आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 16 ❤️❤️❤️❤️❤️❤️❤️❤️

हासो थाम्नु सकिरहेको थिएन म । हासी रहे । उता उ जिल्लिएकी थिइ ।

अनि मुख फुलाएर बेन्च मा बसी । ‘सोरी ‘ जब मेरो हासो शान्त भयो मैले भनेका थिए ।
उ अझ मुख बङगाएर अर्को तिर मोडी । अरे बाबा , सोरी ना मैले फेरी भने ।
त्यै पनि उ मान्ने वाला कहाँ थिइ र ? । मौन नै रही । मैले नोटबुक को एउटा पाना च्यातेर ।
त्यसमा स्माइली डिजाइन गरेर सोरी लेखे अनि उसकी अगाडी राखि दिए । तर पनि उ जस्ता को त्यसतै ।
मैले अर्को मा बादर रोएको डिजाइन गरेर सोरी भने । त्यै पनि केही परिवर्तन भएन उसकी अनुहार मा ।
तेस्रो पल्ट मैले दुइ वटा गधा डिजाइन गरे । एउटा गधा ले रुदै आफ्नो हातले दुबै कान लाई समातेर अर्की
गधा लाई सोरी भनिरहेको थिए । त्यसो त गधाको हात हुदैन । र उ आफ्नो कान लाई छुनु सक्दैन ।

त्यै पनि उसलाइ फकाउनको लागि अलि भिन्न तरिका का गधा बनाइ दिएर । उसकी अगाडी राखि दिए ।

जब उसले मैले डिजाइन गरेको पाना हेरी । उ जोर ले हास्नु थाली । र मेरो पाखुरा मा प्याट्ट हिर्काएर भनि ।

उल्लु ,गधा को पानी हात हुन्छ ? । म पनि हल्का हासे र भने । तिम्रो त हात रहेछ नी । उ एकछिन सोचि र
भनि । के रे ? तिमी पो गधा । मैले भने यदि तिमी गधी बन्नु त्यार छौ भने मलाइ गधा हुनु मा कुनै समस्या छैन ।
केही बेर यस्तै कुराहरू चलिरहियो । हामी दुबै हासिरहेका थियौँ एक अर्काको संवाद मा ।

जुन दिन देखि उसँग मित्रता गासियो । त्यो दिन देखि साच्चै म धेरै खुसी भएका थिए ।

रमाइलो लाग्थ्यो उसँग मेरा हर पल बिताउन । तर हप्ते पिछे यो सनिवार आएर मलाइ निरास पार्थ्यौँ सधै ।
सोच्थे सनिवार को पनि कलेज लागे क्या रमाइलो हुन्छ होला है । उ हुदा मलाई कहिले पनि कलेज छोड्नु मन लागेन ।
र कलेज मा जादा म आफ्नो विशेष समय उसैलाइ दिन्थे । सधै सँगै लाइब्रेरी जान्थ्यौँ , सँगै क्यान्टिन , जहाँ गए नी सँगै ।
एक दिन त बापरे । मैले हद नै गरे । कलेज मा हाम्रो प्राक्टिकल चलिरहेको थियो । प्राक्टिकल गर्ने बेला मा हाम्रो विशेष ध्यान
बुक र मेसिन हरू मा केन्द्रित थियो । अचानक उ कतै जानू थाली । कहाँ उसले केही भनिनन् । मात्रै म उसकी पछि पछि लागे ।

मेरो हातमा किताब थियो । त्यसैले कहाँ जादैछु आफै लाइ थाहा भएन । पुग्दा पुग्दै उ एउटा कोठा भित्र छिरी ।

मैले नी छिर्नु खोज्दा उ मेरो टाउको मा हिर्काएर भनि । अोइ , उल्लु कहाँ जान लागेको , हेर त ढोका मा ।

म यसो किताब बाट आफ्नो आखा हटाएर ढोका तिर हेर्दा लेडिज टाइलेट पो रहेछ । उफस् । म त लाज ले भुरुक्कै भए ।
अनि कुदेर प्राक्टिकल हुने ग्राउन्ड तिर गए ।

बिस्तारै बिस्तारै हाम्रो सम्बन्ध ले भिन्न अाकार लिदै गयो । मलाइ कहिले लागेन उ मेरो साथी मात्र छे । उसलाइ म प्रेमिका मान्नु थालेथे ।

तर मनमनै । हो यार ! आइ लब यु भन्ने शब्द जती छोटो छ । भन्नु त्यति नै गाह्रो हुदो रहेछ । कसरी भनु सोच्दा सोच्दै मलाई यसै टेन्सन हुन्थ्यो ।

एउटा कुरा त थाहा थियो । उ मलाइ माया गर्छे । तर कस्तो नजरले । एउटा साथी कि प्रेमि को । त्यो त उसैलाइ सोध्नु थियो ।

करिब दुई बर्ष पछि
एक दिन हामी सँगै गएका थियौँ । लाइब्रेरी । त्यहा हामी दुइ बाहेक अरू कोइ थिएन । कस्तो सुनौलो मौका प्रोपोज गर

देउ मस्तिष्कले सँकेत दियो । त्यसै त हिजै देखि प्रोपोज गर्ने तरिका रियसल गरेका थिए । उ बुक खोज्नु मा ब्यस्त थिइ भने ।
म के गर्दै थिए आफै लाई थाहा थिएन । मात्र उसले आदेश दिएकी अनुसार म गर्दै थिए । अचानक मेरो मस्तिष्क मा एउटा
आइडिया फुरियो । मैले भने एउटा नोबेल खोजि देउन । कस्तो नोबेल ? उसले सोधी । लभ स्टोरी मैले जवाफ दिए ।

उ हल्का हासी र सोधिन् । के तिमी प्रेममा छौँ ? । केही बेर सम्म म न त हो भन्नु सके । न त नाइ । आफै मा अल्मलिए ।

हो भनु भने को सँग सोध्न बेर लाउदिन उ , नो भनु भने यस्तो सुनौलो मौका हात बाट कसरी जानू दिउ । एस /

नो को दोधार मा परेर निकै बेर सम्म जवाफ दिन सकिन म । के सोचिरहेको उल्लु , खुरुक्क भनन् ? उसले जोर गरि ।
मलाइ हल्का लाज लाग्यो । र टाउको हल्लाएर एस भनिदिए । को सँग ? उसले सेकेन्डमै सोधी ।
मलाइ थाहा थियो उसले त्यो प्रश्न पक्कै नै सोध्ने वाला थिइ । अब अप्ठयारो चाही मलाइ भयो ।

कसरी भनु उसलाइ । म तिमीलाइ प्रेम गर्छु भनेर । उसले फेरि भनि । अरे भनन् कुन चाही सोझीको

भाग्य फुटाउन लाग्यौं तिमी । मलाइ भन्नु मन लागेथ्यो ” तिम्रो ” तर कथक प्रयास वावजुत मेरो मुखबाट एक शब्द नी निस्केन ।
मैले धेरै बेर नबोलेको चाल पाउदा उसले फेरी भनि । अबोइ , हेर त कस्तो केटी जस्तो लजाको ? । मलाइ त झनै लाज लाग्यो ।
त्यहा बाट कतै लुकु जस्तो लाग्यो ।

क्रमश……

#Written_By_Aashik

h

%d bloggers like this: