको देखेर उ एकदमै जोरले कराउथी । कानको जाली नै च्यातिने गरि । वो……..उ….व ।

त्यो हेरिसके पछि । हामी फेरी मेला तिर डुल्नु थाल्यौँ ।त्यहा थुप्रै खेलहरू भइरहेका थिए । एकछिन त्यो पनि हेर्यौ ।

निकै रमाइलो लाग्यो मलाइ उसको साथ । सधै भरी यसरी नै घुमु झै लाग्नु थाल्यो । होटल मा गएर पेट टम्म भरिने गरि मो मो , च्याउमिन , म्नचुरियन इत्यादी खायौ ।
अनि बेलुका पाच बजे तिर फर्किने आदेश उसैले दिई । मैले नाइ भन्दा नी बाआमा ले थाहा पाउनु भयो भने गाली गर्नु हुन्छ भनि । मैले नी हुन्छ भने । अनि फर्किनु लागे ।
यती धेरै खाएका थिए कि साइकल कुदाउनु नी गाह्रो भयो मलाइ । साइकल कछुवा गति मा कुददै थियो । हया कति स्लो चलाको , फेरी ढिलो होला के , उसले भनि ।
ढिलो भयो भने के हुन्छ मैले जिस्किदै भने । गाली खाइन्छ बा आमा को उसले भनि । तिमी त दुब्ली पातली , गाली खायौँ भने अझ मोटी हुन्छौ नी मैले हास्दै भने ।
के रे उसले च्याठिदै भनि । केही होइन मैले जवाफ दिए । उसलाइ थाहा थियो म जिस्किदै छु । फेरी सोधि । भन न् । के मैले सोधे । अघि के भनेको उसले फेरी दोहोराइ ।
आज कुन दिन हो मैले सोधे हल्का हास्दै । यसरी नै केही बेर कुरा गर्दै जादा उसकी गाउँ कति बेला पुगे थाहै भएन । उसकी गाउँ पुग्नै लाग्दा उसले एकछिन भनि ।

मैले के भयो भनेर सोध्दा रुक यतै नत्र कसैले हेर्यो भने मलाइ अप्ठयारो हुन्छ । मैले साइकल त्यै रोके । उ अोर्ली अनि बाइ भन्दै घर तिर लागि ।

त्यसदिन देखि हाम्रो मेलमिलाप अलि बढि नै हुनु थाल्यो । स्कुल जादा नी म बाटोमा उसलाइ पछ्याउथे ।

स्कुल बिदा हुदा नी बाहिर म उसैलाइ पर्खेर बसेको हुन्थे । उसलाइ भेट्दा मलाइ केही अनौठौ फिल हुन्थ्यो ।
मात्र उसैलाइ भेट्दा । के हो त्यो मलाइ आफै थाहा थिएन । र उसलाइ भन्नु पनि सक्दिन्थे यसको बारेमा । समयले फडको हान्दै गयो ।
र उसकी एस.एल.सी परीक्षा पनि नजिक आउनु थाल्यो । उ परीक्षा दिनु जादा म उसलाइ गेसपेपर , गाइड सक्दो दिने प्रयास दिने गर्थे ।

तर उ भन्थी मलाइ यो सबको अावश्यक छैन यार । होइन , काम लाग्छ के राख्न भन्दै उसलाइ जबर्जस्ती राख्न लगाउथे । यसै उसकी एस एल सी को परीक्षा पनि सकियो । जब म एक्लो हुन्थे । सोच्थे सायद म पनि उनी सँग पढेको भए कति रमाइलो हुन्थ्यो है । तर के गरू भाग्यले नै सताएको मान्छे रैछु म । कसरी पढ्न सक्थे र ? । परीवार पनि हेर्नै पर्दो रहेछ ।

क्रमश …..

#Written_By_Aashik

— with Ximpal Boy Moh.

%d bloggers like this: