आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 2

17457976_1960466680840230_5164600803166412035_n-300x262 आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 2

परी “

A RomantiC love Story “

Part ;- 2

भन्नु त मैले नी भनेको थिए उसलाइ । तर आफु सँग पनि पैसा कहाँ थियो र ? त्यसैले एकछिन त सुक्सुकाए ।

तर पछि सोचे राजन र रोहित सँग होला नी । अनि ढुक्क भए । चाउमिन , मोमो , मन्चुरियन , बियर , कोक , सोडा एक एक गरि टेवुल मा आउदै गयो ।
यता हामी साथीहरू सब जना जङ्गली पारा मा एकअर्काका हात बाट पनि खोसेर खादै गए । अन्तिम प्लेट जब बाकी थियो । म भने उठे । किनकी डर पनि लागेको थियो ।

पछि यिनीहरू ले मलाइ बिल तिर्न लगाउने त होइन ? ।

एकछिन बाथरुम भएर आउछु है भनेर म उठे । प्रतिक्रिया मा उनीहरुले केही जवाफ दिएन ।

अझ कुकुर बिराला जस्तै खाने कुरामा लागि परे । म चुपचाप बाथरुम को बहाना गरेर बिस्तारै उनीहरू ले थाहा नपाउने गरि रेस्टुरेन्ट बाट बाहिर निस्के ।

अनि बाटो तिर लागे । एकछिन पछि राजन र रोहित पनि आयो । मुसु मुसु हास्दै । के भयो किन हासेको तिमीहरु ? मैले सोधे

उनीहरूले केही बोलेनन् । अझै आफ्नो हासो लाइ बढावा दिदै गयो । म बुझि सके केही त गडबड पक्कै भएको हुदो हो ।

अनि यसो सोचे रमेश त रहेनछ । सोधे रमेश खइ ? । रेस्टुरेन्ट मै छ ? राजनले भन्यो ।
वाट , अनि तिमीहरूले बिल तिर्यौँ ? मैले सोधे ।


रोहित जम्मै दात देखाएर हास्दै भन्यो छैन । मलाइ पनि हासो उठ्यो । म पनि हासे ।

अब के भए होला बिचारा रमेश लाई , उसले पहिला नै पैसा छैन भनेका थिए ।
अब कसरी तिर्ने होला त उसले ? मैले तिनीहरुलाइ सोधे । हामीलाइ के थाहा ? राजन ले भन्यो ।
साला फोकट को खान आइ हाल्छ । अब थाहा पाउनेछ उसले ? फोकट को खाना कति महँगो हुदो रहेछ ।
साथी जति आपत मा रहुन् । एकछिन त हामी लाई मज्जा लाग्छ । किनकी साथीलाइ आपत मा पार्नु नै हाम्रो मुख्य लक्ष्य हुन्छ ।

पछि जे जस्तो भए पनि त्यो बेला छुट्टै रमाइलो लाग्छ ।

सबै को हासो शान्त भए पछि । रमेशको बारेमा चिन्ता लाग्यो ।

अनि पुनः फर्केर रेस्टुरेन्ट तिर गए । तर बाटै मा रमेश भेट्यो । हामीलाइ हेर्ने बितिकै गाली गर्नु थाले ।
साले खाते हरू पहिला आफै जबर्जस्ती ल्याउने अनि बिल तिर्ने बेला मा मलाइ एक्लै छोडेर भाग्ने ।

उसले गाली गरेको मा हामीलाइ वास्ता थिएन । किनकी साथी – साथी मा त्यस्ता गालीहरु स्वभाविक हुन्छन ।

वास्ता त मलाइ त्यो कुरा को थियो कि उसले बिल नतिरी कसरी यता आउन सके होला । त्यसैले सोधी हाले । अोइ तैले बिली तिरिस् ।
तैले नतिर्दा मलाइ तिर्नु पर्दैन ? झर्किदै उसले भन्यो ।
यता हामी तिनै जना आश्चर्यचकित भइ उसलाइ हेरिरहे । उसँग पैसा नभए पनि कसरी तिर्यो ।
आफै सोच्न थाले । सायद मनलाइ थाम्न नसकेर होला रोहित ले सोध्यो रमेशलाइ ।

पैसा कहाँ बाट ल्याइस् ?

तेरो बाउ ले देको थियो ? अझ कडा अवाजमा भन्यो रमेशले ।

हामीलाइ थाहा थियो उ अहिले सन्केको छ । त्यसैले उसलाइ अझ कोट्याएर , उसको भेजा गरम गर्नु हाम्रो मुर्खता हुन्थ्यो ।
त्यसैले सब जना मौन भइ एकछिन उसै लाइ हेरि रहे । केही बेर पछि उ आफै हास्दै भाग्नु थाल्यो । हामी भने ट्वा परेर हेरिरहे ।

के भएको हो ? किन एक्लै पाग्ल जस्तै गरेर भागे होला । पछाडी तिर हेर्दा केही मान्छे लखेटि रहेका थिए । त्यसैले हामी पनि भाग्नु थाले । अधपी हामी पुरै बेखबर थिए । के का लागि हामी भाग्दै छौँ । बस् रमेशको पछि पछि भागि रहे ।

जब पछाडी का मान्छेहरु लखेट्नु छोडिसकेको थाहा पाए । त्यै रुकेर थकान मेटे । यसै दौड्दा दौडदै शबाँस नै फुल्न थालेको थियो । सायद उनीहरूले अझ केही बेर लखेटेको भए । भुइ मै ढल्थे होला । थाहा छ तिनीहरू को थियो ? रमेशले आफै सोध्यो ।

को ? हामी तिनै जना को मुखबाट एकैचोटी निस्कियो
ती रेस्टुरेन्ट का मान्छेहरू ? रमेशले हास्दै भन्यो ।


वाट ? हामी छक्क परेर सोधे
हो ! जब तिमीहरूले मलाइ छोडेर गयौं ।
वेटरले बिल लिएर म कहा आयो ।
म आफै छक्क परेका थिए । साला म सँग आफै पैसा छैन कहाँ बाट तिरु म बिल ।
अनि एटीएम मा गएको छ मेरा साथीहरू ! एकछिन मै आउछ अनि तिरौला भनि तिमीहरू लाई पर्खि रहे ।
तर पछि तिमीहरू नआउदा मलाइ कया टेन्सन लागेको थियो । पछि केही आइडिया फुरियो अनि मोबाइल निकालेर तिमीहरू लाई फोन गरेको नाटक गरे ।
र वेटर लाई भने भाइ ! मेरो साथीहरू बाहिर उभिरहेछ आउ सँगै ! बाहिर पैसा लिएर फर्किनु तिमी । वेटर ले मेरो कुरा मान्यो अनि सँगै बाहिर आयो ।
तर बाहिर त कोइ थिएन । खइ त तपाईं का साथीहरू वेटर ले सोध्यो ।
उ तिम्रो पछाडी हेर त , त्यहा छ भनेर उसलाइ आम्सिक मोड्नु ल्गाए र जब उ पछाडी मोड्यो । म फुत्त कुदेर त्यहा बाट भागे ।
रमेशले हास्दै भन्दै गयो ।
हामी पनि नहासी रहन सकिन ।
ती मोमेट हाम्रो जिन्दगी को बेस्ट मेमोरी मा सामेल भयो । यो कुरा जिन्दगी भरी बिर्सिनु सक्दिन्थे ।

र अचेल याद आइ रहन्छ ।

क्रमश……

#Written_By_Aashik

 

%d bloggers like this: