कथा:-प्याजी कलर भाग:-२

 

हत्तेरी १०:३० भै सकेछ त । अब त उनी सुति पनि सकिन होला । यति राती फोन गरौ कि नाइ कुन्नी सुतेको भए त distrub पो हुन्छ त ।यस्तै सोच्दै बत्ती निभाएर ओछ्यान मा पल्टिँए ।

 

 

मान्छे दुई ठाँउ बा सोच्ने रहेछ आज था भयो एक दिमाग बाट अर्को मन बाट , दिमाग भन्थ्यो यति राती फोन नगर भोलि गर्लास रिसाइन भने फेरि , फेरि मन भन्थ्यो रिसायर के भयो आफ्नै त हुन फकाउलास नि ।

 

झ्याप्प तेहि बेला पसुपती प्रसाद फ्लिम को एक टुक्का याद आयो “मन परेको फुल सुके पनि रसिलो” त्यस्तै मैले नि मिलाउदै बनाए ” मन परेको मान्छे रिसाए नि आफ्नै हो”। यस्तै यस्तै सोच्दा सोच्दै मन र दिमाग बिच एक्छिन ठुलै धम्साधम्सी

 

पर्यो। हतियार भन्दा कलम बलियो भने जै मेरो दिमाग भन्दा मन बलियो भयो र मन ले जित्यो ।

 

आखिर मा उन्लाइ फोन गर्ने निर्णय गरे।

 

गल्ती त मेरो नि थियो बिहान Exam बाट निस्के पछि फोन गर्नु है भन्थिन ।यो भुल्ने बानिले नि सार्है गारो पो पार्ने भो त ।

फोन को घण्टी गयो Tringg Tringgg Tringg…

 

उताबाट आवाज आयो :- हेल्लो
म:-हेल्लो,आरामै छौ चिन्यौ मलाइ
उ:-हजुर आरामै छ , उम्म्म चिने चिने जस्तो लाग्यो क्यारे।
म:-हो र ल को हो भन त
उ:-सुदिप जि बोल्नु भको हैन र
म:-एकै पटक मा चिन्यौ त ,Talent रहिछौ
उ:-हाहा(हास्दै)उम्म आवाज बाट चिनेनी सुदिप जि
म:- ह्या यो जि जि लगाएर नबोल त
उ:-हस हुन्छ
म:-अनि ऐले सम्म सुतेकी रहिनछौ के गर्दै छौ
उ:-क्लास को नोट हरु बनाउन थियो अनि,
म:-(जिस्कदै) अब के गर्छौ त नोट बनाउछौ कि बोल्छौ

उ:- अब नोट भोलि बनाउनु पर्ला बिदा पनि छ।

म:- हस हुन्छ, अनि सरि ल बिहन गर्छु भन्या बृसेछु क्या।
उ:- धन्न ऐले चै याद आएछ
म:- यस्तै छु क्या हल्का गजिनी फ्लिम को अमिर जस्तो।
उ:-(अल्लि बेस्सरी हास्दै) त्यस्तै लाग्यो।
म:-अनि ममि बाबा सुत्नु भो
उ:-अगिनै हो
म:-बोलेको त सुन्नु हुन्न नि
उ:-नाइ हुन्न हुन्न नडराई बोले हुन्छ

 

म:-हिहि

उ:-अनि हजुर के गर्दै हुनुहुन्छ त

म:-यसै तिम्लाइ सम्जिदै
उ:- हिहि हो है ।
अनि यस्तै यस्तै घर मा को को हुनुहुन्छ, कति पढ्छौ, यता उता कुरा लम्बिदै गयो ।
म:-अनि निन्द्रा लाछैन त
उनी बोल्दिनन
म:- हेल्लो के भयो सोध्न नपाउदै निदाइ सक्यौ कि के हो ।

 

फेरि पनि केही आवाज आएन
म सोच्दै के भयो network गएछ कि के हो (मोबाइल हेर्दै)फोन त काटिएको पो छ त।
अरे मेरो त ब्यालेन्स भ्याइएर पो रहेछ…….

 

To be continue …

#भुत

%d bloggers like this: