उत्तानो परेर लडेको हेराईले …………..

received_697014213793837 उत्तानो परेर लडेको हेराईले ..............तिम्रो बिरताको पर्खाईले मेरो दिल हर्यो हजुर
उत्तानो परेर लडेको हेराईले मुटु मेरो जल्यो हजुर
अस्तायर बिरक्त मुद्रामा ओईलाएको कालो अंगार
बिहानिमा झिस्मिसेको अगुल्टोले छोयो हजुर
अन्धा धुन्ध मिर्मिरेमा पन्छ्याएको हुस्सु
बिहानिको किरण आई अन्तै बिलाईदियो हजुर
आईजा नानि चिया लैजा हत्केलामा आमा मेरि
निदरिले बेचैन पार्यो होस छैन मेरो हजुर

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM