आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 11 ❤️❤️❤️❤️❤️❤️❤️❤️

होइन बा ! परीले मलाइ एक्लै छोडेर जानू सक्दैन , कृपया त्यसतो नभन्नु !

मैले हवा हवा रुदै भने । हिजै फर्केर आएकी थिइ परी आफ्नो आमा सँग ,
आउनु साथ तलाइ यताउता खोज्नु थाली तर त नभेट्दा उ निकै आतियो ।
र मलाइ मेरो नजिक आएर सोधी । काका , आशिक खइ ? । मैले तेरो बारेमा सबै सुनाए ।
प्रतिक्रिया मा उसले भनि । होइन काका , आशिक ले त्यो सिक्का चोरेको होइन , मैले आफै दिएको थिए ।
यति भन्दै उ माथिल्लो तल्ला बाट भरयाङग् चढि अोर्लिनु खोज्दा । उ भरयाङ्ग बाट लडी ।
लड्दा लड्दै उसकी टाउको मा निकै चोट लाग्यो र रगत निस्किनु थाल्यो ।
उसको बा आमालाइ यसको बारेमा थाहा भयो र हिजै उसलाइ सहर को हस्पिटल मा उपचार गराउन लगेको थिए ।

तर आज बिहान उसकी घर जादा थाहा पाए । उ स्वर्गबाश भएछे । बाबाले एकैसासमा आसु बगाउदै एकएक गरि भन्नु भयो ।

म भने आशु थाम्न सकिन । जोर जोर ले रोए । परीकी नाम लिएर चिच्याइ चिच्याइ रोए ।

सारा लाज पचाएर रोए । मेरो आखा नै खोला सरी भएको हुदो हो । खुबै बेग मा आसु बगिरहियो ।
कम से कम त्यो छनमा । कुदेर भागे परी कि घर तिर । तर त्यहा कोइ थिएन । सुनसान थियो । सन्नाटा थियो ।
सायद सब जाना परी लाई लिएर श्मशान घाट मा डाहसँस्कार गर्नु को लागि गएको हुनु पर्छ ।
म फेरी कुदेर श्मशान घाट तिर लागे । त्यहा पुग्दा परी कि डाहसँस्कार भइसकेको थियो । म अझ बढी रोए ।
परी लाई सम्झेर रोए । अन्तिम पल्ट उसलाइ देख्न नपाएको ले रोए ।

परी को अाखा बाट म बिउझे । बिउझिदा मेरो आखा बाट टिलपिल आसु बगिरहेका थिए ।

मलाइ त उ प्रति धेरै माया लागेर आयो । उसले भनि । म मरे पनि मेरो अात्मा सधै तिम्रै प्रतीक्षा मा बसिरहियो ।
हेर तिम्रो त अर्को जन्म भएको रहेछ । तर पनि म उहीँ परी छु । आज सम्म तिम्रै पर्खाइ मा बस्ने । ल जाउ आशिक
, तिमी पनि म सँगै , हाम्रो आफ्नै सँसार मा , जहाँ तिमी र म बाहेक अरु कोइ हुने छैन ।
एकछिन त उसकी कुरा मा म पघलिए तर पछि आमा बाबा , मेरो कलेजका साथीहरु लाई सम्झिदा ।

होइन म जादिन भन्नु पुगे । उ भने रिसाउन थाली । मलाइ जबर्जस्ती तिमीलाइ जानै पर्छ भन्नु थाली ।

म यसै तर्से किनकी उ भुत । र उ जे पनि गर्नु सक्थी । अचानक धामी आएको मैले चाल पाए ।

त्यसपछि खइ त्यहाँ के के भयो । मलाइ थाहा भएन । किनकी त्यही छन म बेहोस भएर भुइ मा ढलेका थिए ।

जब आखा खोले । म आफ्नै घरमा थिए । मेरा आखा अगाडी मेरा आमा बाबा हुनु हुन्थ्यो ।

एकछिन त सबै लाई बिर्सेको रहेछु । सोधे तपाईं हरू को हुनु हुन्छ ।
त्यति कै मा धामी आएर गएको रात को सबै कुरा सुनाउनु भयो । अनि म थाहा पाए आफ्नो परिचय र सबैलाइ चिने ।
परीले मोक्ष पाइन धामी ले भन्दै हुन्थ्यो । अब म पनि ठिक हुन्छु रे । सबले धामीलाइ धन्यबाद दियौ र उहाँ आफ्नो घर तिर फर्किनु भयो ।
मेरो हातमा हेरे । रगत निस्किनु बन्द भएको रहेछ । गोजी मा केही छ जस्तो लाग्यो । निकालेर हेर्दा त्यै सिक्का थिइ ।

जुन उसले मलाइ उसको सम्झना आउछ भनेर दिएकी थिइ । हो रैछ जब जब म त्यो सिक्का लाई हेर्छु । उसलाइ धेरै मिस गर्छु ।

दुई महिना पछि ।
म पुर्णरुपले स्वस्थ भइसकेका थिए । र यता मेरो बि.एस.सी को रिजल्ट पनि प्रकाशित भयो ।

म सेकेन्ड डिभिजन ले पास भएको रहेछु । भित्रै बाट मन मा खुसी भएर आयो ।
किनकी मैले अपेक्षा पनि गरेका थिएन कि म पास हुन्छु भनेर । त्यसपश्चात म पढ्नु को लागि काठमाडौं गए ।
सेन्ट्रल इन्जिनियरिङ कलेज अफ काठमाडौं मा एडमिसन पाए ।

सुरू को दिन । कलेज का ठुला प्राङ्गणमा केटा केटीहरू स-साना झुन्ड बनाएर बसेका थिए ।

गए भित्र । अलि अनौठौ लाग्यो । किनकी ती ठाउ मा म पहिला पटक आएको थिए । सब अपरिचित ।

को सँग बोल्नु । आफै कन्फयुज भए । क्लास स्टार्ट हुनु मा केही टाइम बाकी थियो । गए क्यान्टिन तिर ।
त्यहा पुग्दा मलाइ कोइ परिचित जस्तो महसुस भयो । आखाको हेराई बाट मस्तिष्क को निर्देशन थिएन त्यो ।
मुटु ले भनेको थियो । क्यान्टिन मा थुप्रै बिधार्थीहरू टेबुल मा बसेर खानाखानु मा तल्लिन देखिए । सब टेबुक प्याक थियो ।
यसो पछाडी हेर्दा एउटा खाली रहेछ । एक प्लेट आलु पकौडा अोडर गरेर म त्यो टेबुल अोग्टेर बसे ।
एक्लै । बोरिङ नै फिल भइरहेको थियो । दायाँ बायाँ गरेर मेरा आखा हरेक का टेबुल तिर डुल्नु थाल्यो ।

बढी केटीहरू कै टेबुल मा केन्द्रित थियो । केटीहरू । सब च्वाक । जिन्स पेन्ट , टिसर्टमा थिइ । पुरै एट्राक्टिभ ।

मनै लोभयाउने ।

क्रमश……

#Written_By_Aashik

%d bloggers like this: