आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 4 ❤️❤️❤️❤️❤️❤️❤️❤️

 परी ” A RomantiC love Story ”
Part ;- 4

ढकढकाए ढोका तर मरी गए कसैले खोलेनन्

लगातार ढकढकाइ रहे । तर पनि कसैले ढोका खोल्ला जस्तो लागेन् । मन अझै ब्याकुल भयो ।

 

चिस्याहट अझ बढ्दै गयो । त्यै पनि ढोका ढकढकाइ रहे । पछि थाहा पाए ढोका त खुल्लै रैछ । हल्का खुसी हुँदै भित्र छिरे ।

 

भित्र अँध्यारो थियो । सायद बति गएको हुनु पर्छ  बढो सावधानी पुर्वक पाइला चाल्दै थिए  चार पाच पाइला चाले सकेपछि अचानक मेरो खुट्टा एउटा कुर्सी मा गएर ठोक्यो  अनि झ्यामै भुइ मै झर्यो ।

म डरले अझै थरथर काप्नु थाले । अब के हुने होला । कहि यो घरको मालिक ले मलाइ चोर सम्झी कुट्ने त होइन ?

 

। म फेरी त्यहा बाट बाहिर निस्किनु थाले । अचानक को हो ? भनि केटीको स्वर प्रकट भयो  म टक्क अडिए ।

अनि आम्सिक मोड्दा । एउटी केटी देखियो हातमा मैनबती लिएर उभेकी थिइ । अनुहार प्रस्ट रुपले देखिन तर राम्री नै छे झै महसुस भयो ।

म आफ्ना नाम , ठेगाना , त्यहा आउनु को वाध्यता , उदेश्य खुल्ला रुप मा सुनाए उनलाइ । एकछिन मौन रही उनी ।

सायद मेरो थरथराएको अवाज उनलाइ एकछिन सोच्न बाध्य बनाएको हुनु पर्छ । मेरो अवस्था देखेर माया लागेको हुदो हो ।

भित्र आउन भनि उसले मलाइ । म भित्रै बाट खुसी भए । र उसलाइ धन्यबाद भनि उसकी पछि पछि लागे । उ मलाइ एउटा कोठा तिर लगी  र केही कपडा दिइन ।

म कपडा उठाए । उसले मलाइ बाथरुम देखाइ दिइ । म उतै लागे । अनि एकछिन पछि म बाथरुम बाट नुहाएर । फ्रेस भइ बाहिर आए ।

नुहाउने बेला मा पनि सोचि रहे । त्यै केटीको बारेमा । कति सिम्पल रैछे उ । एउटा अन्जान मान्छे लाइ यसरी घरमा भित्राइन ।

 

आदर गरिन । कपडा दिइन् । मानौं म उसकी लागि कयौं बर्ष देखी परिचित छु । मैले सोचेको पनि थिएन । कोइ कोइ मान्छे यस्तो पनि हुन्छ भनेर ।

 

मलाइ त खुबै मन परी उ । नत्र आजकल त भलाई को जमाना नै छैन । मान्छेहरू आफुले चिनेको मान्छे लाई घरमा भित्राउन एकछिन अल्लमल्ल मा पर्छन् ।

म त अपरिचित थिए । सायद उसकी मन नै लास्टै कोमल रहेछ । खुसी लाग्यो ।

खाना खानु भयो ? म फ्रेस भएर आएपछि उसले सोधी ।


म त केही बोल्नै सकिन । मलाइ त मात्र वर्षा बाट जोगिने अोत चाहेथ्यो ।

उ त लोकाचारी पो देखाउनु थाली । म एकछिन उसलाइ नै हेरिरहे । मैले केही नबोलेको हेर्दा ।

उ आफै बोली । ल आउनुस् म त्यहा टेवुल मा राख्देको छु । म लुरु लुरु उसको पछि लागे ।

 

उसँग जादा । एउटा डाइनिङ हल जस्तो बनाएको कोठामा पुगे । उ एउटा कुर्सीमा बसेर मलाइ बस्नु अाग्रह गरी ।

म बिस्तारै कुर्सी मा बसे । आफुले गर्दा कुर्सी टुट्ला भन्ने कुरामा सचेत पनि भए ।

भात , रोटी र तरकारी एउटा थाल मा राखी मेरो अगाडी सारी दिई उसले । मलाइ त लाज ले कतै लुकु जस्तो लाग्यो ।

आज सम्म कुनै केटीले मलाइ यसरी लोकाचारी देखाएकी थिइनन् । उसकै अनुहार तिर एकछिन टोलाइ रहे ।

मैले नखाएको चाल पाउँदा उसले भनि । मैले अघि नै खाइ सके , हजुरले खादा हुन्छ । मलाइ पनि भोक लागेको थियो ।

 

खाना खानु सुरु गरे म । कतै मुख बाट केही झर्ला कि भन्ने डरले सतर्क भइ खाइ रहे । जिबनमा पहिलो पटक यति सावधानी पुर्बक खाइ रहेका थिए ।

मानौ मलाइ हेर्नू बेउली पट्टि का मान्छेहरू आएका रहेछन् । जसको अगाडी केही गडबड हुदा मलाइ रिजेक्ट गर्छ होला ।

किन नबोल्नु भएको ? मैले नबोलेको चाल पाउँदा उसैले सोधी । हह् ! निकै आतिएको स्वर निस्कियो मेरो मुख बाट ।

 


के भयो ? उनले फेरी सोधी ।


घरमा अरु कोइ छैन ? मुखबाट यसै फुत्कियो । हो जब देखि त्यो घर भित्र छिरे मलाइ केही अनौठौ जस्तो लाग्यो । अनौठौ ठाउमा घर । छेउछाउमा केही नभएको ।

र यति ठुलो घरमा नी ती एउटी केटी बाहेक अरू कोइ देखिन । मलाइ त्यै कुरा ले सताइ रहेका थिए । केही त पक्कै गडबड भएको हुनु पर्छ ।


बाबा आमा बाहिर जानू भएछ ? उसले भनि । केही दिन पछि मेरो परीक्षा छ । त्यै भएर मलाइ जानू दिनु भएन ।


बल्ल ढुक्क भए ! अनि कति मा पढ्नु हुन्छ र ? मैले सोधे ।


एघार मा उसले भनि ।


ए सोरी मैले त तपाईं को नाम सोध्नै बिर्से । साच्चै तपाइको नाम के रे !


उ हल्का हासी । मलाइ उसको हासो मन पर्यो ।

हास्दै परी भनि उनले । साच्चै तपाईं परी हुनु हुन्छ मैले सोधे । होइन हउ , मेरो नाम परी छ भनेको के उनले हास्दै भनि ।

राम्रो लाग्यो मैले भने । के ? उनले सोधि । तपाइको नाम मैले भने । उ हल्का दात देखाएर जोरले हासी ।

क्रमश……

#Written_By_Aashik

%d bloggers like this: