आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 12 ❤️❤️❤️❤️❤️❤️❤️❤️

एकछिन पछि एउटी केटी आइ मेरै टेबुलमा ! कुर्सी लगाएर बसी । म उ तिर फर्केर हेर्दा ।

 

सक्ड नै भए । एकछिन त यो साचो हो कि झुठो पत्याउनु नै गाह्रो भयो ।

 

किनकी उ सेम परी जस्तै थिइ । परी नै छे भन्नु पनि सक्थे । तर कन्फर्म गर्नु बाकी थियो ।

 

उसकी नाम ,थर ,सब कुरा । मेरो आखा उसैलाइ टोलाइ रहे । उ भने असहज फिल गरेकी हुदो हो ।

 

आखा दायाँ बायाँ गरि र सिधा बसी । त्यतिकै मा टेबुल मा दुई प्लेट आलु पकौडा आयो ।

 

एउटा मेरा लागि र अर्को उसको । वाउ कस्तो को – इन्सिडेन्ट हाम्रो डिस नी सेम रैछ ।

मलाइ भन्नु मन लागेथ्यो । तर त्यति भन्नु सक्ने म मा आट कहाँ थियो र ? । उ कपाकप पकौडा खानु लागि ।

 

तर मेरो भोक पहिला नै मेटिसकेको थियो । उसै लाई हेरेर ।

मैले उसलाइ धेरै बेर टोलाएको चाल पाएर होला । उ अाधा प्लेट पकौडा मात्र खाइ ।

 

अनि आधा छोडेर गई । मलाइ आफै नरमाइलो लाग्यो । सायद मैले त्यसरी नहेर्नु पर्नेथ्यो होला ।

 

पछुतो गरे म आफै सँग । क्लास को टाइम हुनु लागेथे । म पैसा तिरेर लागे । क्लास तिर । एक्लै ।

 

लुरू लुरु । अघि आउने बेला मा मैले आफ्नो ब्याग क्लास मै राखेथे । तेस्रो बेन्चमा ।

 

क्लासमा फर्कने बेला मा हेरे । मेरो ब्याग को छेउमा एउटी केटी बसेकी थिइ । हल्का खुसी लाग्यो ।

 

पहिलो दिन नै केटी सँग । हाउ लक्की आइ एम ।

गए नजिकै । त्यहा गएर हेर्दा थाहा पाए । उ त्यै केटी रैछ । जो मलाइ क्यान्टिङ मा भेटेकि थिइ ।

 

म हल्का मुस्कुराउदै बसे । त्यै बेन्चमा । उ मलाइ हेरी तर उनले मेरो हासो को जवाफ नी दिएन ।

 

बरू उठेर त्यहा बाट अर्को बेन्चमा गएर बसी । बढो अनौठौ लाग्यो । खेर उनले मेरो हासो को जवाफ नदिदा त ठिकै थियो ।

 

तर उ बेन्च बाट उठेर जानू त नपर्ने । एकछिन पछि सर आउनु भयो । पहिलो दिन थियो त्यसैले खासै त्यसतो पढाइ भएन ।

 

मात्र सरहरू सँग परिचय साटासाट भयो । अनि कलेज बिदा ।

अर्को दिन कलेज गए । क्लास मा कोइ थिएन । मात्र ब्याग राखे थियो ।

 

पहिला खोजे त्यै केटीको ब्याग अनि जानीजानी उसकै छेउमा बसे । र क्यान्टिन तिर लागे ।

 

क्यान्टिन बाट फर्किदा । उ अर्को बेन्चमा सरेकी थिइ । उसकी कस्तो ढिट स्वभाव मलाइ त झनै मन पर्यो ।

 

र उसलाइ म मन पराउनु को अर्को कारन । उ परी थिइ । उसले मलाइ नचिने पनि म त उसलाइ चिन्थे ।

 

त्यसैले म उसँग सम्बन्ध गास्नु चाहन्थे । तर उ भने मलाइ देखेर ईष्र्या गर्थी । थाहा पाए उसकी स्वभाव बाट ।
तेस्रो दिन । म अलि ढिलो नै गए कलेज । ताकी उ बसेको बेन्चमा म डाइरेक्ट बस्नु पाउ । र भयो पनि त्यै ।

 

ढिलो गएको थिए । तर यति ढिलो होला मैले सोचेको थिएन । म क्लास मा पुग्नु भन्दा पहिला नै क्लास मा सर पढाउदै हुनु हुन्थ्यो ।

 

गए क्लासमा । अलि कस्तो कस्तो फिल भयो । यता साथीहरू मलाइ देखेर जोरले हास्नु थाले । मात्र त्यो केटी बाहेक ।

 

पहिलो दिनको गल्ति थियो । त्यसैले सरले वारनिङ मात्र दिनु भयो ।


क्लास भित्र छिरे । अनि त्यै केटीको छेउमा बसे । उसले केही प्रतिक्रिया दिएनन् । बस् मौन बसी ।

 

अनि सरको लेक्चर तिर ध्यान केन्द्रित गरिन् । थाहा पाए उसकी नाम प्रिया रैछ । जब सर बाहिर जानु भयो ।

 

क्लास का सब बिधार्थीहरू पनि लहरे ताती झै बाहिर निस्किनु थाले । त्यै मौका छोपी मैले उसकी ब्याग को चेन खोलेर ।

 

नोटबुक निकाले अनि थाहा पाए । हल्का डर पनि लागेकै थियो ।
कसैले हेर्यो भने के भन्ने होला । खैर कसैले देखेन र अरूले देखेको मैले पनि देखेन ।

 

हतार हतार मा चेन बन्द गरि । बुक पढेको नाटक गर्नु थाले । त्यति कै सब जना फर्किनु थाले ।

त्यसपश्चात दिनहरू यस्तै बित्न थाल्यो । म सधै उसकै सिट मा बस्थे । तर उनले केही प्रतिबाद गर्दिनथी ।

 

तर उ मौन बसिदिन्थी । जुन मलाइ पटक्कै मन पर्दैन्थ्यो । एकदिन बढो हिम्मत जुटाएर मैले उसलाइ हाइ भनेको थिए ।

 

तर उनले मेरो कुरा सुनिन् कि सुनिनन् त्यो त मलाइ थाहा भएन । बस् मेरो हाइ को रिप्लाइ समेत दिइनन् उसले ।

 

पछि लाग्यो सायद उसले मेरो कुरा नसुनेकी हुनु पर्छ । किनकी मेरो हाइ को भलुम नी थोरै थियो ।

 

अर्को दिन म क्लासमा आउनु साथ उसलाइ गुड मर्निङ भनेको थिए ।

 

प्रतिक्रिया उनले म तिर आफ्ना ठुला ठुला नजर फ्याकिन ।

मानौँ म कुनै अलिएन रहेछु वा उसले मलाइ पहिलो पटक हेर्दैछे ।

 

पुरै आश्चर्यचकित भइ उ म तिर हेरीरही । तर पनि कुनै शब्द उसकी मुख बाट निस्केनन् वा भनौ उ मसँग बोल्नै चाह्दिनन् ।


भित्र अलि नरमाइलो फिल भयो । कस्तो केटी रैछ उ । न त हासो को रिप्लाइ दिन्छे , न त हाइ , न त हेलो को । मन यसै ब्याकुल भयो ।

 

मलाइ थाहा छ । उ म सँग बोल्नु चाहदैनन् । त्यै पनि मेरो मनले कहाँ मानुन र ? । उसले मलाइ जति हर्ट गरे पनि म आफ्नो प्रयासमा निरन्तर लागि रहन्छु ।

 

चाहे मेरा प्रयासहरू जति विफल होस् ।

क्रमश……

%d bloggers like this: