आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 3 ❤️❤️❤️❤️❤️❤️❤️❤️

 परी ” A RomantiC love Story ”
Part ;- 3

के

ही दिन पछि
राती 8 बजे यसै खाट मा पल्टेको थिए ।

फोन आयो घर बाट । उठाए बाबाले गर्नु भएछ । सामाचार आदानप्रदान पछि उहाले आमा बिरामी भएको खबर सुनाउनु भयो ।

म निकै आतिए । के भयो आमालाइ मैले सोधे ? ।

थाहा छैन ! अहिले हस्पिटल मा छु ! त आए पछि आफै थाहा पाउछस् बाबाले भन्नु भयो ।

यति राती आउ म ? मैले सोधे ।

हेर कुनै गाडी छ भन्ने अहिले आइज , नत्र छोड्दे भोली आउदा नी हुन्छ बाबाले भन्नु भयो ।

फोन काटेर म गाडी खोज्नु थाले । त्यो दिन बिराटनगर बन्द थियो । कतै कुनै गाडी गुडेको देखिन बाटो मा ।

अब कसरी जाउ , समस्या मा परे । हेरे कुनै साधन थिएन । अन्तिम विकल्प भनेको साइकल मात्र थियो ।

केही नसुझेर त्यसमै जाने निधो गरे ।

17498847_1960726150814283_1670221285216427363_n-300x262 आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 3 ❤️❤️❤️❤️❤️❤️❤️❤️

निस्के । बाटो भरी यसै आमा को चिन्ता ले पिरोलि रहियो । मेरो घर थियो ।

बिराटनगर बाट करिब 15 कि.मी. टाढा भएको गाउँमा ।

बिराटनगर मा रहुन्जेल त ठिकै थियो तर जब सहर बाट बाहिर निस्के ।

चारै तिर अँध्यारो देखियो । मोबाइल को टर्च बाली काम चलाउदै थिए ।

यता आकाश पनि ठुलै वर्षा हुने संकेत देखाउदै थियो । घरी बिजुली चम्किन्थ्यो त घरी झिसमिसे पानी पर्थ्यो ।

जब एक दुइ पानी का थोपा मेरा शरीर मा पर्थ्यो । म यसै आतिएर साइकल को बेग अझ बढाउथे ।

र साइकल स्वी कुदेर 50 को स्पिडमा भाग्थ्यो ।

करिब 5 कि.मी. पार गरे होला मैले । अचानक विशाल हावाहुरी चल्नु सुरु भयो ।

त्यो पनि मेरो बिपरित दिशा बाट । साइकल को पाइडल मा जति जोर लगाउदा पनि ।

साइकल लाइ अगाडी बढाउन म असमर्थ हुँदै गए । नभनी स्यारर् पानी पर्नु थाल्यो ।

पानी का ठुला ठुला थोपा खस्दा मेरा शरीर मा ढुङगा हाने झै अभान हुन्थ्यो ।

आमा को चिन्ता + ती वर्षा को चिन्ता ले अझ सतायो । त्यो भन्दा नी टेन्सन त्यसतो अँध्यारोमा अब जाउ त म कहाँ जाउ ।

त्यहा छेउछाउमा कुनै घर नी देखिन । मन यसै उदेक भएर आयो । अब के गर्ने होला । कसो गर्ने होला ।

मनै भरी ती प्रश्नले मलाइ अझ ब्याकुल बनायो ।

अोर्ले साइकल बाट । अनि पैदल हिडदै साइकल लाई गुडाउनु थाले ।

पानी परेर पहिला नै मेरा सारा कपडा भिजि सकेथे । त्यसमा नी स्वाइ स्वाइ चिसो हावा चलेर ।

मेरा शरीर लाई चिस्याउनु थाले । त्यै पनि निरन्तर लागि रहे । खोजी रहे ।

कतै कुनै अोत पाइन्छ कि आश मा भटकि रहे । सडक पनि कच्ची ।

 

कति पटक भुइ मा लड्नै लागेथे तर बाल-बाल बचे । जति मेरो शरीरमा पानी पर्थ्यो त्यो भन्दा दोब्बर मेरो शरीर बाट पसिना निस्किदै थ्यो ।

भन्छन गर्मीले पसिना बग्छ रे । तर त्यो बेला मलाइ चिसो लागेर पसिना बगिरहेको थियो ।

ती अवस्था मा मलाइ एक्लै हिड्न गाह्रो भएको थियो ।

त्यै पनि साथसाथै साइकल लाई गुडाउदै थिए । हाइ रे ! परिस्थिति साला एकैचोटि सब समस्या थुपारेर राखि दियो ।

अँध्यारो बाटो सुनसान । कोइ कतै नजर आएन । कतै कुनै रुख पनि देखियो कि ।

भुत हो कि भन्ने डर लागेर आउथ्यो ।

करिब 10 मिनेट पछि । एउटा जङ्गल जस्तो देखियो ।

धेरै ठुलो ठाउलाइ त अोग्टे थिएन । त्यै पनि मलाइ त्यो बेला कुनै राष्ट्रिय निकुञ्ज भन्दा कम लागेन ।

भित्र छिरे जब । डरले म काप्नु थाले । शरीरका रौ हरू उभिसकेका थिए भने मेरो बाच्ने आश सबै मर्नु लागेथे ।

हो मेरो अात्मविश्वास टुट्न लागेथे । बिस्तारै बिस्तारै म भित्रै बाट कमजोर हुनु थाले । मस्तिष्क र मुटु सब निकम्मा हुनु थाल्यो ।

अचानक बिजुली चम्केर एउटा घर जस्तो ठाउमा गएर गायब भयो । जब मैले घर देखे । भित्रै बाट खुसी भए ।

मेरो अत्मबल बढ्यो ।

 

शरीर भित्र भिन्न उर्जा आयो । मैले समातेका साइकल र मेरो बेग नी बढ्दै गयो ।

10 मिनेट मै मैले जङ्गल पार गरिसके तर ती घर सम्म जानू मलाइ 15 मिनेट जति लाग्यो ।

घर । अलि ठुलै थियो । इट्टा को । त्यसको छेउछाउमा अरु कुनै घर देखिएन ।

मात्र वरिपरि बगैँचा का स-साना टुक्रा थियो । बाहिर काठका गेट लगाएका थिए ।

मैले त्यही साइकल पार्किङ गरेेर भित्र छिरे । भित्र छिर्दा अलि पानी लागेथ्यो ।

त्यसलाइ पार गर्दै कोठा अगाडी गए । त्यसै त पहिला नै भिजि सकेथे । ती पानी केही थिएन ।

सुरु मा त अलि डर लाग्यो । एउटा अनौठौ ठाउमा आएर अपरिचित को घर को ढोका खटखटाउदा ।

के सोचलान् उनीहरूले मेरा बारेमा । त्यो पनि यति राती ।

तर रिक्स न लिइ । म बाहिर थरथर कापेर मर्छु होला ।

यसै त शरीरको तापक्रम कम भइसकेको थियो ।

यदि चाडो न्यानो पारेन भने मेरो काम तमाम हुनु पक्का थियो ।

क्रमश……

#Written_By_Aashik17757330_1965489487004616_6841162813101939620_n-300x300 आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 3 ❤️❤️❤️❤️❤️❤️❤️❤️17457976_1960466680840230_5164600803166412035_n-300x262 आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 3 ❤️❤️❤️❤️❤️❤️❤️❤️

%d bloggers like this: