आशिक साह को ‘धड्कन’ Part 9

करिब एक महिना पछि गाउँ फर्किदै थिए । तर मनमा न त कुनै उत्साह थियो , न त उमँग ।

 

गाउँ फर्किदै छु भन्दा पनि । म त्यै ठाउमा जादैछु , जहाँ सितल ले मलाइ घृणा गरेकी थिइन् ।

 

भन्ने सोचले मलाइ खुसी भन्दा बढी उदास बनाएको थियो । खेैर जे जस्तो भए पनि । म घर फर्किए ।

 

र आफ्ना काम पुन: सुरु गरे । एकदिन बाटो मा जादा अचानक मलाइ सितल भेटिए ।

 

तर मैले उसलाइ देखेर पनि नदेखे झै गरि बाटो क्रस गर्न खोजे । एक्कासी उ मेरो अँगालोमा लप्पक्क टासेर रुदै भनि ।

 

कहाँ गएका थियौँ मलाइ एक्लै छोडेर । मलाइ माफ गरिदेउ । आइ एम सोरी । जब कुनै कुरो हामी बाट टाढा जान्छ ।

 

त्यो बेला हामी त्यसको महत्व बुझ्छौँ । तिमी गए पछि मैले थाहा पाए । तिमी बिना मलाइ बाच्न कति धेरै गाह्रो भयो ।

उसकी काप्दै गरेको अवाज ले मलाइ भित्रै देखि पघाल्यो । उप्रति का घृणाहरु एकाएक गरि सबै नष्ट भयो ।

 

मैले उसलाइ अाफ्नो अँगालो बाट छुटाएर भने । के तिमी मलाइ प्रेम गर्छौँ । उ एकछिन मौन रही र भनि ।

 

यो सब के हो त , प्रेम हैन । र एउटा प्रश्न गरी । तिमी गर्छौ मलाइ माया ? । मैले जिस्किदै नाइ भने ।

 

उ बच्चा जस्तो गरेर रोएको नाटक गरि । मैले उसकी अासु पुछ्दै भने । गर्छु बाबा , धेरै धेरै धेरै नै ।

त्यसपछि हाम्रो सब कुरा नोरमल भयो । उ कलेज बाट आए पछि हामी खेत तिर गएर भेट् थियौँ ।

 

उ सधै मेरो छाती मा आफ्नो सिर राखी म सँग टासेेर बस्थी । र हामी प्रेमका कुरा गर्थ्यौँ ।

 

आन्नदित भएका थियौँ एकदमै । साह्रै प्यारो लाग्थ्यो यो सँसार जब उ म सँगै हुन्थी ।

अोइलिएको पातमा पनि हरियाली झै लाग्थ्यो । कतै कुनै रोमान्टिक गित बज्दा नी गायक ले हाम्रै लागि बनाएका झै लाग्थ्यो ।

 

म उसकी प्रेम मा हराउन लागेथे । जसरी कुनै नदी हराउछन् सागर मा । दिनभरी म उसैलाइ सम्झेर बस्थे ।

 

काम गर्न जादा नी काम गर्नु मन लाग्दैन्थ्यो । कहिले काहीँ मलाइ चोट पटक लाग्दा उ यसरी मेरो घाउ मा स्पर्श गर्थी ।

 

मानौ उसकी स्पर्श नै औषधी को मुहान हो । त्यसैले होला मलाइ जानीजानी आफैले चोट लगाउन मन लाग्थ्यो ।

 

एकदिन त उ अलि सन्कि दिई भनि । तिमी कस्तो लापरवाहीले काम गर्छौँ , जहिले नी चोट पटक लगाएर आउछौँ ।

 

मैले हास्दै अर्थाथ कुरा बताउदा उ रिसाएर जानीजानी मेरो घाउ मा हातले हिर्काइ । त्यसपछि मैले कहिले चोट लागेको उसलाइ देखाइन ।

खुसीले गर्दा दिनहरू बितेको थाहै भएन । दिन बित्दै महिनौ बित्यो ।

 

एकदिन म घर फर्किदा । आमा पिडि मा बस्नु भएको थियो ।

 

म आएको हेर्दा उहाँ उठ्नु भयो । र मलाइ घृणा को नजरले हेर्नू भयो ।

के भयो आमा मैले सोधे । भित्र आइज पहिला उहाले झर्केर भन्नु भयो ।

 

मलाइ अनौठौ फिल भयो। अचानक आज उहालाइ के भयो ? कहिले पनि म सँग यति चर्को स्वरमा बोल्नु भएको थिइनन् ।

 

गए कोठा भित्र । त्यहा सितल कि बुबा बस्नु भएको थियो । उहालाइ देखेर म आश्चर्य चकित भए ।


आउ बाबू आउ बस् । म डराउदै एउटा पिर्का लिएर बसे । तिमी लाई म सधै सिम्पल नै ठानेथे तर तिमी यस्तो घटिया निस्किन्छौ मैले कहिले सोचेको पनि थिएन ।

 

सुरु को शब्द अलि नरम नै थियो बुढा को तर पछि चर्को स्वरमा भन्नु थाल्नु भयो ।

 

मेरो छोरी सँग प्रेम गर्नु अघि कमसे कम , आफ्नो अौकाद पनि हेर्नू पर्थ्यो । तिमी कहाँ पाच कक्षा पढेको मान्छे ,

 

अनि मेरी छोरी बि.एस.ड गर्दै । त्यै पनि तिमी कसरी सोच्यौँ यस्तो ।

 

तिम्रो मामा , हजुर बा अलि राम्रै मान्छे हुन् त्यै भएर उहाहरूको कारनले तलाइ सम्झाउन मात्र आएछु अब देखि मेरो छोरी सँग नभेट्नु ।

 

यदि फेरी मैले देखे भने के हुन्छ , तलाइ थाहा नै होला । म मौन भइ सुनी रहे बुढोको कुराहरु । एकछिन उहा को कुरा सके पछि उहाले मेरो मामा लाई नमस्ते भनेर बाहिर जानू भयो ।

त्यसपछि आमा , माइजू , मामा सब मिलेर मलाइ धेरै हप्काउनु भयो । मेरो आखा बाट आफै आशु का ढिक्का हरू खस्न थाल्यो ।

 

त्यो बेला कतै गएर आत्महत्या गरू झै लाग्यो । आमाले मलाइ थप्पड मुक्का जे भेटे त्यहीले कुट्नु थाल्नु भयो ।

 

पछि मामाले समातेका कारन उहाले मलाइ कुट्नु सक्नु भएन । आमा पनि खुब जोरले रुनु थाल्नु भयो ।

 

मलाइ बेसरी आमाको माया लागेर आयो । मैले उहाको नजिक उहालाइ चुप गराउन खोज्दा ।

 

उ अझै मलाइ कुटेर यता बाट गई हाल भन्न थाल्नु भयो । म त्यहा बाट उठेर कोठा भित्र गई । एक्लै रोइ रहे । त्यसपछि मेरो प्रेमको दी इन्ड भयो ।

केही दिन पछि मैले थाहा पाए । सितल कि बिहे भएको छ अरे ।

 

सहरको एउटा इन्जिनियर सँग । घर बाट बिदा हुने बेला उ खुब जोरले रोएकी थिइ ।

 

चिच्याइ चिच्याइ । सायद मलाइ सम्झेर होला । जुन दिन देखि उसकी बाबाले मलाइ चेतावनी दिएका थिए त्यो दिन देखि म उसलाइ कहिले पनि भेट्न गएन ।

 

उसले मेरो दादा लाई मेरो बारेमा सोध्दा । मैले उसँग को प्रेम लाई टाइम पास गरेको भनेर भनिदिएको थिए । सम्भवत सितलले पनि त्यही थाहा पाएकी हुदो हो ।

क्रमशः ……..
#Written_By_Aashik

%d bloggers like this: