आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 17 ❤️❤️❤️❤️❤️❤️❤️❤️

केही बेर सम्म मैले नबोलेको चाल पाउँदा । उसैले भनि । ल ल भन्दैनौँ भने भइगो ,

जाउ क्लासको टाइम भयो उसले क्लास तिर जाने अादेश दिई । म पनि उसँगै लागे ।
तर गेट नीर पुग्दा अचानक मेरो मुख बाट फुत्त निस्कियो । आइ लब यु । उ मेरो कुरा
सुनेर आम्सिक मोडी र भनि ? वाट । मलाइ भने डर लाग्यो । मुटुको चाल बढ्नु थाल्यो ।
के बोलु , के बोलु केही सुझेन । अनि हल्का थरथराउदै भने केही होइन । नाइ , केही त पक्कै भन्यौँ ,
भन खुरुक्क के भन्या थियौँ अघि उसले भनि । केही होइन भन्दा नी उसले ढिपी गर्नु थाली । अनि मलाइ कर लाग्यो ।

सत्य कुरा भन्नु । भने । आइ लब यु परी ।

आइ लब यु भनुन्जेल त उसकी अनुहार मा खुसी नै देखियो । तर जब उ परी की नाम सुनिन् ।

अचानक आश्चर्यचकित भाव उसकी अनुहारमा प्रकट भयो । अनि छक्क पर्दै सोधी । को परि ? ।

हे भगवान ! कस्तो समस्या । प्रिया थियो नाम उसकी । तर म उसमा परी देख्थे । त्यसैले होला मेरो मुख बाट फुत्त परी निस्केछ ।
अब उसलाइ म के भनु । कसरी सम्झाउ । के उ विश्वास गर्छे । मेरा ती अतित का कुराहरूमा । मलाइ त कहि कतै लागेन उ पुनरजन्म जस्तो
कुरा मा बिश्वास गर्छे होली । बरु मेरो कुरा लाइ झुठो ठानी , मैले झापपोत गरे को ठान्छे । सोरी ,
मिन्सटेक ले प्रियालाइ परी भन्नु पुगेछु भनि मैले ती कुरा लाई सुधार्ने कोसिस गरे । तर पनि उ मानिनन् ।
नाइ भन यो परी को हो उ अलि च्याठिएर सोधि । अरे बाबा ! मिस्टेक भयो के , म चिन्दिन कुनै परी सरी लाई !
मैले झुठो बोले । उनले भनी । होइन , तिमी परी लाई चिन्छौँ । ल माने तिमी अहिले मिस्टेकले मलाइ परी भन्यौँ ।

तर मैले तिम्रो नोटबुक मा हेर्दा त्यहा परी लेखेको देखेथे । तिम्रो मोबाइल मा नी परी कि नम्बर सेव गरेको छ ।

तिम्रो किताब मा , तिम्रो हरेक ठाउमा परी लेखेको भेटाए । ल अब भन के भयो सब मिस्टेक्ली भएको हो ।

म अवाक भए । मैले कहिले सोचेको पनि थिएन । कुनै दिन यस्तो पनि समय आउछ भनेर ।

मैले त उसैलाइ परी ठानेर हरेक ठाउमा परी लेखेको थिए । उसकै मोबाइल नम्बर मा परी लेखेर
सेव गरेको थिए । तर मलाई के थाहा । उ नाम ले म माथी कहिले सङका गर्नु पुग्छे भनेर ।
अब मसँग कुनै तर्क थिएन । स्पष्टीकरण दिउ भने उ त्यसतो कुरामा बिश्वास नै गर्दिन ।
म गरु त गरू के । मैले केही नबोलेको हेर्दा उ क्लास तिर लागि । मलाइ भने क्लास जानै मन लागेन ।
सोचि रहे । प्रिया मा म परी देखिनु । के यो मेरो गल्ति हो ? ।

अर्को दिन । हिजो को कुरा उसले सब बिर्सेकी होली भन ठानेर मैले उसलाइ गुड मर्निङ भने ।

तर उसले मेरो कुरा सुनेर नी नसुने झै गरि क्लास तिर लागि । र आफ्नो ब्याग पहिलो बेन्च मा राखिन् ।
जो सधै लास्ट बेन्चमा म सँगै राख्ने गर्थी । एकै दिन मा अती धेरै परीवर्तन भइ उ । मैले सोचेको पनि थिएन ।
म पनि आफ्नो ब्याग ब्याक बेन्च बाट पहिलो बेन्च मा राखे ।उ मलाइ ब्याग राखेको हेर्नै बितिकै अर्को बेन्चमा सरी ।
केही बेर त यस्तै क्रम चलिरहियो । उ जुन बेन्च मा बस्थी । म पनि त्यै मा बस्थे । अन्तत ; उ लास्ट बेन्च मै बस्नु पुगिन ।

जहाँ हामी सदा बस्ने गर्थ्यौँ । तर उ आफ्नो अनुहार अर्को तिर फर्काएर बसी । म भने कागज च्याती सोरी लेखेर उसकी

अगाडी राखि दिए । तर उ मान्ने वाला थिइन । जस्तो लाग्यो । त्यसैले म हार खाए ।

बुलाइ रहे उसलाइ हर छन । तर दिइनन् जवाफ उसले कुनै पल । उ कलेज आए देखि कलेज बिदा हुने बेला सम्म हजारौं

पल्ट उसलाइ बुलाउने प्रयत्न गरे । तर पनि उ बोलेनन् । मानौ उसकी कण्ठ मा केही अड्केछ । बोल्दा उसलाइ समस्या हुनेछ ।
मीठो नभए पनि तितै त बोली देउ । म उसलाई भने । त्यसपछि उ भनि । पहिला भन को हो त्यो परी ? । जब परी को हो ?
भन्ने प्रश्न सुन्थे । मेरा मस्तिष्क निष्क्रिय हुन्थ्यो र म निउतर हुनु पुग्थे । म मौन भए । र उ आफ्नो बाटो लागि ।

आज महिनौं भयो । उ मसँग नबोलेको । किन हो आजकल सब कुरा बेठिक हुनु थालेछ । सब मेरो इच्छा बिपरितका ।

मैले चाहेको कुरा किन भइरहेको छैन । के मेरो प्रेम त्यै एउटै प्रश्न कै लागि समाप्त हुने भयो । म भगवान लाई सोध्थे ।

कलेज त्यै थियो , क्यान्टिन त्यै , लाइब्रेरी पनि त्यै थियो । तर पनि किन हो मलाइ केही कुराहरू नभएको जस्तो लाग्यो ।

पहिला पहिला सनिबार पनि कलेज जान चाहने मान्छे म । एक हप्ता मा एक दुई कलेज जानू थालेका थिए । जब मन टुट्छ
, सब कुरा बाट मन उठ्छ ! भएको कुरा पनि नभए झै लाग्छ ।

मलाइ प्रतीक्षा छ अब त्यै समय को । जब उ पनि बुझ्नेछे परी को हो । जसरी म थाहा पाए । म आशिक रहेछु त्यै परी को ।

उसले पनि थाहा पाउनु परो , उ नै रैछ छाया परी को । पहिला पहिला मलाइ पनि बिश्वास लाग्दैन्थ्यो ।
पुनरजन्म जस्ता कुरामा । तर अब लाग्छ । त्यसतै उसले पनि एकदिन बिश्वास गर्नेछे म जस्तै । बस् अब म त्यै समय को प्रतीक्षा मा छु ।

क्रमश……

#Written_By_Aashik

 

%d bloggers like this: