आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 7 ❤️❤️❤️❤️❤️❤️❤️❤️

हाइ उसको त्यो मस्कुलिन भवाइस् । मलाइ पनि नजाउ झै लाग्यो । तर हिजो यहाँ आउनु को उदेश्य लाई सम्झे । आमा बिरानी रैछ । म बेकारमा यहाँ टाइम पास गर्दैछु । मलाइ त सक्दो चाडो । आमा को सामिप मा जानू पर्छ । त्यसैले म जाने निधो गरे । तर उ भने धुरु धुरू रुनु थालि । मलाइ त उ प्रति यसै माया लागेर आयो । उसलाइ सम्झाए । तिमी चिन्ता नगरन् , म छिट्टै फर्केर आउछु । सक्दो चाडो । प्रोमिस् । अनि उसको आशु पुछिदिए । उ अलि शान्त भइ र रुन्चे स्वरमा भनि । पक्का न् । मैले नी भने पक्का ।


त्यसपछि उसले मलाइ जाने अनुमति दिइन् । म कोठा बाट निस्कनु नै खोज्दा । आशिक भनेर उसले बोलाइन् । अह भनेर म आम्सिक मोडे । एकछिन यता आउन भनेर उसले मलाइ आफ्नो नजिक बुलाइ । गए उसकी छेवैमा । उ मलाइ अँगालो मार्दै । मेरो हातमा केही राखि दिइ । हात बाट निकालेर हेर्दा एउटा सिक्का थियो । धेरै बर्ष परानो । म छक्क परेर के हो यो भनेर सोधे । मेरो चिनो , जब यसलाइ हेर्छौ , तिमीलाइ मेरो याद आउछ उसले भनि ।
हाइ कति मायालु स्वरमा भनि उसले । मेरो मन भावुक भएर आयो । एकै दिन मा कोइ मलाइ यति धेरै माया गर्छे । मैले कहिले सोचे पनि थिएन ।

मलाइ हल्का रुनु मन लाग्यो । तर सक्दो थामे । अनि कोठा बाट बाहिर निस्के । उ रोएको झै मलाइ अाभान भयो तर मलाइ फर्खिनु मन लागेन । निस्के उसकी घर बाट । आकाश पुरै नखुलेकोले बाहिर अलि अलि अँध्यारो नै थियो ।

घर बाहिर अलि अलि पानी लागेथ्यो । पार गर्दै म आफ्नो साइकल नजिक गए । अनि साइकल मा बसेर कुदाउनु थाले । फर्केर पछाडी हेर्नू मन लाग्यो तर सकिन ।

किन भने मस्तिष्क मेरो मन बिरुद्ध थियो । बाटो भरी हिलो भएकाले । साइकल अलि बिस्तारै कुदाउन बिवस थिए । किन हो मलाइ बाटो भरी उहीँ नजर आउनु थाल्यो ।

म आफै लाई सोधे । के भएको हो मलाइ यस्तो । प्रश्न गरे उसैलाइ । मनमनै ।
आखै मा बस्यौ , दृश्य बनेर
मुटु मै बस्यौ , धडकन बनेर
के तिमीलाई अरू काम छैन र ?
मेरो शबाँसै मा बस्यौ , अक्सिजन बनेर

करिब 200 मिटर पार गरेको हुदो हो । अचानक मेरो साइकल ले एउटा बूढो मान्छेलाइ गएर ठोकियो । साला !

परी को याद मा म यति धेरै हराएको रहेछु । अगाडी आउदै गरेको बूढो लाई पनि हेर्नु सकिन । लडयो साइकल भुइ मा । साथै म पनि लडे ।

खासै चोट त लागेन । तर त्यो बूढो लाई निकै चोट लागेछ कि क्या हो ? बूढो झ्यामै लडेछ । उठ्नु खोज्दा । बूढो ले सकिरहेका थिएनन् । नजिकै गएर बुढोलाइ उठाउनु खोजे । तर अहँ बुढो रिस को पोका बनेर उल्टै मलाइ लखेटेरै भगायो ।

हे भगवान मार्यो , । यो केटो ले मलाइ बुढेसकालमा नि नछोड्ने भयो । मोरा लाई अाखा छैन कि के । साइकल देखेर नी चलाउनु सक्दैनस् ।

भनेर बूढो ले जोर ले कराउनु थाल्यो । बुढोको अवाज सुन्ने जति त्यहा वरीपरी का मान्छेहरु आतिएर हाम्रो नजिक आउनु थाले । मलाइ भने डरले मुटुको धुकधुकी बढ्नु थाल्यो ।
के गर्ने हो यिनीहरू ले मलाइ ? सोचेर थरथर काप्नु थाले । गाली गरिरहियो विभिन्न थरीका ती बुढो ले । त्यै पनि उहाँ को मन मानेनछ क्यारे , त्यहा उपस्थित भएका सबै जना लाई भनिदियो ।
मान्छेहरूले मलाइ घेरेर गाली गर्नु थाल्यो । कसैेले भन्दै थियो । यो केटो लाई कुट्नु पर्छ । कसैले भन्दै थियो । होइन यो बूढो लाई हस्पिटल मा चेक अप गराएर , अौषधी खर्च बेहोर्न लाउनु पर्छ ।
यस्तै नानाथरी का कुरा गरि रहेका थिए । मेरो मन भने अझै ब्याकुल भयो । मैले सबै सँग माफी माग्दा नि कसैले मानेन । डरले आसु झर्न खोज्यो । तर सक्दो थामे । त्यस बिच का एउटा मान्छे अलि भलादमी नै देखियो ।
उहाले अलि नरम भएर सोध्नु भयो । बाबु , तिमी यो गाउँमा नया हो ? मैले टाउको हल्लाएर हो मा हो मिलाए । अनि कहाँ बाट आएको ?फेरी सोध्यो उसले ।
त्यसपछि मलाइ लाग्यो म त्यहा बाट जोगिनु सक्छु । हिजो राती देखि अहिले सम्म को हरेक घटना क्रमशः सुनाउदै गए ।

मेरो कुरा सुन्ने मान्छेहरू थपिदै गए । त्यहा ठुलो सङ्ख्या मा भिड लाग्यो । सब का अनुहार मा आश्चर्य भाव देखा पर्यो ।

के भयो हो यिनिहरूलाइ , म सोच्न नि सक्दिन्थे ।
सबै कुरा सुनाइ सके पछि । त्यही भलादमी मान्छेले फेरी सोध्यो । तिमी हामीलाइ पागल सम्झेका छौँ , हामीलाइ कथा सुनाएर मूर्ख बनाउने ।
कस्तो कथा , मैले कुनै कथा सुनाएको होइन , विश्वास गर्नु मलाइ , यदी विश्वास लागेन भने आउनुस् म सँगै ।

म तपाईं सबै लाई हिजो बसेको घर देखाइ दिन्छु । मैले भने । ल जाउ त्यो मान्छे ले भन्यो । म फेरी परी कि घर तिर लागे । साथै ती सबै मान्छेहरूलाइ पनि सँगै लिएर । मनमनै म सोच्दै थिए । किन नविश्वास गरेको होलान् यिनिहरूले । खैर त्यो त त्यहा पुगे पछि थाहा पाई हाल्छन । मेरो कुरा सत्य हो कि झुठो ।

क्रमश……

#Written_By_Aashik

 

%d bloggers like this: