आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 8 ❤️❤️❤️❤️❤️❤️❤️❤️

करिब 20 मिनेट जति मा । म परी की घर पुन: पुगे । तर त्यहा हिजो भन्दा सब कुरा भिन्न थियो ।

म आश्चर्यचकित भए । मलाइ केही सुझेन । आफैलाई बिश्वास गर्नु सकिन । हिजो इट्टा को ठुलो घर ।
अहिले आउदा बर्षौ पुरानो घर जस्तो देखियो । बाहिर किराफ्याटेन्ग्रा भिनभिन गर्दै थिए ।
तथा घरका पर्खालहरु मा स-साना झारपातहरु उम्रेका थिए । ताल्चा लागेथ्यो त्यै गेट मा जसलाइ हिजो ढकढकाएर भित्र छिरे को थियो अनि म परी सँग भेटेथे ।
तर यो के । यहाँ बाट मलाइ गएको दुई घण्टा जति त भएको थिए । दुइ घण्टा मै यति धेरै परीवर्तन । सोच्दा सोच्दै मेरो मस्तिष्क नै फुटे झै भयो ।

त्यहा का बस्तुहरू घुमे जस्तो लाग्यो अनि म बेहोस भए ।

आखा खोल्दा । त्यही भलादमी मान्छे देखा पर्यो । म उठ्ने बितिकै उहालाइ भने ।

प्लिज मेरो बिश्वास गर्नु , अघि मैले भनेका सब कुरा सत्य हो , प्लिज ! मैले बित्नि गर्दै भने ।

उ मलाइ सम्झाउदै भन्नु भयो । बाबू , तिमीलाई थाहा छैन होला । त्यो घर करिब 100 बर्ष देखि खुलेको छैन ।
सुन्ने गर्थे त्यहा यो गाउँ का मुखिया बस्नु हुन्थ्यो । त्यही मान्छेले यो गाउँ का मान्छेहरू लाई अन्न धन , रोजगार सबै कुरा अपुर्ति गर्नु हुन्थ्यो ।
तर एकदिन अचानक उहाको छोरी कि मृत्युु पश्चात् । उहाँ सबै जना त्यो घर छोडेर अन्तै कतै सर्नु भयो ।
त्यसपछि उनीहरू कहिले नी फर्केनन् र आज सम्म कसैले त्यो घरलाइ खोल्ने कोसिस गरेनन् ।
अब तिमी नै भन । 100 बर्ष जति नखुलेको घर मा तिमी गएको कसरी मानु । सायद तिम्रो भ्रम हुनु पर्छ ।

ल चिन्ता नगर अब तिमी घर जान सक्छौं । त्यो बूढो मान्छे लाई मैले औषधी गराइ सके ।

कसलाइ पत्याउ । उहा लाई कि आफु लाई । मेरो मस्तिष्क नै पुरै निकम्मा भयो । टाउको दुख्नु थाल्यो ।

सोचे बिथ्थामा टेन्सन लिनु भन्दा पछि सोचौला यसको बारेमा । धन्यबाद अन्कल भनि । म उहाको कोठा बाट निस्के ।

अनि पुनः साइकल कुदाएर आफ्नो घर तिर लागे । बाटो मा को गयो , को आयो , कता गए केही थाहा भएन ।
किनकी मेरो मन र मस्तिष्क उतै छुटे थियो । परी कि घरमा ।

घर पुगे । अनि पहिला हस्पिटल गए । आमा बेड मा सुत्नु भएकी थिइ । बाबा पनि उतै हुनु हुन्थ्यो । सोधे बाबा लाई के भयो ? ।

त्यसतो केही होइन , डक्टर ले भनेछ अलि कमजोर भएछे बाबाले भन्नु भयो । घर लादा हुन्छ नी मैले सोधे । भोली भन्नु भएको छ डक्टरले !
बाबाले भन्नु भयो । ए ! म यतै बस्छु तपाईं घर जानुस् मैले भने । होइन ! त सहर बाट भरखरै आएको छस् , जा पहिला घर गएर फ्रेस हो अनि मन लागे आउनु !
बाबाले भन्नु भयो । हस् बाबा ! मैले भने । अनि हिजै आउछु भन्दै थिइस् , किन अती ढिलो बाबाले सोध्नु भयो । मलाइ भने सत्य कुरा भन्नु मन लागेन । भने हिजो
वर्षा का कारन साथिको मा बस्नु पर्या थियो त्यै भएर ढिलो भयो । प्रतिक्रिया मा बाबाले ए मात्र भन्नु भयो ।

फेरी घर फर्के । बाटो मा जादा गोजी मा केइ छ जस्तो लाग्यो । बाहिर निकाले । सिक्का रैछ ।

हिजो जुन परीले म जाने बेला मा दिएकी थिइन् । म छक्क परेे । दोधार मा परे । अब के म बिश्वास गरु कि भ्रम मानु ।

घर पुगेर फ्रेस भए । अनि खाना खानु लागे । तर खानु मा ठ्याप्पै रुचि थिएन । एक गाँस निलेर छोडि दिए । निदाए । कोठामा गएर ।

उठे पछि समय हेर्दा । साझ 6 बजे को रैछ । मत्लब दिउसो 1 बजे सुत्दा 5 घण्टा सुतेको रहेछु । ला बिर्से म त । मलाइ त हस्पिटल जानू पर्ने थ्यो ।

हतार हतार म गए हस्पिटल । आमा लाई आजै लाने अनुमति दिनु भयो डक्टर ले ।

फर्के सबै जना घर । मलाइ खानु मन लागेन । त्यसैले फेरी निदाउन गए । राती 1 बजे तिर सपना देखेर म तर्से ।

उठ्दा खेरी म त पुरै पसिना पसिना भए रहेछु । पेन्ट हेरे भिजेको रहेछ । मतलब नाइट फल । हातमा हेरे रगत निस्कि रहेको थियो ।
अनि त्यो बेला थाहा पाए । अस्ति राति सिरक मा लागेको रगत मेरै रहेछ । सपना पनि यति डराउदो कि मेरो शबाँस नै रुके झै भयो ।

सुतेको बेला मलाइ कसैले बोलाएको झै लाग्यो । म आफै उठेर उसकी पछि पछि लागे । उ मलाइ परी कै घरमा लगि ।

जहाँ हरेक कुराहरू अस्ति राती झै थियो । भित्र छिर्दा परी देखिए । मलाइ कुरेर बसेकी थिइ । मलाइ देख्ने बितिकै उ एकदमै खुसी भइ ।

अनि कुदेर मलाई अँगालो मारी । अनि मलाइ लिएर त्यै कोठामा लगि जहाँ हामी रोमान्स गरेका थियौ । खाट मा फालि उसले मलाइ ।
अनि बिस्तारै बिस्तारै मेरो अोठ , गाला , घाटी सबै अङग हरू मा किस गर्नु थाली । म भने पुरै निस्क्रिय थिए । उ आफै आक्रमक बनेर मेरो सर्ट को टाक खोल्नु थाली ।
म पुरै उत्तेजित भएका थिए । र उ म मा पुर्णरुपले सम्माहित भइ ।
क्रमश……

#Written_By_Aashik

%d bloggers like this: