आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 5 ❤️❤️❤️❤️❤️❤️❤️❤️

 परी ” A RomantiC love Story ”
Part ;- 5

तपाईं लाइ एक्लै बस्दा डर लाग्दैन र ? मैले सोधे । तर मेरो प्रश्न सुने पछि उसको हासो एकाएक शान्त भयो । पछि पछुतो गरे ।

 

 

सायद मैले त्यो प्रश्न नसोध्नु पर्ने थ्यो होला कि । उसले उतर नदिएको भए हुन्थ्यो जस्तो लाग्या थियो तर दिइन । यस्तो अवस्था मा के गर्नु पर्थ्यो र ! मलाई थाहा छैन ।

 

तर न त म आमा बाबा सँग जानू सक्थे । न त अन्त कतै । त्यसैले । र मलाइ डर एक्लै बस्नु बाट होइन । आकाशमा बादल गर्जेको आवज बाट लाग्छ ।

 

त्यसैले म एयरफोन लगाएर बसेकी थिइ । सायद त्यै भएर होला । तपाईं ले ढोका ढकढकाउदा मैले थाहा पाउन सकिन ।

 

ए रहस्य त यो पो रहेछ । म बेकार मा यताबिधी जे.पी.टी. सोचिरहेको थिए । खाना खाइ सके पछि एकछिन उसै सँग बसे ।

 

उसकै कोठा मा र उसकै फेमिली , कलेज कै बारेमा कुराकानी गरी रहे । अचानक जोरले बादल गर्जेको अवाज सुनियो ।

 

उ डराएर झ्यापै मेरो अँगालोमा टासी । यता मलाइ बिजुली को झट्का लागे झै भो । करिब 400 भोल्ट को ।

अाङग् सिरिङ्ग भयो । उ भने एकछिन मै छुटिइ । र लाज मान्दै सोरी भनि । म के बोलु , केही पनि सुझेन र अन्तिम मा ल अब सुत्नु पर्ला भनेर उसँग बिदा मागे ।

 

म उसकी खाट बाट उठे । उ पनि उठी । र मलाइ ढोका सम्म छोड्न आइन । म ढोका बाट निस्कनु नै लागेथे अचानक फेरी बादल गर्जियो र उ फेरि डराएर मेरो अँगालोमा जोरले टासीन् ।

 

म त छक्क परे । तर यो पल्ट पहिला को जस्तो केही फिल भएन । नरमल महसुस भयो । मात्र उसले आफ्नो हातले मेरो शरीर मा जोरले समातेकी थिइ र एकछिन पछि छुटिइ ।

 

उ निकै अातिएको देखिइ । केही बोल्नु चाहन्थी तर अवाज उसको मुख बाट निस्कि रहेको थिएन । के भयो ? मैले सोधे । एकछिन त उ मौन रहि ।

 

पछि आफै भनि । प्लिज तपाईं मेरो कोठा मा सुति दिनु न , मलाइ बादल गर्जेको अवाज बाट क्या डर लाग्छ । निकै थरथराएको अवाज मा एक एक शब्द रुकेर भन्दै थिइ ।

 

सुरुमा त मलाइ अलि कस्तो कस्तो फिल भयो । एउटी केटीले मलाइ आफै आफ्नो कोठामा सुत्न भन्दै थिइ । एकछिन आफै लाई पत्याउन सकिन । के यो साच्चै हो आफ्नो मनै लाई सोधे । तर मनले पनि भन्यो होइन ! सपना रैछ ।

 

अब त के थियो र ? हस् जान्छु मनमनै भने । मैले एकछिन सम्म नबोलेको हेर्दा उसले फेरी सोधिन् के भयो ? । मैले नि हुन्छ भने । आखिर के नै थियो , सपना छ भने टेन्सन लिनै पर्दैन्थ्यो तर यदि बिपना छ भने मेरो के नै बिग्रिने होला थियो र ? ।

 

मैले हुन्छ भन्दै उसको कोठामा सुत्नु त्यार भए । एउटा चादर , सिरानि र सिरक लिएर म भुइ मै अोछ्याए । उ भने खाट मा थिइ । मैले उसलाइ गुड नाइट भनि निदाउन थाले ।

 

आधा घण्टा पछि ।
कोइ थरथर कापेर मामु मामु भन्दै गरेको अवाज सुनियो । को होला यति राती म डराएर । यसो सिरक मुनि बाट निस्केर हेर्दा । परि पो थिइ ।

 

जो बादल को अवाज सुन्ने बितिकै जोरले डराउथी र रुन खोज्थी । राती 1 बजे सम्म न त उ सुती , न त मलाइ सुत्न दिई ।

 

मलाइ त यसै टेन्सन लागेर आयो । आखा पोल्नु थाल्यो । उ प्रति अझ माया लागेर आयो । अब के गर्ने होला बिचारा लाई । कसरी सम्झाउ उसलाइ । म उठेर उसकी खाट मा बसे अनि किन रुनु भएको ? मैले सोधे । उ मेरो हात समातेर रुदै भनि । प्लिज तपाई मसँग , मेरो खाट मा सुत्नु न ।

उफस् । मलाइ त दिक्क लाग्यो । सोचे के उसलाइ यस्तो भन्दा हल्का नी लाज लागेन होला ।

 

केटा मान्छे भएर नी मलाइ लाज लाग्यो । कसरी सुतु उसँग । केही बेर त आनाकानी गरे । तर पनि उ मानेनन् ।

 

पछि सोचे बाध्यता नै यस्तै रैछ । उसँगै सुत्नै पर्छ । नत्र उ मलाइ रात भरी सुत्नु दिन्न होला । अर्को कुरा म अपरिचित मान्छे लाई उसले केही नसोची घर मा भित्राएछे भने ।

 

के म उसको यो कुरा नी मान्नु सक्दिन । र अर्को कुरा यसमा मेरो के नै बिग्रिन्छ नै होला ? ।

 

खेर माने उसकी कुरा । सुते उसँगै एउटै खाट मा । तर अनुहार एकअर्काको बिपरित दिशा तिर गरेर । उ रुनु बन्द गरि ।

 

अलि शान्त भइ । र निदाउनु थाली । म पनि निदाउने प्रयास गरे । तर कथक प्रयास वावजुत पनि निन्द्रा लाग्ने सम्भावना देखिन ।

 

मस्तिष्क भरी विभिन्न कुरा खेलाइ रहे । थुप्रै प्रश्नहरू मस्तिष्क मा अटेसमटेस भइ रहियो । पहिला कुरा त मलाइ पत्याउनु नी गाह्रो भएको थियो ।

 

के म साच्चै केटी सँग सुतेको रहेछु । कोल्टे उ तिर । मस्त निन्द्रा मा निदाएकी थिइ उ । त्यति कै मा बती आयो र उसकी अनुहार लाई प्रस्ट रुपले देख्न सफल भए ।

क्रमश……

#Written_By_Aashik

%d bloggers like this: