आशिक साह को ‘धड्कन’ Part 8-एकछिन पछि उ मेरो अँगालो बाट छुटिइ

एकदिन साझ पख्ख उसकी एस.एल.सी. को रिजेल्ट आयो ।

 

त्यो बेला स्कुल खुलेको पनि थिएन जो स्कुल बाट रिजेल्ट चेक गर्नु मिल्लोस् र गाउमा कसैको साइबर पनि हुदैनथ्यो ।

 

उसलाइ एकदमै हतार भएको रहेछ कि के । उसैले भनि मेरो रिजेल्ट आएको कसरी चेक गर्ने । मैले भने धैर्य राख्न भोली आफै थाहा पाई हाल्छ स्कुल बाट ।

 

उसले भनि धैर्य छैन । प्लिज सहर तिर जाउन । त्यहा चेक गर्न मिल्छ होला ।

 

अहिले ,समय हेर त पाच बजेछ मैले सोधे । जति सुकै बजोस् , मलाइ सहर जानू छ ,

 

जसरी भए पनि उसले जानु बल गरी । सुरु मा त मैले फकाउने प्रयास गरे । नजाउ भनेर तर पनि उ मान्ने वाला कहाँ थिइ र ? ।

अन्तत : जानै पर्यो । म साइकल निकाले र साइकल कै पछाडी सिट मा उसलाइ बसाएर लागे सहर तिर । करिब एक घण्टा पछि हामी सहर पुग्यौं ।

 

पुग्ने बितिकै त्यहा साइबर खोज्नु थाले । केही बेर को खोजाइ पछि हामीले साइबर भेटाए । साइकल बाट अोर्ले अनि साइबर भित्र छिरे । भित्र एउटा मान्छे थियो ।

 

सितल ले उसलाइ आफ्नो प्रवेशपत्र दिइ । मैले एउटा कुरा नोटिस् गरे । त्यो मान्छेको अौला जतिजति किबोर्ड मा चल्दै थियो । उतिउति सितल कि मुटु को गति बढिरहेको थियो ।

 

उसकी पुरै ध्यान कम्पयुटर को डेक्सटप माथी नै रहेछ । जब त्यो मान्छेले बर्थडेट र सेम्बोल नो. दिएर सब्मिट गर्यौँ ।

 

उ खुसीले झ्याप्पै मलाइ अँगालोमा हालेर जोरले कराइ । उसकी तातो शरीर जब मेरो शरीर सँग स्पर्श भयो ।

 

म भित्र केही भयो । केही अनौठौ । जुन पहिला कहिले पनि भएको थिएन । म अनौठौ मानी उसलाइ सोधि रहे । के भयो ?

 

। एकछिन पछि उ मेरो अँगालो बाट छुटिइ अनि भनि म डिस्टिकसन् ले पासले धडकन् । मलाइ पनि एकदमै खुसी ।

 

पहिला उसलाइ बधाइ दिए । उ हास्दै मलाइ धन्यबाद भनि । त्यसपछि हामी आ-आफ्ना घर फर्कियौँ ।

लगतै उसले एघार को क्लास पनि जोइन गरि । त्यसदिन देखि हामी बिच केही दुरी हुनु थाल्यो । म उसलाइ भेट्न बुलाउथे ।

 

तर उ भन्थी मलाइ पढनु छ । त्यसैले दिनभरी मा हाम्रो पाच-दस मिनेट जति मात्र कुरा हुन्थ्यो । त्यो पनि नोरमल हाइ हेलो ।

 

उसकी व्यव्यहार मा पनि केही परिवर्तन आउन थालेको थियो । उ भेट्दा आफै नबुलाउने । मैले धेरै पटक बुलाउदा उसले मात्र सुन्ने ।

 

मलाइ भने उसकी यस्तो व्यव्यहार देखेर भित्रै बाट पिरोलिनु थाल्यो । हे भगवान के भयो अचानक यसलाइ ? किन त्यसतो गर्दैछौ ।

 

एकदिन मैले उसलाइ सोधेको पनि थिए । के भयो सितल , तिमी आजकल धेरै नै चेन्च भएकी छौं , भन म बाट केही गल्ती भयो र ? ।

 

मैले दइ पटक जति भन्दा नी उसले सुनेर नी जवाफ दिइनन् । तेस्रो पटक मा उसले भनि ।

 

त्यसतो केही होइन , मलाइ पढ्नु छ ,

 

मेरो केरियर बनाउनु छ , बस् यति हो । उसकी कुरा सुनेर । म अवाक भए । मैले उसकी पढाइ मा कहिले डिस्टर्ब गरेर , कहिले उसकी केरियर मा बाधा बने र ? ।

 

अनि सोचे गल्ति उसको कहाँ हो र ? । गल्ति त सब मेरै हो ? मेरो भाग्य कै हो ? । उसँग भेट्नु मा सब भन्दा बढी गल्ति मेरै हो । त्यहा बाट म फर्के ।

 

र उसलाइ भेट्न छोडि दिए । केही दिन साह्रै गाह्रो भयो । किनकी उसलाइ भेट्नु ,

 

कुरा गर्नु मेरो बानी भएको थियो र अचानक बानी टुट्दा गाह्रो त सब लाइ हुन्छ ।

मलाइ त्यहा बस्नु नी अप्ठयारो भयो । गए केही दिनको लागि आफ्नो गाउँ बाट टाढा ।

 

काम कै सिलसिला मा । उभन्दा टाढा भए पछि मैले थाहा पाए । मलाइ त उसित लभ पो भएको रहेछ ।

 

हाइ लभ को नाम सोच्दा नी , छ्यास्स मेरो मुटुमा काडा बिझे झै हुन्थ्यो । लभ ! आखिर यो लब भनेको के होला ।

 

मनमनै सोचे । कसै सँग बोल्ने बानी , भेट्ने बानि र एकअर्काको मन को कुरा नबोली बुझ्ने बानी । यो सब भन्ने कुरा मात्र हो ।

 

लभ भनेको पैसा हुने ले मात्र गर्छन, केरियर हुने ले मात्र गर्छन् । र म सँग ती दुई बाट एउटा नी थिएन ।

 

एकदिन दादा ले मलाइ फोन गरेर भन्नु भयो । सितलले मेरो बारेमा दादा लाइ सोधेकी रहेछ रे । कहाँ गयो भनेर ।

अनि के भन्नु भयो तपाईं ले ? मैले दादा लाई सोधे । तैले भनेको थिइस् नी गाउमा बस्नु मन लागेन रे , अन्त कतै जानू मन छ ।

 

त्यसैले मैले त्यै भनिदिए दादाले भन्नु भयो ।

गाउमै हुदा एकदिन म धेरै उदास भएर एउटा मन्दिर तिर बसेको थिए ।

 

हीँ बेला दादा मेरो अनुहार को भाव पढेर सोध्नु भको थियो । के भयो ।

 

अनि मैले भनेथे । कति चाडो बदलियो यो मौषम , केही दिन अघि कति रमाइलो थियो तर अहिले कस्तो उराठ लाग्दो , झ्याउ लाग्यो कतै टाढा गएर एक्लै बस्नु मन लाग्यो ।

सदा कै लागि । मैले सितल लाइ नै मौषम सँकेत गरेर भनेको थिए ।

 

जवाफ मा दादाले भन्नु भयो । मौषम त परिवर्तनसिल हो जहाँ गए पनि बदलिँदो रहेछ ।

 

तर हामी मान्छेले हरेक मौषम लाई रमाइलो ठानी बाच्ने बानी राख्नु पर्छ ।

क्रमशः ……..

#Written_By_Aashik

%d bloggers like this: